धरान/शनिवार विहान सधै
विरामीको परीक्षणमा देखिएका
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरु हातमा झाडु बोकेर सरसफाइ गर्दै थिए ।
विरामीको उपचारमा भ्याइनभ्याई हुने गरेका चिकित्सकहरुलाई समेत प्रतिष्ठानमा विरामीहरुले जथाभावि गरेको फोहोर सही नसक्नु भएपछि उनीहरु हतमा झाडु लिएर प्रतिष्ठानलाई सफा सुन्दर राख्ने अभियानमा लागे ।
सरसफाई अभियानमा प्रतिष्ठानका उपकुलपति प्रा.डा. बलभद्रप्रसाद दाश, शिक्षाध्यक्षप्रा.डा. विक्रम श्रेष्ठ, अस्पतालका प्रवक्ता एवम् हाडजोर्नी विभागका प्रमुखप्रा.डा. पशुपतिचौधरी, बच्चाविभागका प्रमुखलगायत प्रतिष्ठानका प्रतिष्ठित चिकित्सकहरुले प्रत्येक महिनाको अन्तिम शनिवार प्रतिष्ठानको
परिषरमा भएको फाहोर सफा गर्ने प्रतिवद्धता नै जनाएका छन् ।
प्रतिष्ठान परिषरभित्र रहेको सरस्वतीको मन्दिरबाट उनीहरुले शनिवारबाट यो अभियान शुरु गरेका हुन् । उनीहरुलाई प्रतिष्ठानका सम्पूर्ण कर्मचारीहरुले समेत साथ दिएका छन् । प्रतिष्ठानलाई सफा र सुन्दर बनाउनका लागि प्रतिष्ठानका पदाधिकारी, प्रतिष्ठित चिकित्सक तथा कर्मचारीहरु मिलेर प्रत्येक महिनाको अन्तिम शनिवार एक घण्टा सरसफाई गर्ने प्रतिष्ठानका उपकुलपति प्रा.डा. बलभद ्रदाशले जानकारी दिनुभयो ।
उहाले प्रतिष्ठान सरसफाइमजदुरको मात्र नभएर सम्पूर्ण धराने जनता, प्रतिष्ठानका पदाधिकारी तथा चिकित्सकहरुको भएकोले यो अभियानलाई निरन्तता दिने समेत बताउनुभयो ।
यता विरामीको उपचारमा सधै व्यस्त रहने प्रतिष्ठानको शैक्षिक एकाडेमी सम्हाल्र्दै आउनु भएका शिक्षाध्यक्ष प्रा.डा विक्रम श्रेष्ठले विद्यार्थीहरुको देवी सरसस्वतीको मन्दिरबाट यो अभियान शुरु गर्दा कामले
निरन्तता दिने भएकैले मन्दिर
परिषरबाट यो कामलाई थालनी गरेको बताउनुभयो । स्थानीय बासिन्दा समेत रहनु भएका प्रा.डा. श्रेष्ठले प्रतिष्ठान स्वास्थ्य हराभरा भएमात्र विश्वमै यसको छवि राम्रो जाने विचार समेत व्यक्तगर्नुभयो । उहाले प्रतिष्ठान धरानको गहना भएकोले यसलाई सबै मिलेर बचाउन आवश्यक रहेको समेत बताउनुभयो ।
सरसफाई अभियानमा प्रतिष्ठानका ५ सय भन्दा बढी चिकित्सक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।
