राजमार्ग नै भयो किनबेच, किन्ने र बेच्ने समातिए

उदयपुर ÷ राजमार्ग किन बेचमा सम्लग्न तिन जनालाई प्रहरीले पक्राउ
गरेको छ ।
राजमार्ग किनेको आरोपमा ललितपुर खोकना–३ का नेपाल डंगोल काठमाडौंबाट आइतबार पक्राउ परेको छन् भने डंगोललाई राजमार्ग बिक्री गरेको आरोपमा शिवप्रसाद दाहाल र छोरा बुद्धिप्रसाद दाहाल यस अधि नै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी नवराज भट्टराईले जनाकारी दिए ।
सप्तरीको कदमाहादेखि खोटाङ दिक्तेल जोड्ने सगरमाथा राजमार्गमा पर्ने
उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडास्थित खण्डको मोतिगडा क्याम्पस गेट नजिकको करिब आठ कठ्ठा जग्गा एक करोड २७ लाख २० हजार रुपैयाँमा किनबेच भएको थियो ।
जग्गा बिक्री गर्ने बाबुछोरा दाहाललाई पक्राउ गरी अनुसन्धान गरिरहेको वेला बिन्ने डंगोललाई समेत पक्राउ गरेको एसपी भट्टले बताए ।
साविक गाइघाट १ ख किता न ७०१ को ७ कठ्टा १९ धुर मध्ये राजर्मागले ७ कठ्ठा १८ धुर अधिग्रहण गरेको थियो । एक घुर जग्गा मात्रै बाँकी रहेकोमा दाहालले सडकले अधिग्रहण गरी सकेको जग्गा नै नेपाल डंगोललाई बिक्री गरेका थिए ।
पक्राउ परेका बाबु छोरा दाहालले डंगोललाई एक करोड २७ लाख २० हजार रुपैयाँमा जग्गा रजिष्ट्रेशन पास गरेर बिक्री गरेका थिए । तत्कालीन निर्माण तथा यातायात मन्त्रालयको २०४६ माघ २३ गते सार्वजनिक सूचना जारी गरी सडकको नाममा जग्गा प्राप्त गर्ने प्रक्रिया थालेको थियो । पछि २०६० सालमा कदमाहा गाइघाट सडक खण्डको जग्गा लगत कट्टा गर्न भू–संरक्षण तथा व्यवस्थापन विभागको निर्णयको आधारमा सडकको दायाँ २५ मिटर र बायाँ २५ मिटर जग्गाको लगत कट्टा गरेको थियो । त्यही जग्गा शिवप्रसाद दाहालबाट अहिलेसम्म लगत कट्टा भएको थियो ।
त्यस्तै जग्गा पास गर्दा रजिष्टेशन दस्तुरवापत पाँचलाख आठ हजार ८०० र लाभ कर दुई लाख ९२ हजार ९५८ रुपैयाँ राजस्व जम्मा भएको मातपोत कार्यालय जनाएको छ । सडकको जग्गा बिक्री हुनै नसक्ने कदमाहा गाइघाट सडक खण्ड हेर्ने सडक डिभिजन कार्यालय लहानका डिभिजन प्रमुख रामकुमार देवले बताए ।
बेच्ने र किन्ने पक्राउ परेपछि रजिष्टे«शन पास गर्ने मालपोत र नापी कार्यालय उदयपुरका कर्मचारीको खोजी हुनु पर्ने सर्वसाधारणको भनाइ छ । जग्गा बेच्ने र किन्ने दुवै आएपछि कुन जग्गा हो भन्ने हेक्का नराख्ने कर्मचारीको खोजी हुनुपर्ने स्थानीय केन्द्र राउतले बताए ।
नापी कार्यालयले २०६२ माघ ९ र २०६३ असार ५ मा जग्गाको लागत मालपोत कार्यालय पठाएर लगत कट्टा गर्न भनेको थियो । तर मालपोत कार्यालयले हालसम्म लगत कट्टा नगर्दा राजमार्ग नै बेचिन पुगेको शिवप्रसादका नाति विरेश दाहालको भनाइ छ ।
त्र

तपाईको प्रतिक्रिया