धरान÷ स्थानीय तह, प्रदेश र प्रतिनिधिसभासंगै देश संघीयतामा प्रवेश गरेको छ । संघीयता प्रवेशसंगै तीन तहकै कामको प्रकृति, कार्यरत कर्मचारीहरुको जिम्मेवारी समेत बढेको छ । खासगरी स्थानीय तहको निर्वाचनपश्चात आएका जनप्रतिनिधिहरुको कार्यभार विगतको भन्दा दोब्बर तेब्बर रहेको छ । घर घरमा सिंहदरबार पु¥याउने अभिप्राय बोकेर निर्वाचित भएका जनप्रतिनिधिहरु नया अनुहार भएपनि स्थानीय तहमा काम गर्ने कर्मचारीको अनुहार भने पुरानै छ र कार्यशैली पनि उही छ । यसलाई सुधार गर्नका लागि धरान उपमहानगरपालिकाले धरानका २० वटै वडाका वडा सचिव, कर्मचारी, सामाजिक परिचालिका तथा सहयोगीहरुलाई एकै ठाउमा राखेर प्रशिक्षण दिन थालिएको छ ।
स्थानीय तहको निर्वाचनसंगै निर्वाचित पदाधिकारीहरुको काधमा धेरै जिम्मेवारी थपिएका छन् । घर घरमा सिंहदरबारको प्रत्याभूति दिलाउन जनप्रतिनिधिहरु कम्मर कसेर लागेका छन तर काम गर्ने कर्मचारीहरुको काम गर्ने प्रवृत्ति भने पुरानै ढाचाको हुदा जनप्रतिनिधिहरुले सोचेजस्तो काम गर्न नसक्लान् भन्ने आशंका बढिरहेको बेला धरान उपमहानगरपालिकाले भने धरानमा रहेका २० वटै वडामा कार्यरत वडासचिव, सामाजिक परिचालक तथा सहयोगीहरुलाई एकै ठाउमा राखेर तालिम दिन थालेको हो । निर्वाचनपश्चात वडावडामा जिम्मेवारी थप भएकोले सामाजिक सुरक्षा भत्ता, अपांगता भत्ता, व्यक्तिगत घट्ना विवरण, सिफारिस, विहेदर्ता जन्म दर्ता लगायतका कामलाई चुस्त दुरुस्त बनाउन कम्प्युटर प्रणालीको माध्यमलाई प्रभावकारी बनाउन सकियोस् भन्ने उद्देश्यले २० वटै वडाका वडासचिव, सामाजिक परिचालक, सहयोगीहरुलाई तालिम दिइएको धरान उपमहानगरपालिकाको सामाजिक
सुरक्षा भत्ता, व्यक्तिगत घट्ना विवरण दर्ता फाटमा कार्यरत कर्मचारी
राजकुमार डंगोलको भनाई छ ।
विगतको भन्दा वडामा समेत जिम्मेवारी थपिएकाले उपमहानगरपालिकाले दिएको तालिम प्रभावकारी हुने वडा सचिवहरुको समेत भनाई छ ।
धरान १३ का वडा सचिव सुवास भुजेलले भर्खरै काम शुरु गरेका कर्मचारीमात्र हैन संघीयता लागू हुनु भन्दा अगाडिका पुराना कर्मचारीका लागि यस्ता तालिम लाभदायक हुने बताउनुभयो । आइटी प्रवृधिबाट काम गर्दा कर्मचारीबाट पनि त्रुटी नहुने र सेवाग्राहीले पनि छिटो सेवा पाउने भएकोले यो प्रभावकारी हुने बताउनुभयो ।
विगतको भन्दा अहिले वडा वडामा समेत जिम्मेवारी थपिएकोले कामको बोझ बढी हुने भएकोले तालिमबाट सिकेका कुरालाई लागू गर्न सके थोरै समयमा धेरै काम गर्न सकिने धरान ८ की वडा सचिव रञ्जु भुजेल बताउनुहुन्छ । पछिल्लो समयमा धरानका २० वटै वडामा पञ्चिकरणका कामहरु अनलाइन दर्ता गरिने गरिएको छ । यहा गरिएको दर्ता केन्द्रीय पञ्चिकरण विभागमा
रजिष्टर हुन्छ । नेपाल अधिराज्यकै दर्ता एकै ठाउँ केन्द्रिकृत गरेर सेवाग्राहीलाई दर्ता नं दिने गरिएको छ । अनलाइन कम्प्युटरको सहायताले गरिएका दर्ता, सिफारिस लगायत सम्पूर्ण पञ्जिकरणका काम गर्न कर्मचारीलाई सहज हुनुका साथै सेवाग्राहीले समेत खोजेको समयमा कर्मचारीले उपलब्ध गराउन सकिने भएकोले यो प्रभावकारी हुने तालिममा सहभागीहरुले बताएका छन् ।

