आवेश ढकाल
फलामे ढोका मानिने एस.एल.सी. परीक्षा आउन केही महिनामात्र बााकी छ । विद्यार्थीहरु अरु बेला स्कुलमा हुने परीक्षामा त्यही अतालिने र डराउने गर्दैनन् तर जब एसएलसी परीक्षा दिादा जानुपूर्व कस्तो होला भन्ने जिज्ञासा र तनावले प्रत्यक्षरुपमा विद्यार्थीमाथि त्रास भइरहहन्छ । यसको कारण एसएलसी परीक्षामा फेल हुादा सागैका साथी पास भएर नयाा पोसाकमा सजिएर नयाा क्याम्पसमा जान्छन् तर उत्र्तीण हुन नसक्ने विद्यार्थी भने पुन: एसएलसीको तयारीमा लाग्नुपर्ने हुन्छ । जसको कारण कति विद्यार्थी लाजको कारण पढाइ नै छोडन,े कति विदेश पलायन हुन्छन्, कति छोटो सोचका कारण आत्माहत्या रोज्छन्, कति भने राम्रो गर्ने सोच बनाएर फेरि
परीक्षा दिने निर्णयमा पुग्छन् । हामी विद्यार्थीले बुझ्नुपर्ने कुरा के भने एसएलसी परीक्षा पनि स्कुलमा हुने परीक्षाभन्दा फरक छैन, हामी स्कुलको परीक्षामा पनि कोही उत्तीर्ण कोही अनुतीर्ण हुनु स्वभाविक हो एसएलसीमा फेल भएर पनि फेरि
परीक्षामा समेल भएर उत्र्तीण हुनेको संख्या धेरै छ, यो आफ्नो लक भन्दा पनि सुदृढ पढाई र मेहनतको कमलीले गर्दा बुझ्नुपर्छ ।
हामीले सुनेका पनि छौ कति महान व्यक्तिहरु एलएसीपमा कैयौ पटक फेल भएर पनि हार नखाई पुन परीक्षा दिएर अगाडि बढेका । तपाई सोच्नु हुन्छ होला अरु साथी भन्दा म धेरै पढ्थे, जान्ने पनि थिएा तर कसरी फेल भए भनेर । यसो हुनुमा अनेकौ कारण हुन सक्छन् । जसमध्ये चिट प्रथा पनि एक हो । राम्रा विद्यार्थीहरु पनि चिटको मोहमा परेर गाइड र ग्रेस पेपरका कुराहरु हुबहु सार्न लालाहित हुन्छन् फलस्वरुप सोचे अनुरुपको नतिजा नआउन सक्छ । विद्यार्थीले एसएलसी परीक्षामा तयारी गर्दा गाइड र ग्रेस पेपरमा लेखिएका
कुरा घोक्नुको साटो आफ्नै मेहनतले नोट तयार गर्दा राम्रा अंक आउन सक्छ किनभने आफूले तयार गरेको नोट याद गर्न र लेख्ने सरल हुन्छ साथै मौलिक शब्द लेखेको खण्डमा उत्तर पनि जुर्दैन । मौलिक शब्द लेख्दा विषय वस्तुमा भने केन्द्रित हुन सक्नुपर्छ । कयौ विद्यार्थीलाई के लाग्छ भने एसएलसी परीक्षाको समयमा धेरै पढे भने दिमाखमा रहिरहन्छ भन्ने सोचका कारण पनि हामी लेख्ने समयमा अलमलमा पर्छौ, त्यसकारण एसलएसी परीक्षाको बेला घोक्नु र रट्नुको साटो दिमागलाई फ्रेस राखेर अगाडि पढेका कुरालाई सरर हेरेर जाने । हामी
परीक्षा दिादा प्रश्नपत्र देखेर कोही अतालिन्छौ कोही साह्रै सजिलो देखेर गडबढी भएजति अंक ल्याउन सकिदैन । कुन प्रश्नका लागि कति समय दिने भन्ने पत्तो नपाउादा पनि कहिलेकाही समयको कमीले पूरै प्रश्नको जवाफ लेख्न सकिदैन । एसएलसी परीक्षाको बेला बजार घुम्नु हुादैन भनेर घरभित्रै पढेर बस्नाले हाम्रो दिमाग एकोहोरो हुन गइ सोचे अनुरुप लेख्न सकिदैन । कहिलेकाही एउटा परीक्षा बिग्रेको खण्डमा तनावका कारण क्रमश: अरु परीक्षा पनि विग्रन सक्छ त्यसका लागि आत्मबल बलियो बनाइ अरु राम्रो गर्छु भन्ने सोच बनाउनुपर्छ । एसएलसीका बेला हुने घर झगडा, साथी भाइबीच हुने मुडभेड, मायामा धोका आदि कुराले पनि परीक्षा राम्रो नहुनु सक्छ त्यसर्थ यस्ता कुरालाई सामान्य रुपमा लिई परीक्षामा पूर्ण जोश र जाागर लगाएर दिनुपर्छ ।
एसएलसी परीक्षा दिन जानु भन्दा अगाडि नुहाउने समय मिलाएर गीत संगीत सुन्ने, परीक्षाको बोझ नथपिनाले उत्साहपूर्वक लेख्न सकिन्छ । भोलि
परीक्षा छ भने रातभरि पढेर नबस्ने,
राति छिटो विश्राम गरेर विहान शुद्ध हावा र शान्त वातवरणमा पढ्नाले पनि दिमागले पढेका कुरा छिटो छरितो रुपमा लिन सक्छ । यदि विद्यार्थीले यी कुरालाई आत्मसाथ गर्ने हो भने एसएलसी परीक्षा पास गर्नु जटिल पक्कै छैन । अभिभावकले पनि विद्यार्थीको क्रियाकलापमाथि
बारम्बार रोकटोक नगर्ने हो भने परीक्षा दिादा विद्यार्थीको मन चंगा हुन्छ । बोडिङ्ग र सरकारी स्कुलले पनि परीक्षा हुनुभन्दा एक दुई महिना अगाडि नै विदा दिइएको खण्डमा विद्यार्थीले आफ्नो तरिकाले सोचेर बुझेर पढ्ने अवसर पाउाछन् । अन्त्यमा एसएलसी परीक्षा विद्यार्थीको पढाईको अन्त्य विन्दु होइन यो त शुरुवात हो भन्दै आफ्ना तर्कलाई यही विर्सजन गर्न चाहन्छु ।
(लेखक आवासीय उच्च माविका शिक्षक हुनुहुन्छ ।)
त्र
