नेपालमा कुनै पनि फलफूलको कमर्सियल क्रप्स छैन, अर्थात व्यवसायिक उत्पादन छैन

आजभन्दा ३७ बर्ष अगाडि रिजाल क्यानिङ्ग एण्ड कम्पनी र भुटानका टाँसी कमर्सियल कर्पोरेशनको ज्वाइन्ट भेन्चरमा स्थापित इटहरीस्थित रिजाल टाँसी इण्डष्ट्रिज प्रालि कृषि उत्पादन खासगरी फलफूल प्रशोधनमा आज प्रदेश नं. १ कै पहिलो उद्योग बन्न पुगेको छ ।
प्रारम्भमा जाम, जुस, स्वासबाट आफ्नो उत्पादन थालेको उद्योगले विस्तारै उत्पादनका परिकारहरु थप गर्दै सस, पिकल, स्लाइस, अचारसँगै उच्च कोटीको मदिराहरुको समेत उत्पादन थालेको थियो । हाल उद्योगले उच्च कोटीको मदिरा उत्पादन पूर्ण रुपले बन्द गरको छ । उद्योगका प्रशासकीय अधिकृत खेलनारायण पराजुली भन्नुहुन्छ ‘मदिराको उत्पादन गर्दा राज्यको प्रशासनिक निकायको तारो नै भइदो रै’छ । कहिले प्रहरीले विभिन्न वहानामा दुःख दिने, कहिले प्रशासनले दुःख दिने । राज्यले तोकेको कर तिरेर उत्पादन गर्दा पनि सदैव तनाव झेल्नु परेपछि मदिराको उत्पादन बन्द गर्नुको विकल्प रहेन, पराजुलीको कथन छ ।
पराजुली भन्नुहुन्छ एकातिर सरकार औद्योगिक प्रवद्र्धन गर्ने भन्छ अर्कोतिर सालैपिच्छे उत्पादनमा करको व्ययभार थोपर्छ । जसका कारण अन्य देशबाट आयात गरिएका उत्पादनसँग प्रतिष्पर्धा गर्न सक्ने अवस्थै रहँदैन । स्वदेशी उत्पादनलाई प्रोत्साहित गरेर बाहिरी उत्पादनलाई कडाई गर्नुपर्नेमा स्वदेशी उत्पादनमा कडाई गरेर बाहिरी उत्पादनलाई बजारीकरण गर्न छुट दिएकोले यहाँको उद्योगहरु धरासायी बन्दै गएको प्रशासकीय प्रमुख पराजुलीको दुःखेसो छ । सरकारले हालै आर्थिक बर्ष २०७५÷०७६ को बजेट र नीति तथा कार्यक्रम ल्याएको छ । स्वदेशी उद्योगीहरुलाई प्रमोट गर्न सरकारले के कस्ता कार्यक्रम ल्याएको छ ? उद्योगको अवस्था, कच्चा पदार्थको उपलब्धता, मजदुर समस्या आदिका सम्बन्धमा केन्द्रित रहेर यसपटक हामीले प्रशासकीय प्रमुख
पराजुलीसँग वार्ता गरेका छौं । प्रस्तुत छन् वार्ताका सारसंक्षेप ः–

उद्योग स्थापनाको चार बर्षपछि रिजाल टाँसी इण्डष्ट्रिजमा आउनु भएको तपाईले विगत र अहिलेको अवस्थालाई कसरी मुल्यांकन गर्नु भएको छ ?
–दिनप्रतिदिन बढ्दो अवस्थामै छ, घट्दो अवस्थामा छैन, यहाँको भेराइटी र उत्पादन । नयाँ नयाँ उत्पादनलाइ नयाँ प्रविधिबाट थप उत्पादन बढाएका छौं । उत्पादन घटेको छैन । हालको परिस्थितिमा सर्वतको नाम जस्तै स्क्वास,
आरेन्ज स्क्वास, पाइनपल स्क्वासको विक्री घटेकोले यसको उत्पादनचाहिँ हामीले घटाएका छौं ।
तर्पाहरुको उत्पादन र बजारमा आउने त्यही प्रकृतिको उत्पादनमा फरक के छ ?
