अन्तर्र्राष्ट्रिय सम्मेलनमा भाग लिन खतिवडा अमेरिका प्रस्थान

धरान÷यहाँ स्थित विजयपुर हस्पिटल प्रा.लि. सञ्चालक समितिका अध्यक्ष, aphin का केन्द्रीय सचिव एवम् कुशल व्यवस्थापक पञ्कज खतिवडा अमेरिकाको वासिङ्गटन डिसीमा आयोजना हुने अन्तर्राष्ट्रिय स्तरको Hospital management Leadership programme मा सहभागी हुन अमेरिका प्रस्थान गर्नु भएको छ ।
अमेरिकको वासिङ्गटनडिसीमा एक हप्ते Hospital management Leadership programme मा पूर्वाञ्चलबाट खतिवडाको मात्र सहभागिता रहने बताइएको छ । देशका अन्यत्र समेत गरी १० जना उक्त कार्यक्रममा भाग लिन शनिवारै त्यसतर्फ प्रस्थान गरिसकेका छन् । उहाँको त्यस अन्तर्राष्ट्रिय सम्मेलनमा हुने सहभागिताले सिंगो राष्ट्र एवम् अस्पताल व्यवस्थापन क्षेत्रको लागि महत्वपूर्ण एवम् फलदायी हुने विजयपुर अस्पताल प्रशासनले विश्वास व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया