विद्यालय स्तरीय नाटक प्रतियोगिता हुने

धरान÷ रंगकर्मीको उर्भर भूमि धरान केही समय सुस्ताएपछि
रंगकर्मीहरुले यसलाई व्युताउन धेरै कोसिस गरिरहेको समयमा धरान प्रज्ञा प्रतिष्ठानले बालबालिका स्तरबाटै
रगमञ्चलार्ई जागरुक बनाउन
धरानमा बाल नाटक प्रतियोगिता आयोजन गर्ने भएको छ ।
धरानको कला, संस्कृतिलाई जिवन्तता राख्न धरान उपमहानगरपालिकाले गठन गरेको धरान प्रज्ञा प्रतिष्ठानले यस अघि विद्यालय स्तरीय कविता प्रतियोगिता, नृत्य प्रतियोगिता आयोजना गरिसकेको छ । एक दशक लामो समयसम्म सुस्ताएको रंगमञ्च अहिले रंगभूमि एकाडेमी, आरम्भ नाट्य डबलीजस्ता नाट्य जमातले केही सक्रियता देखाइरहेको बेला यसको प्रवद्र्धनका लागि प्रतिष्ठानले विद्यालयस्तरबाट प्रतियोगितात्मक नाटक प्रदर्शन शुरु गरेको हो ।
हराउदै गएको रंगमञ्चलाई पुन जीवित बनाउन धरान प्रज्ञा प्रतिष्ठानले विद्यालयस्तरीय नाटक प्रतियोगिताको आयोजना यही असार ८ गते धरान ८ को सभागृहमा आयोजन गर्ने भएको हो ।
प्रतियोगिता आयोजनाका विषयमा प्रतिष्ठानले सोमबार आरम्भ नाट्य डवलीको हलमा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । बाल नाटक महोत्सवका कार्यक्रम संयोजक गोपाल देवानका अनुसार धरानका विद्यालयहरु वीच प्रतिष्पर्धात्मक प्रतियोगिता हुने भएको हो । बाल नाटक प्रतियोगिता प्रेक्षिका अर्थात १५ मीनेट सम्मको नाटकहरु प्रस्तुत गर्ने संयोजक देवानले पत्रकार सम्मेलनमा बताउनुभयो । २०४६ सालमा अनाम नाट्य जमातले आयोजना गरेको बाल नाट्य मेला पछि आयोजना हुन नसकेको यस्ता कार्यक्रम २९ बर्षपछि धरानमा सोही प्रकारको नाटक प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताले पक्कै पनि भविष्यमा विद्यार्थीहरुमा नाटक र
रंगमन्चप्रति आकर्षण र रुची वढाउने विस्वास लिएको संयोजक देवानले बताउनुभयो । प्रतियोगितामा ४ सामुदायिक विद्यालय र ९ वटा निजी विद्यालयका १३ वटा विद्यालयका विद्यार्थीहरु प्रतिष्पर्धा गराइने धरान प्रज्ञा प्रतिष्ठानका संयोजक अम्बिका तुम्वाहाम्फेले वताउनुभयो । प्रतियोगितामा प्रदर्शित नाकटहरु मध्ये उत्कष्ट वन्ने ४ समुहलाई पुरस्कार दिइने छ । पहिलो , दोश्रो , तेश्रो र चौथो हुनेलाई नगद पुरस्कार २५
हजार , २० हजार, १५ हजार र १० हजार रुपैयाँ प्रदान गरिने संयोजक तुम्बाहाम्फेले वताए । साथै उत्कृष्ट निर्देशक १ जनालाई समेत नगद १० हजार पुरस्कार प्रदान गरिने जनाइएको छ ।
त्र

तपाईको प्रतिक्रिया