–फरक छैन । बजारमा आउने उत्पादन पनि उच्च कोटीकै हुन्छन् । हाम्रो पनि उच्च गुणस्तरीयकै हुन्छन् । हामीले ल्याब टेष्ट गरेर प्रमणित गरेर बजारमा पठाउछौं । कहीँ उन्नाइस बीस हुन सक्छ उत्पादनमा । कसैको कलिटी राम्रो कसैको के राम्रो हुन सक्छ । जस्तै पेप्सी र कोककै
कुरा गरौ न । दुवै सÏट ड्रिंग्स हो तर पनि भिन्नता छ । त्यस्तै केही हदसम्म हाम्रोे र अरुको उत्पादनमा भिन्ना थोरै हुनसक्छ । कुनै उपादन राम्रो पनि होला कुनैमा अलिक कम होला । तर फरक चाहिँ १९÷२० मात्र हुन्छ ।
ल्याब टेष्ट गरेर बजारमा जाने हरेक उत्पादन गुणस्तरीय नै हुन्छ भन्ने के ग्यारेन्टी छ ?
–गुणस्तरीय हुन्छ भन्ने ग्यारेन्टी नै हुन्छ । किनकि उनीहरुले एप्रुल नगरी प्रमाणित नगरीकन बजारमा जाँदैन । ल्याबाट टेष्ट नगरी बजारमा जाँदैन ।
तपाईहरुका हरेक उत्पादन ल्याव टेष्ट गरेरै बजारमा जान्छ ?
–हो, रिजाल टाँसी इण्डष्ट्रिजबाट उत्पादन भएका बस्तु ल्याव टेष्ट भएरै जान्छ । ल्याव टेष्ट अनिवार्य भएको छ । ल्याव टेष्ट नगरी बजारमा पठाइयो भने उत्पादनमा मात्र नभएर बजारमा समेत असर पर्छ । त्यसकारण ल्यावटेष्ट अनिवार्य छ ।
ल्याब टेष्ट कसले गर्छ ? उद्योगले आफै गर्छ कि सरकारको सम्बन्धित निकायले गर्छ ?
–सरकारको निकायले बेला बेलामा आएर गर्छ । अरु समय यहीका ल्याव टेक्निसिनयबाट
गराउँछौं । हाम्रो उद्योगमा आफनै निजी ल्याब छ । सरकारले गर्ने भनेको चाहिँ यदाकदा उनीहरुलाई उत्पादित सामानका शंका लाग्दा, उनीहरुलाई ठीक लागेन वा हाम्रो उत्पादनमा उपभोक्ताहरुको कम्प्लेन आएमा उनीहरु आएर टेष्ट गर्ने हो ।
यदाकदा तपाईहरुका उत्पादन जो बजारमा हुन्छ त्यसमा ढुसी परेको जस्तो देखिन्छ त्यो के हो ?
–अहिलेसम्म रिजाल टाँसीबाट उत्पादन भएका कुनैपनि सामानमा त्यस्तो देखिएको छैन । त्यो चाहिँ के हो भने उपभोक्तासम्म पुग्दा व्यापारीले राख्दाको अवस्थामा उद्योगले भने जस्तो नगर्दा या सोकेसहरुमा सिधै घाम पर्ने गरी राख्दा त्यस्तो कदाकदा होला । तर त्यस्तो हुँदैन ।
त्यो के कारणले हन्छ ? जबकि ल्याव टेष्ट गरेर बजारमा पठाइन्छ ।
–त्यो रखाइको कारणले, विर्को खुलेको अवस्थामा धेरै दिन रहँदा या विर्को लिकेज वा फुटेको कारणले तयस्तो हुन सक्छ । तर गुणस्तरहीन उत्पादन भएरचाहिँ होइन ।
तपाईहरुको उत्पादन ल्याव टेष्ट गरेर बाहिर वा बजारमा गएपछि त्यसको समय सीमा कति हुन्छ ?
–हामीले त्यसलाई बढीमा दुई बर्ष भन्छौं । हामीले त्यसमा लेखेकै हुन्छौ द्यभकत दभायचभ भनेर । द्यभकत द्यभायचभ उपादन अवधिबाट त्यसलाई द्द थ्भबच भनेर लेखेको हुन्छ । तर यदाकदा भेटिने भनेको चाहिँ
रखाइका कारणले, सोकेसमा राख्दा घामको किरणले विर्को खुलेको, फुटेको अवस्थामा चाहिँ ढुँसी जस्तो देखिन सक्छ । तर बजारमा क्वालिटी चेक गरेर गएको हुन्छ ।
तपाईहरुको उत्पादन जुन बजारमा गएको छ त्यसमा ग्राहकहरुको कुनै गुनासा आएको छ कि छैन ?
