धरान÷ युवा पुस्ता लागू औषध कारोबारीमा संलग्नताको संख्यामा दिनप्रतिदिन वृद्धि हुदै गएपछि प्रहरी प्रशासन, लागूऔषध नियन्त्रणमा काम गर्ने विभिन्न संघ संस्था, धरानमा महिलावादी संघसंस्थाहरु यसको नियन्त्रणका लागि सक्रिय बन्न थालेका छन्
प्रहरी प्रशासन तथा लागू औषध नियन्त्रणमा काम गर्ने संघ संस्थाले लागू औषध कारोबारी र तथा सेवनकर्ताको संख्यामा न्यूनिकरण गर्न विभिन्न प्रकारका काम कारबाही अगाडि बढाए पनि त्यो पूर्ण रुपमा सम्भव नभएपछि यसको नियन्त्रणका लागि कसरी अगाडि बढ्न सकिन्छ भनेर अहिले धरानमा वहस, छलफल तथा सचेतना कार्यक्रमहरु अगाडि बढाइएको छ ।
प्रक्राउ परेका अधिकांश १६ बर्षदेखि ४० बर्ष समूहका बढी
रहेको प्रहरीले जनाएको छ । यसरी लागू औषधमा युवा पुस्ता फस्नुमा समाज पनि दोषी रहेको लागू ओषधमा काम गर्ने संघ संस्थाले बताएका छन् । लागूऔषध प्रयोग कर्ता पुनस्थापित भएर समाजमा केही गर्न खोजेपनि समाजले हेर्ने दृष्टिकोणमा केही फरक नभएका
कारण पुनस्र्थापित युवाहरु पुन ः पुरानै ठाउमा फर्किने गरेको धरान पोजेटिभ ग्रुपका अध्यक्ष खगेन्द्र खड्काले बताउनुभयो । उहाले उनीहरुलाई
राज्यले स्वरोजगार प्रदान गर्दै समाजले काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो ।
लागू औषध प्रयोगकर्ताबाट सबैभन्दा परिवारमा महिला प्रताडित हुने गरेको महिला अगुवाहरुको बुझाई छ । आसरा सुधार केन्द्रकी कोषाध्यक्ष एवम् महिला सञ्जाल धरानकी अध्यक्ष शिला बज्राचार्यले लागू औषधमा फसेका युवाहरुलाई कारबाही भन्दा पनि काउन्सिलको आवश्यकता भएको बताउनुभयो ।
यता इलाका प्रहर कार्यालय
धरानका प्रमुख डिएसपी रामे्श्वर पौडेलले लागू औषधको समस्या अहिले धरानमा विकराल भएर गएको बताउनुभयो । यसको नियन्त्रणका लागि प्रहरीले मात्र सम्भव नभएकोले समाज, परिवार तथा लागू औषध नियन्त्रणमा काम गर्ने संघ संस्था मिलेर काम गनुपर्नेमा जोड दिनुभयो ।

