धरान/ नेवार एकता समाज धरानले आगामी मंसिरको पहिलो सातामानि:शुल्क स्वास्थ्यशिविरको आयोजना गर्ने भएको छ ।
समाजले धरान मापत्रकार सम्मेलन गरी धरान १० स्थित रहेको विजयपुर हस्पिटलका चिकित्सकहरुको सहयोगमा अस्पताल प्रांगरणमै आगामी मंसिर ७गते निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्न लागेको जानकारी दिएको छ ।
नेवार समुदायको उत्थानका लागि काम गर्दै आएको यस संस्थाले सर्वसाधारणको पहुच पुग्ने गरी यसभन्दा अगाडि पनि पटक पटक स्वास्थ्य शिविरको आयोजना गर्दै आइरहेको भएपनि विगतका बर्षहरुमाभन्दा यस बर्ष फरक ढंगले शिविरको आयोजना गर्न लागेको पत्रकार सम्मेलनमाजानकारी गराएको छ ।
सम्मेलनमा जानकारी दिएअनुसार धरानमा विभिन्न सामाजिक संघसंस्थाले स्वास्थ्य शिविर गर्दा कुनै एक विद्यामा मात्र गर्ने भएपनि समाजले भने एकैपटक आठओटा विद्यामा नि:शुल्क शिविरको आयोजन गर्न लागेको हो ।
सम्मेलनमा जानकारी दिदै नेवार एकता समाजका सचिव भोला श्रेष्ठले पूर्वाञ्चलमै एउटा नमूना नि:शुल्क शिविरको आयोजना गर्न लागिएको बताउनुभयो । उहाले एकै पटक आठ प्रकारका रोगको नि:शुल्क परीक्षण तथा औषधिवितरण गरिने जानकारी दिनुभयो ।
शिविरमा बाल तथा नवजात शिशुरोग विशेषज्ञ डा. प्रहलाद न्यौपाने, फिजिसिएन डा. अरविन्द पोख्रेल, फेमिली फिजिसिएन सुमन पन्थी, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. बुद्धिराज गुरुड, प्रसुति तथा स्त्री रोग विशेषज्ञ पुनिता यादव, रेडियोलोष्टि डा.विजय घिमिरे, जनरल सर्जन डा. रोशन खतिवडा र छाला रोग विशेषज्ञ डा निरज खड्काले संयुक्त रुपमा विरामीहरुको चेकजाच गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । सम्मेलनमा दिएको जानकारी अनुसार एक चिकित्सक बराबर ४० जनाविरामीको उपचार गराउने जनाउदै ३ सय २० जना विभिन्न प्रकारकाविरामीहरुको नि:शुल्कउपचार गरिने भएको छ ।
