किन चाहियो का“ग्रेस ?
हैन हौ पूर्व माउवादी केन्द्रका अध्येक्षे प्रचण्डाउ खुस्केका हुन कि धेरै खुसी भएर आफूलाई सम्हाल्न नसक्या हुन हँ ? गोडातीनेक महिना अगाडि आफ्नो भोटो फालेर झालेमालेको जडौरी भिरेका प्रचण्डाउको कुरा सुन्दा यतिबेला घण्टाघरलाई त उदेक लाग्न थाल्या छ भने अरुलाई झन कति औडाहा भा’ होला ? हुन त बोलीपिच्छे छेपारोले रंग फेरेझैँ फेर्न माहिर नै मानिन्छन् । कहिल्यै बोलीको टुंगो भए पो ? अस्तिका दिन आफ्नै पार्टीका घरेलु मन्तरीलाई बोलाएर आफ्ना घर धनी ठेकेदारलाई कारबाही नगर्न धम्क्याएछन् । अब प्रचण्डाउका घरधनीले सात खुनै माफ पाउलान् जस्तो छ । अस्तिका दिन त झन साह«ो प्रचण्डाउको दिमाखै
चक्राएछ कि क्या हो ? उन्ले अब नेपाली काँग्रेसको कामै छैन, कँग्रेस पार्टी बन्द गर्दिए हुन्छ सम्म भनेछन् । खोला त¥यो लौरो विर्सियो भन्या यही हो । हिजो त्यही काँग्रेसले जंगलबाट सहर छिराएर सत्तामा पु¥याएको प्रचण्डाउले भुसुक्कै बिर्सेछन् । कम्युनिस्ट भन्या जातै बैगुनी परे त्यसमाथि भटमास खाएकी बुहारीको व्यहोरा भा’का प्रचण्डाउ ।
ट्रेड युनियनमा जिरो
किन मति बिग्रियो मंगले आÏनै ढंगले भनेझैँ नेप्लिज काँग्रेसका मुखिया स्यालबहादुर यतिबेला लडीबुडी गर्दै
रोइकराई गर्दैछन् रे । निर्वाचनका बेला पार्टीको विचार र सिद्धान्त आर्यघाटमा पोलपाल पारेर कम्युनिस्टको बुई चढेर वालाला वालाला गरेर हिडेका स्यालबहादुर लाई विस्तारै आफन्तले नै पिँध ेदेखाइदिन थालेका छन् । अस्तिका दिन भएको ट्रेड युनियनको महाधिवेशन स्यालबहादुरको विल्लीबाठ नै बनाइद्या छ । आफ्ना आउरेभाउरे, हुक्के, ढोके, बैठकेहरु नराम्रोसँग उत्तानो चित्त भएसी स्यालबहादुर दुलै पस्या छन् रे । त्यसभन्दा अगाडि शिक्षक संघ, प्राध्यापक संघको अधिवेशन पनि स्याल बहादुरका नन्दीभृंगीहरु सोत्तरै भा’थे । ज्यान गए पनि पद छाड्दिन भनेर उफ्रने स्यालबहादुरलाई रामचन्द्रे बाजे र कृष्णे सिटौलाले गजब्बैले दनक दिन थालेछन् । दुवैले मिलेर सिंगौरी खेल्न थालेसी’ विचरा स्यालबहादुर चिप्लेटी खेल्न थाल्या छन् ।
गए हुन्छ ढोका खुल्ला छ
सत्ता बिना काँग्रेस र पानी बिना माछो बाँच्नै सक्दैन भन्थे हो कि क्या हो ? अब हेरौ न कँग्रेसलाइ आफ्ना कार्जेकर्ता पाँच बर्षसम्म टिकाउन हम्मेहम्मे
भा’छ । मूल्ये वृद्धिको विरुद्धमा सडकमा त ल्याङ्ग ल्याङ्ग ग¥या थे अब संसदमै काँग्रेसले ल्याङ्ग ल्याङ्ग गर्न थाल्या छन् । आफ्ना माग पूरा नगरे संसदबाटै हिडिदिन्छौं भनेर काँग्रेसका एकजना गतिलै नेताले संसदमा घुर्की लगाएछन् । अतिसर्वत्र वर्जयेत भनेझै भालेमालेका एकजना नेताले गए हुन्छ ढोका खुल्लै छ भनेर प्वाक्क भन्देछन् । कुनै पनि निर्नय गर्दा होस् पु¥याएर बोल्नुपर्छ त्यसै भन्या होइन । कँग्रेसका ती नेतालाई वडो जान्ने भएर किन प्वाक्क बोल्नु प¥या थ्यो ? अब ह्याउ छ भने ढोकाबाट निस्केर हिड्नु प¥यो हैन भने ङिच्च ङिच्च गरेर थच्चिनु प¥यो ।
आन्दोलनको घोषणा गर्ने रे ?
कहिलेकाहीँ त यी थोत्रा कानले पनि के के सुन्नु पर्छ पर्छ । सत्ता पक्षेले आफ्ना कुनै पनि कुरा नमान्देसी कानबाट धुँवा उडाउँदै लाचार बस्या लाँग्रेसका सभापतिले अब आन्दोलनको घोषना गर्न रे । हुटिट्याउले सागर थामेको भ्रम पालेझै काँग्रेसले आन्दोलनको घोषना गर्दैमा केही झर्ला जस्तोचाहिँ छैन । केको लागि आन्दोलनको घोषना गर्ने ? आफ्नै विरुद्धमा पार्टीभित्र आन्दोलन भै राख्या बुढानिलकण्ठे काजीलाई पत्ता छैन कि क्या हो । आफूचाहिँ गोडा दसेक पद ओगटेर स्याँठ पल्टने अनि अरुलाई चाहिँ पाखा लगाउन आन्दोलनको घोषना गर्छु भन्ने अलि हजम भएन कि ? फेरि काँग्रेसले आन्दोलनको नेतृत्व लिने हो त आन्दोलन नै गन गर्ने हैन नि । आन्दोलन गर्दा तोडफोड, चक्काजाम, ढुंगामुढा सबै गर्नुपर्छ । काँग्रेसबाट यी सबै कस्ले गर्ने ? कि कसो हौ ?
