धरान÷संरक्षण भन्दा पनि दोहन गर्ने प्रवृत्तिले धनकुटाको साँगुरी गाउँ पालिकामा रहेको नमस्ते झरनामा एक हप्ता अगाडि भएको प्राकृतिक दुर्घना पश्चात हाललाई उक्त स्थानको आउ जाउमा प्रशासनले
रोक लगाएको छ ।
इटहरी उपमहानगर पालिका वडा नं. २० तरहराका विक्रम तामाङ्ग गत शुक्रबार स–परिवार रमाइलो गर्न नमस्ते झरना पुग्दा माथिबाट आएको ढुंगा टाउकोमा लाग्दा उनको मृत्यु भएपछि असुरक्षाको कारण देखाउदै हाललाई प्रशासनले आउजाउमा रोक लगाएको छ ।
तीन बर्ष मलेसिया बसेर केही दिन अगाडि मात्र विदामा आएका तामाङ्ग असार १४ गते फर्कने तयारीमा थिए । एक छोरी, श्रीमति सहित नमस्ते झरना पुगेका तामाङ्गको टाउकोमा माथिबाट आएको ढुंगा बजारिएर रक्ताम्य भइ घट्ना स्थलमै लडेका तामाङ्गलाई आफन्त र धनकुटा भेडेटार प्रहरीको सहयोगमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याए तापनि चिकित्सकले उनलाई मृत घोषित गरिदिएका थिए ।
नमस्ते झना जानेमा अधिकांश धरने युवा युवती, इटहरी, विराटनगर, भारतको विहारका नागरिक रहेका छन् । आन्तरिक तथा भारतीय पर्यटकहरुबाट स्थनीयहरुले भरपुर फाइदा उठाएका थिए । गाउँपालिकाले समेत टिकट विक्रीबाट राम्रो आम्दानी गरे तापनि सम्भावित प्राकृतिक दुर्घटना न्यूनिकरणमा कुनै पहल गरेको देखिएन तरहराका कल्याण राईले भने । एकोहोरो दोहन गर्ने प्रवृीत्त मात्र देखियो उनले भने । झरना उद्गम स्थलमा ठूला ठूला ढुंगा रहेको र ती कुनै पनि बेला खस्न सक्ने राईले बताए । दुर्घटना पश्चात झरना व्यवस्थापन समितिले तार जाली लगाउने निर्णय गरे पनि त्यो प्रभावकारी नहुने झना आउ जाउमै रोक लगाउनु पर्ने आवाज समेत उठ्न थालेको छ ।

