धरान÷नेपाल परिवार नियोजन संघ जिल्ला शाखा सुनसरीको सोमबार सम्पन्न निर्वाचनमा नेपाली काँग्रेसका पुराना, इमान्दार, नेपालको प्रजातन्त्रिक आन्दोलनमा सदैव समर्पित योद्धा महेश मोहन पलिखे सभापतिमा अत्याधिक वहुमतले विजयी हुनुभएको छ ।
सभापतिमा निर्वाचित पलिखेले कुल खसेको ३ सय ८६ मत मध्ये २ सय ७ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्वन्द्वी श्याम श्रेष्ठले १ सय ६० मत प्राप्त गर्नुभएको थियो । १२ जनाको निर्वाचित कार्य समितिका लागि चार जनाको खुल्ला प्रतिष्पर्धामा आठ जनाको उमेद्वार परेको थियो । जसमा विनोद थापाले ३ सय ३, नवराज श्रेष्ठले २ सय ४१, उत्तम राईले १ सय ८९ र सन्तोष सापकोटाले १ सय ७८ मत ल्याई विजयी हुनुभएको थियो भने जयप्रकाश शर्माले १ सय ६७, भुवन नेपालले १ सय २४, अलिम अन्सारीले १ सय २२ र सचिन पोख्रेलले ५६ मत प्राप्त गर्नुभएको थियो ।
यसैगरी चारजना महिला सदस्यहरुमा पाँच जनाको उमेद्वारी परेपछि चित्रदेवी गुरुङ्गले आफ्नो उमेद्वारी फिर्ता लिएपछि मिना पुलामी, चित्रकुमारी राई, सन्ध्या श्रेष्ठ र निर्मला अधिकारी निर्विरोध निर्वाचित हुनु भएको थियो भने युवा सदस्यमा सुरज अधिकारी, सविता ढुंगेल र किशोरी सदस्यबाट संस्कृति मास्के समेत निर्विरोध निर्वाचित हुनु भएको थियो । नेपाल परिवार नियोजन संघको हालै सम्पन्न निर्वाचनले नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ मा सदैव एकलौटी हालीमुहाली गर्दै आएको एउटा समूह नांगिएको क्षेत्रीय सभापति
सुरेशमान श्रेष्ठको कथन छ ।
सभापति श्रेष्ठ भन्नुहुन्छ महेश मोहन पलिखेको जीत स्वभाविक र इमान्दार काँग्रेसको जित हो । यसले के सन्देश दिएको छ भने अब स्वाभिमानी र इमान्दार काँग्रेस सम्मानित हुन्छन् । उहाँको कथन छ, परिवार नियोजन संघ एउटा भोलेन्टियर संस्था हो । यस्तो पवित्र संस्थामा समेत यहाँको एउटा जमातले इगो लिएको देखियो । पार्टीमा,सामाजिक संघ संस्थाहरुमा सबैमा हाम्रो मात्र हालीमुहाली हुनुपर्छ भन्ने, आफूले गरेका हरेक गल्तिलाई पार्टीभित्रका अरुले सहिदिनु पर्छ भन्ने मानसिकता बोकेकहरु पराजित भएका छन् । उहाँ भन्नुहुन्छ महेश मोहन पलिखे २०१७ सालदेखि नै नेपाली काँग्रेसमा आवद्ध हुनुहुन्छ । प्रतिबन्धित अवस्थामा गोप्य रुपमा नेपाली काँग्रेसको संगठन गर्न केदारनाथ श्रेष्ठको अध्यक्षतामा खोलिएको फ्रेन्ड्स क्लबको उहाँ साँस्कृतिक विभागको प्रमुख हुनुहुन्थ्यो । यस्ता मान्छेलाई सम्मान गर्नुपर्छ भन्दा एकथरिले बखेडा गरे । यसपटक म एउटा स्वाभिमनी, इमान्दार, काँग्रेसको पक्षमा उभिएँ, साथीहरुले सहयोग गर्नुभयो । उहाँ भन्नुहुन्छ, पार्टीमा अब सिण्डिकेट प्रथाको अन्त्य हुनुपर्छ ।