पैसा न टैसा……
देशाँ यतिबेला स्थानीय देखि प्रदेश, केन्द्रका सरकारले बजेट ल्याका ल्याइ छन् । कागजमा ल्याइएको बजेट हेर्दा बजेट गज्जबको लाग्न थाल्या छ । प्रदेश नं. १ ले ३५÷३६ अर्बको बजेट ल्याएछ । वाफ रे वाफ † त्यतिका पैसा कहाँबाट ल्याए होलान् भन्या त उही उधारो । पैसा न ट्ैसा टिकी ट्याँस ट्याँस । जन्तालाइ बेकुव बनाउनु परेन । प्रदेशसभाको उद्घाटन गर्दा पर्धानमन्तरी खप्रओले त भन्या थे एक रुपैयेँ व्याजमा विदेशीसँग ऋण काढेर पनि पैसो दिन्छौं । आखिरी विदेशीहरुले यहाँ ड्रमसेट बजाएर नाच्नु प¥या छ बजेट त दिइहाल्न् नि । ऋण काढेर घ्यु किनी खाँदा त्यो पच्दैन, अपाज हुन्छ भन्ने कुरा प्रदेश सरकारलाई हेक्कै
रै’नछ । खै कस्ले कुरा बुझाई देला कुन्नि ?
टिक्दैन रे †
राष्ट्रिय जनमोर्चाका अध्येक्षे विचित्रबहादुर केसी पनि कहिलेकाहँी त साह«ै उट्पट्याङ्ग गफ दिन्छन् । सबैलाई निको लागेको कुरा उन्लाई निको नलागेर पनि कहीँ हुन्छ ? अब हेरौ न अस्तिका दिन उन्ले आफ्नो घरेलु जिल्लामा पुगेर प्वाक्कै बोल्देछन् विदेशीलाई खुशी पार्न ल्याएको संघीयता ज्यान गए पनि टिक्दैन भनेर टिकोस कि नटिकोस विचित्रबहादुर केसीलाई के को ट्याँस ट्याँस । ल्याउनेले पनि टिकाउन ल्याएको हो र ? देखाउन पो ल्याएको हो त ? संघीयता देखाइदियो हुर्वारह्वार्ती युरो र डलर झा¥यो । आखिरी सबै कमाउनैका लागि गा’त हुन नि । संघीयताको विरोध गरेर वित्थाँ विचित्रबहादुर किन छुचो हुन खोज्या होलान् । लंगडाको बस्तीमा पुग्दा लंगडा नै हुनुपर्दैन ।
हड्डीमात्र पर्न सक्छ
खप्रओ सरकारले ल्याएको बजटमा उन्कै सांसदहरुले आपत्ति जनाएका मात्र छैनन् आफ्नो क्षेत्रमा मात्र बजेट लगेको भन्दै त्यस्ता मन्तरीहरुलाई जेल हाल्नुपर्छ सम्म भने । आफ्नै सांसदको त्यस्तो अभिव्यक्ति आएसी पर्धानमन्तरी खप्रओलाई टाउको नदुख्ने कुरै भएन । प्रतिपक्षेले त्यसो भन्या भए त जोरी पारीले भन्या भन्नु तर आफ्नैले भनेसी टाउको दुख्ने नै
भयो । आखिरी खप्रओ न ठहरिए । उन्ले आफ्ना सांसदहरुलाई भेला बोलाएरै भनेछन् भाडामा पर्याप्त खाना नभएसी केटाकेटीलाई जन्ती बाख्रो बाड्दा कसैलाई झोल र कसैलाई टुक्रा मात्र परेझै मान्छेहरुलाइ बाड्न गाह«ो हुन्छ । आखिरी उखाने वा न परे । खप्रओले त्यति भनेसी सासदहरु गल्लल हाँसेर हिड्या थे । क्या वात †
अन्तेमा
यतिबेला फुटबलको महाकुम्भ चल्या छ । ताइ न तुई ढंगले कोही ब्राजिल, कोही अष्ट्रेलिया, कोही जर्मनी, कोही बिट्रेनका समर्थक भएर हिड्या छन् । जर्सी पनि तिनै देशका खेलाडीले लगाएको झै लगाएका छन् । देशको झण्डा कहिल्यै बोक्दैनन् तर ती देशको झण्डा आफना सवारी साधनमा झण्डा झुण्ड्याएका छन् । आफ्नो समर्थक देशले गोल हान्दा पाँच हात माथि उफ्रन्छन् । यो त हदै भएन र ? गोल हान्न गएकाहरुले गाल नहानी पोखराका मेयरले स्काभेटरले मान्छे हान्ने झै हान्ने त होइन नि ? हैन हौ ती पोखराका मेयरको लाइसेन्स थियो थिएन हँ ? जाबो एउटा मोटर साइकलको लाइसेन्स नहुँदा त प्रहरीले क¥याप्प अँठ्याउँछ भने त्यत्रो स्काभेटर चलाएर मान्छे हान्दा चाहिँ समाउनु पर्दैन ? यस देशको कानुन दैवले जानुन त्यसै भन्या हैन रै’छ ।