–छैन । पहिला पहिला आयो होला । म आएपछि त्यस्तो गुनासो आएको छैन । त्यो पनि साधारण मानवीय गल्तिले आयो होला । मानवीय गल्तिले सिन्का प¥यो वा अरु केही भयो भने बेग्लै कुरा हो । तर गुणस्तरीयको हिसाबले कुनै गुनासो आएको छैन ।
तपाईहरुको उत्पादन कहाँ कहाँ पुग्छन् ?
–नेपाल अधिराज्य सबैतिर जान्छन् । त्यसका अलावा बाहिरी मुलुक अमेरिका, अस्ट्राृेलिया, डेनमार्क, बेल्जियम गइरहेको छ भने मलेसिया प्रोसेसमा छ ।
ती देशहरुमा तपाईहरुका के के उत्पादन जान्छन् ? अचारमात्र जान्छ कि अन्य उत्पादन पनि जान्छ ?
–अचार, जुस सबै मिलाएर जान्छन् । जाम, स्क्वायस, स्लाइस, सबै जान्छन् । विदेशमा यहाँको उत्पादनले सबैभन्दा रामो बजार लिएको भनेको अकबरे अचारले हो । अकबरेको स्पेशल अचारले बाहिर देशमा सबैभन्दा रामो बजार पाएको छ । ती देशमा बस्ने एसियन मुलुकका मानिसहरुले बढी प्रयोग गर्नु हुदो रहेछ ।
सालाखाला रिजाल टाँसीबाट कति उत्पादन हुन्छ बार्षिक रुपमा ?
–बर्षमा अहिलेसम्म पुग नपुग झण्डै ४ लाख पेटी उत्पादन हुन्छ ।
नेपालका लागि तपाईहरुको मुख्य बजार कहाँ हो ?
–नेपालका लागि मुख्य बजार भनेको काठमाण्डौ नै हो । त्यसपछि पोखरा,
नारायणगढ, वीरगञ्ज, विराटनगर नै हो ।
स्थानीय बजारको अवस्था कस्तो छ ?
– स्थानीय बजार पनि राम्रो छ । ज्यादा पनि हैन, कम पनि छैन । हामीले उत्पादन गरेर दिन सक्ने अवस्थाकै छ ।
कच्चा पदार्थको व्यवस्था कसरी गर्दै हुनुहुन्छ ?
–कच्चा पदार्थ सबै हामी बाहिरबाट ल्याउछौं । यहाँबाट होइन । बेसीगरी प्याकिङ्ग, मेटेरियल, बोतलहरु, लेवलहरु (नेपालमै प्रिन्ट हुन्छ), कच्चा पदार्थ फलफूलहरु विशेष गरी सुन्तला, भुई कटहर, आँप सबै भारतबाट आउँछ ।
सिजनल फलफूलहरु त नेपालमा पनि उत्पादन हुन्छन् नेपालमा उत्पादन भएको लिनुहुन्न ?
–नेपालमा पर्याप्तमात्रामा हुँदैन । नेपालमा सिजनल फलफूल जस्तै सुन्तलाकै कुरा गर्दा कमर्शियल क्रप्स छैन । व्यवसायिक उत्पादन छैन । नेपालमा एकजनासँग दश बोट होला, अर्कोसँग २५ बोट होला, अर्कोसँग ३० बोट होला , बगानको रुपमा फलफूल खेति गरिएको छैन । कलेक्सन गरेर आउनु पर्छ । जबकी भारतमा प्रसस्त मात्रामा कमिर्सियल क्रप्सहरु छन् । त्यस कारणले कच्चा पदार्थ उतैबाट लिनुपर्ने अवस्था छ यहाँ फेरि दाना दाना त्यो घरमा खाने ढंगका सुन्तला हामीले लिन सक्दैनौ । हामीलाई साधारण तथा पेलेर फेरि नि ब्रुज बनाएर प्रतिष्पर्धामा उत्रेर काम गर्नुपर्छ । हामीलाई यहाँका दुई चार सय दाना सुन्तला किनेर पोस आउँदैन पनि ।
यसले गर्दा तपाईहरुले यहाँको स्वदेशी फलफूल उत्पादनलाइ वेवास्ता गरेको देखिन्छ हैन र ?
