पूर्वको पर्यटन व्यवसायीको प्रचारका लागि मार्टको आयोजना

धरान÷ पूर्वको आकर्षक गन्तव्य स्थलको प्रचारप्रसारसंगै प्रवद्र्धन गर्ने उज्ञेश्यल धरानमा तीन दिने ‘इष्ट
टुरिजम मार्ट–२०१८’ आउदो विहीबारदेखि शुरु हुने भएको छ ।
नेपाल पर्यटन बोर्डको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनामा काठमाण्डौ बाहिर पहिलो पटक प्रदेश १ कै सुन्दर नगरि धरानमा मार्टको आयोजना हुन लागेको हो ।
धरान–१० स्थित शैनिक भवन
परिषरमा हुने मार्टमा होटल व्यावसायि, टूाफल एजेन्सीको ५० वटा प्रदेश १ का १४ जिल्लासहित सप्तरी र धनुषाको गरी जम्मा ६१ वटा स्टलहरु रहने सोमबार धरानमा गरिएको पत्रकार सम्मेलनमा मार्ट संयोजक तथा पर्यटनकर्मी भवेश श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार मार्टमा पूर्वका विभिन्न होटल व्यावसायी तथा ट्राभल एजेन्सीहरुको आफ्नो विभिन्न प्याकेजसहित ५० स्टल रहने छ । त्यस्तै, प्रदेश १ को १४ जिल्लाका प्रत्येक जिल्लाले आफ्नो जिल्लामा भएको प्राकृतिक, धार्मिक, सांस्कृतिक विभिन्न पर्यटकीय स्थलहरुको स्टल राखेर प्रचार गरिने छ । यसैगरी धनुषाको जनकपुर धाम र सप्तरीको संङखडा भगवतीको पनि १÷ १ वटा स्टल हरने छ । साथै, मार्टमा टुर अपरेटर, होटल व्यावसायी र गन्तव्यका समितिहरुले आ–आफ्नो प्रोडक्टलाई आकर्षित तरिकारले प्रस्तुत गर्ने छन् । साथै छिमेकी मुलुक भारतका विहार, बंगाल, सिक्किम, र भुटानका ७० जना र काठामाण्डौ, चीन र बंगलादेशका ३० जना पर्यटन गरी १ सय जना पर्यटन व्यावासायीलाई मार्टको अवलोकन गर्न आउने संयोजक श्रेष्ठले बताउनुभयो । यसबाट उनीहरुलाई प्याकेज किन्नको लागि आकर्षित गराइने समेत उहाँले बताउनुभयो । यसको लागि भारतको पूर्णिया, कटिया र किशनगञ्ज, सिलीगुडि, गान्टोक र भुटानको जयगाउँ पुगेर मार्टको प्रचार गरिएको समेत उहाँले बताउनुभयो । १ नम्बर प्रदेशको १४ जिल्लाको विभिन्न पर्यटकिय गन्तव्यहरुको एकै थलोमा प्रदर्शनी र त्यसका लागि प्राप्त हुने सेवा (प्याकेज) हरुको बिक्री तथा पर्यटनको क्षेत्रमा यहाँका निजि क्षेत्रहरुले मार्टमा आफ्नो सेवा प्याकेजहरुको आकर्षित ढंगले प्रस्तुत गर्नको लागि मार्टको आयोजना गरिएको मार्टका प्रबक्ता तथा पर्यटन व्यावासायी बासुदेब बरालले बताउनुभयो ।
कार्यक्रम अवधिभर क्रेता र विक्रेताबीच ‘बि टु बि’ (बिजिनेश टु विजिनेश) मिटिङ समेत हुने आयोजकले जनाएको छ । मार्टमा सहभागी नयाँ र काम गरिरहको पर्यटनकर्मीहरुलाई थप उर्जा प्रदान गर्नको लागि विभिन्न पर्यटन अभियन्ताहरुले प्रवचन समेत दिने कार्यक्रम रहेको प्रबक्ता बरालले बताउनुभयो । उहाका अनुसार पर्यटनका अभियन्ता भारताका राजु बसु, बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर बस्नेत, पर्यटन विज्ञ राज ज्ञवालीले व्यावासायीहरुलाई उत्प्रेरणा जगाउनको लागि पर्यटन सम्बन्धी प्रवचन दिनुहुने छ । कार्यक्रमको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्ने कार्यक्रम छ भने समापन सभामुख प्रदिपकुमार भण्डारीले कार्यक्रम तय भएको आयोजकले जनाएको छ । पर्यटन बोर्डले ४० लाख रुपैयाँ बजेट दिएपनि १४ लाख मात्र खर्च गरिने धरान उपमहानगरापालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन घिमिरेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया