धरान÷एसियाकै उत्कृष्ट १० गल्फ कोर्स मध्येको एक मानिएको धरान स्थित निर्वाणा कन्ट्री क्लब गल्फ कोर्सको उचित स्याहार सम्भार गर्न नसक्दा सदुपयोग हुन सकेको छैन् । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा रहेको गल्फ कोर्ष निजी संस्थालाई ठेक्का दिए पछि लथालिङग बन्दै गएको छ ।
सन् १९६२ मा गोरखा भर्ती सञ्चालन गर्न आएका ब्रिटिसहरूले
धरानको तत्कालीन घोपा क्याम्पमा १८ होलको गल्फ कोर्स बनाएका हुन् । एसियाकै उत्कृष्ट दसमा पर्ने धरानमा रहेको गल्फ कोर्स नेपालमा गोकर्ण पछिको उत्कृष्ट मानिन्छ । घोपा क्याम्प उठेपछि यो क्षेत्र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण
गरिएको थियो । प्रतिष्ठानले निजी क्षेत्रलाई गल्फ कार्र्ष ठेक्कामा दिए पछि कोर्सको सदुपयोग हुन सकेको सुनसरी गल्फ संघका अध्यक्ष डिबी साम्पाङ्गले बताउनुभयो ।
नेपालका केही व्यक्तिगत प्रयास र कर्पोरेट क्षेत्रको चासोले मात्रै धरानको गल्फ कोर्समा वर्षमा ६÷७ वटा प्रतियोगिताहरु हुने गरेको छ । कोर्सको उत्कृष्टतालाई न त धरान उपमहानगरपालिका र खेलकुदसंग सम्बन्धित संघसंस्थाकै प्राथमिकतामा पर्न नसकेको आरोप प्रोफेसनल गल्फर मणि राई बताउनुहुन्छ ।
गल्फ कोर्षको संरक्षण र गल्फ खेल विकासको लागि धराने
गल्फरहरुले समय समयमा सञ्चालन गर्दै आएका प्रतियोगिताहरु मध्ये अहिले केही बन्द भएका छन । १८ होलमा पार ७० खेल्न सकिने गल्फ कोर्सको स्तरोन्नतीका लागि गल्फ खेलाडीहरु स्थानीय सरकारको लगानीको पखाईमा रहेका छन् ।
त्र

