तीनदिने खोजमुलक पत्रकारिता तालिम सम्पन्न

भेडेटार÷ नेपाल पत्रकार महासंघ सुनसरीको आयोजनामा तीनदिने ‘खोजमूलक तथा जवाफदेहिता पत्रकारिता तालिम’ सम्पन्न भएको छ ।
धनकुटाको नाम्जेमा शनिवारदेखि सोमबारसम्म भएको तालिमको उद्घाटन प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले गर्नुभयो । तालिममा जिल्लाका ३५ पत्रकारहरु सहभागी थिए । खोज पत्रकारीता केन्द्र काठमाडौका सम्पादक शिव गाउले र कान्तिपुरका समाचार सम्पादक हरिबहादुर थापाले तालिमको सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासघका पूर्व अध्यक्ष समेत रहनु भएका गाउलेले मुलुक संघीयतामा गए पनि अहिले पनि सरकारले प्रेस स्वतन्तामाथि अंकुश लगाउन खोजेको बताउदै यसतर्फ सबै सञ्चारकर्मी सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
उहाले प्रदेश नं. १ ले एफएम रेडियो टेलिभिजनको दर्ता खारेजी अनि कार्यक्रम प्रसारणमा रोक लगाउने कानुनी व्यवस्थासहितको विद्येयक संसदमा पेश गरेको उल्लेख गर्दै
सञ्चारकर्मीहरुले ठूलो योगदानपूर्वक ल्याएको प्रेस स्वतन्त्रताप्रति अंकुश लगाउने काम गर्न नहुने तर्क गर्नुभयो ।
गाउँलेले केही दिन अघि प्रदेश १ सरकारले रेडियो, टेलिभिजनहरुलाई राज्य सरकारले विभिन्न दफाहरु
राखेको भन्दै यसलाई सच्याउनु पर्ने भन्दै सभामुखको ध्यानाकर्षण
गराउनुभयो । सो अवसरमा बोल्दै प्रदेश नं १ का सभामुख प्रदीप भण्डारीले प्रेस स्वतन्त्रतामाथि प्रदेश सरकार खुल्ला भएकोले यस्तो भएमा सच्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा धरान उपमहानपरपालिकाकी उपमेयर मञ्जुभण्डारी सुवेदीले प्रदेशको समद्धिको लागि लुकेर रहेको कुराहरुलाई बाहिर ल्याउन अझ यो तालिममाले ठुलो भुमिका खैल्न सक्ने भन्दै सफलताको सभकामना दिनुभयो ।

तपाईको प्रतिक्रिया