–गलत † हामीले स्वदेशी उत्पादनलाई बाहिरको उत्पादन भन्दा केही बढी मूल्य ५० पैसा, ७५ पैसा, १ रुपैयाँ सम्म बढी दिएर लिन्छांै ताकि उनीहरु प्रोत्साहित होउन भनेर उनीहरु भन्दा धेरै कममा भारतबाट आउँछ । त्यसभन्दा बढी मूल्य दिएर हामी बजारमा उत्पादन प्रतिपर्धा गर्नै सक्दैनांै । उदाहरणका लागि पाकेको आँप यहाँ २०÷२२ रुपैयामा उद्योगमै भारतीय व्यापारीले डेलीभरि दिन्छन् । तर यहाँका कुनैपनि व्यापारीले २०÷२२ रुपैया केजीमा दिदैनन् । डेलिभरिको त कुरौ नगरौ । यहाँका व्यापारीहरु ७०÷८० रुपैयामा बेच्छन् । उहाँहरुलाई एकैपटक धेरै कमाउनु परेको छ । हामीले त्यो देखिदेखि त्यति धेरै फरक कसरी खरिद गर्न सक्छौं । हामीले त्यसलाई प्रोसेसमा ल्याएर फेरि बजारमा बेच्नुपर्छ, यहाँको महँगो फलफूल खरिद गरेर उत्पादन गर्ने हो भने बजारमा इम्पोर्टेट मालसँग प्रतिष्पर्धा नै गर्न सक्दैनौं ।
तपाईहरुको उद्योग कृषिमा आधारित छ डेफिनेट्ली कृषिमा अधभारित भएकोले पाईहरुले कृषहरुलाई फलफूल उत्पादनका लागि प्रोत्साहन गर्नु भएको छैन ?
–हामीले पहिला पहिला टमाटरमा लगानी गरेका थियौं । शुरुमा लालबन्दीका कृषकहरु, सुरुङ्गका किसनहरुसँग पनि ग¥यौं । तर उहाहरु भन्दा अरुले सस्तो दिए । यहाँका किसानहरुसँग गरेको एग्रिमेन्टमा हामीले
वारम्बर धोका पायौ । एग्रिमेन्ट गर्दा एउटा भाउमा गरिएको हुन्छ र तर पछि हामीसँग गरेको एग्रिमेन्ट भन्दा बढी भाउ अन्यत्र वा बजारमा पाउनु भयो भने अन्यत्र पठाउनुहुन्छ । सस्तो हुन्जेल हामीलाई दिने महँगो हुनासाथ काठमाण्डौ वा अरु बजारमा पठाउछन् । हामीलाई यहाँ ५० टन टमाटर चाहियो भने भारतीय व्यापारीहरुसँग एग्रिमेट गर्दा चाहे घटोस् चाहे बढोस हामीलाई दिइरहन्छ । यहाँचाहिँ मौका खोजिन्छ ।
त्यसो भए तपाईहरु नेपालका किसानहरुमा निर्भर हुन सक्नु हुन्न ?
–सकिने स्थिति नै छैन ।
तपाईहरुको उद्योग कृषिमा अधारित उद्योग हो । कृषिमा आधारित उद्योगलाई सरकारले सुविधा वा सहुलयत दिएको होला नि हैन ?
–कुनै प्रकारको सहुलित दिएको छैन । जनतालाई त राष्ट्रले केही दिएको छैन भने उद्योगलाई के सहुलियत दिन्छ र ? सरकार पाइला पाइलामा कर असुल्न जान्दछ । एउटा लुगा किन्दा, चामल किन्दा, तेल किन्दा, मोवाइल किन्दा सामान्य आवश्यक सामग्री समेता कर असुल्छ रकार हरेक कुरामा कर छ ।
कृषिमा आधारित उद्योगलाई सब्सीडी दिने भन्छ नि त सरकार ?
–हैन केमा सब्सीडी दिएको छ र ? हामीलाई कुनै प्रकारको सब्सीडि दिएको छैन । कृषकलाइ दिएको भए हामीलाई थाहा छैन ।
सब्सीडीका सम्बन्धमा यहाँहरुले पहल नगरेको हो कि जानकारी नभएको हो ?
–पहल नगरको पनि हैन जानकारी पनि छैन । जानकारी कस्ले गराउने । दिएको भए पनि माथि माथि नै खाएका होलान् । लुकाएको होलान् । २० वटा गाई पाल्नेलाई दिएका होला, त्यही गाई देखाएर फोटो खिचिन्छ पैसा मिलेर खान्छन् । यो ढंंगको देश छ ।
उद्योगमा हाल कति कर्मचारी र मजदुर कार्यरत छन् ?
–कार्यरत कर्मचारी र मजदुर यहाँ दुई प्रकारका छन् । स्थायी रुपका १ सय २९, क्याजयुल अस्थायी रुपका करार कन्ट्याक्टका तीन सयको हाराहारीमा छन् । काम चलेको बेला ३ सय कर्मचारी मजदुर हुन्छन् ।
पार्ट टाइमका कर्मचारी पनि छन् ?
–पार्ट टाइम भन्ने छैन । हामी उद्योग विहान ८ बजेदेखि बेलुका ५ बजेसम्म चलाउँछौं । त्यसबेला काम नसकिँदा उनीहरुलाई ओभर टाइम पनि दिन्छौं । पार्ट टाइम भन्ने अलग अलग व्यवस्था छैन ।
एउटा सिस्टम छ नि उद्योगहरुमा ठेकेदारी सिस्टम पछिल्लो समय विकसित हुँदै आएको छ । जस्तै कुनै ठेकेदारले मजदुरहरुा ठोक्कामा लिने र उद्योगलाई निश्चित
रकममा उपलब्ध गराउने । त्यो तपाईहरुकोमा छ कि छैन ?
–हामीकहाँ त्यस्तो छेन । बरु हामीले काम गराउँदा तिनै मजदुरलाई ठेक्काजस्तो, कम्पिटिसनमा, प्रतिष्पर्धामा काम गराउने गछौै । मानिलिउ काँचो आप काट्ने काम । एकजना व्यक्तिले त्यति नै समयमा ५० केजी काटयो, अर्कोले १ सय केजी, अर्कोले १५० केजी काट्यो भने त्यसबेला सबैलाई समान ज्याला दिन असहज हुन्छ । त्यो १५० केजी आप काट्नेले ५० केजी काटने बराबरको पैसा पायो भने हुँदैन । त्यसबेला केजीको दर, रेट तोकिदियो भने बेसी काम गर्नेले बेसी पाउँछन् । कम्ती काम गर्नेले कम्ती पैसा लान्छ । हामी आफै उनीहरुलाई प्रतिष्पर्धामा उतार्छौै । बेसी काम र बेसी पैसा लैजाउ भन्छौं ।
मजदुरहरुको समस्या कस्तो छ ?
–खासै त्यस्तो छैन । अहिले ठीक छ ।
मजदुरहरु पाइएको छ ?
–पाइएको छ । मजदुरहरु सन्तुष्ट पनि छन् । हामीले दिएको ज्यालामा पनि सन्तुष्ट छन् । हामीले चाहे जति मजदुर उपलब्ध पनि भइरहेका छन् ।
अन्य उद्योगहरुमा मजदुर नपाएर
भारतबाट मजदुर ल्याउनु परेकोक छ । त्यस्तो अवस्था यहाँ छैन ?
–छैन ।
कार्यरत कर्मचारी कहाँ कहाका छन् ?
–यहाँ कार्यरत सम्र्पूा मजदुर स्थानीय हुनुहुन्छ । सत प्रतिशत स्थानीय हुनुहुन्छ । यही जनता बस्ती इटहरी, बेलबारी, झुक्काका मजदुहरु हुनुहुन्छ ।
उद्योगले हाल के कस्ता समस्याको समाना गर्नु परेको छ ?
–समस्या त के के छन् भनेर म भन्न सक्दिनँ । हाम्रो आफ्नो कारणले त्यस्तो समस्या छैन । यदाकदा वाह्य कारणले समस्या आउने गर्छ । पहिला पहिला समान ल्याउँदा बन्द हड्तालका कारणले सेड्युल अनुसारको सामान आउँदैनथ्यो । अहिले केही सहज भएको छ ।
सरकारी स्तरबाट केही समस्या र झन्झट दिएको छ कि छैन ?
–यदाकदा हुन्छन् ।
अन्तमा केही भन्नु छ ?
–भन्नु त केही पनि छैन तर नि आम उपभोक्ताले हाम्रो उत्पादनलाई उपभोग गरिदिनुस्, माया गरिदिनुस्, सल्लाह र सुझाव दिनुहोस् । बस †

तपाईको प्रतिक्रिया