घण्टाघरबाट हेर्दा

भ्यागुताको धार्नी
भ्यागुताको धार्नी कहिल्यै पुगोस् न मधेशवादी दलहरु मोर्चा बनोस् । स–साना कुरामा बुरुक्क उफ्रिएर बटारिने मधेशवादी दलहरुको नियति नै हो । अब हेरौ न संविधानसभामा
रहेका ६ वटा मधेशवादी दलहरुले मोर्चा बनाउने रे । यो कुनचाहिा मधेशी नेताको खोपडी हो कुन्नि ? भए छ के भने पर्धानमन्तरी सुशिल दा’लेकेही मधेशवादी दलललाई सरकारमा सहभागी गराउने प्रयास थाल्नु भएपछि चतुरे मधेशी नेताले संविधान नबनेसमम सरकारमा जनु हुादैन भन्दै अरुलाई उक्साउन थालेछन् । कुनै मधेशी दलको नेता मन्त्री बनेमा आफूहरु साफ हुने डरले ती मधेशी नेताले खुराफाति दिमाग लगाई हालेछन् । सत्ता भनेपछि पार्टी सार्टी जाओस् भाडमा भन्ने मधेशी नेताहरुको मोर्चा बन्नै सक्दैन । त्यही सत्ताको लागि कम्युनिस्टहरु चिरिएर चिरा चिरा परेझै चोइाटा चोइटा भएको मधेशी दलको मोर्चा बन्या भने त्यसलाई आठौ आश्चर्य मान्नुपर्छ ।
प्रचण्डाउ आगो
हिजो आज प्रचण्डाउलाई कसैले गन्नै छाड्या छ । आकाशमा पुगिसक्या मान्छे एक्कासी भुइामा बजारिनु पर्दा को चाहिा आगो हुादैन ? प्रचण्डाउलाई अहिले यस्तै भएको
छ । कसैले गन्न छाडेपछि रोल्पातिर दौडिएका उन्ले रोल्पाली बुद्धि भुट्न निक्कै जोरवल गरे । कहिले बंकरभित्र छिरे, कहिले पहाडतिर उक्लिए तर उन्का वेÏवााके गफ कसैले पत्याइदिएनन् । फेरि काठमाण्डौ फर्किए । काठमाण्डौमा पनि उन्ले कााग्रेस एमालेको हाकी खाए । प्रक्रियाबाटै भए पनि माघ ८ गते संविधान बनाएरै छाड्ने भनेपछि प्रचण्डाउका मथिंगलले कामै गरेन । त्यसपछि उनी २२ दलीय झाडु मोर्चाको कार्जेक्रममा भाषन ठोक्न धनगढीतिर हान्निए । अब प्रचण्डाउले गर्ने भन्या त्यही एउटा भाषन मात्र
हो । अरु त उही एजन एजन ।
लोदरतन्त्र
हैन हौ यो लाकतन्त्र हो कि लोदर तन्त्र हा ? हामी एडिवीको ऋण खाादैनौ भनेर धराने जनताहरु चिच्याएका चिच्याई छन् तर तैले घिच्नै पर्छै भनेर एडिवीका भूतहरुले धराने जनतालाई तर्साएका तर्साएकै छन् । लोकतन्त्रमा जनताले आफ्नो निर्णय आफै गर्न पाउनुपर्छ, पाउाछन् भन्ने । हैन रै’छ । नेपाला त लोकतन्त्र नभएर लोदरतन्त्र पो आ’ रैछ । यस भन्दा अगाडि भोजराज नामका व्यक्तिले एडिवीको माल टन्न बजाएर धाइफल ठोके । धरानेले अलिकति राहतको सास फेरेका थिए । तर अको टीकादत्त भन्ने उही भोजराजको अवतार लिएर आएछन् । हेर्दा अलि सोझा सोझा देखिने टीकादत्त धराने जनतले टुइाके खुस्काउने डरले मन्त्रालयमै पुगेर सम्झौता गरेछन् । हातलाई भन्दा दाातलाई सक सक भन्या यही हो । अर्थात भित्रियालाई भन्दा बाहिरियालाई चासो । एडिवीका दलालले यिन्लाई कति दिन कुवल गर्‍या छन् कुन्नि ? अहिले यिनी एडिवीका प्रवत्तै बन्या छन् ।
फेरि स्थगित
आÏनै भाते सगठनका छाउरा हरुलाई नेप्लीज लााग्रेसले खेलाउनसम्म खेलायो । विरालोले मुसा खेलाएझै । हेर्नेलाई भन्दा गर्नेलाई लाज हुनुपर्ने
हो । तर अहा त्यसो हुन सकेन । अब हेरौ न त्यो नेपाल विद्यार्थी संघको अधिवेशन सुशिल दा’ले यो सुद्ध सातपटक स्थगित गर्दिसके, कहिले तयारी पुगेन भनेर स्थगित, आफ्नाले हार्ने देखेपछि स्थगित, कहिले प्रतिनिधि विवाद भनेर स्थगित । यसपटिकचाहिा सार्क सम्मेलन भनेर स्थागित
गरेछन् । विचरा छाउराहरुलाई हेरानै खेलाए । अबचाहिा पक्का अधिवेशन हुने भयो भनेर यसो खर्च बर्चको जोहो गरी झोला भिरेर काठमाण्डौ पुग्यो स्थगित । अब सार्क सम्मेलन सिद्धिएपछिचाहिा पक्का अधिवेशन हुन्छ रे । खै घण्टाघरलाई त पत्यार लागेन पटक पटक अगुल्टोले हान्या विद्यार्थीले अबचाहिा हुन्छ भनेर के
पत्याउलान् ?
झलु फर्किए
झालेमालेका पूर्व अध्येक्षे झलु फर्किए रे । समाचार पनि कस्ता कस्ता ? थुतुनोमा निस्केको सानो खटिराको उपचार गर्न नसकेर
हजारौ नेपाली मरिरहेका छन् । तर झलुको मुतुनोको खटिरा निको पार्न राज्यकोषबाट करोडौ रुपैयाा खर्च
भयो । रोगी, बुद्धि बिग्रिएका, स्वााठ नेताहरुकै उपचार गरेर राज्येकोष रित्तिने भयो । झलु आफै अरबपति छन् । आफै खर्च गर्न नसक्ने भए पनि त लौ भन्नु । उपचारको नाममा कोही अमेरिका जान्छन्, कोही सिगापुर हानिन्छन्, कोही थाइल्याण्डतिर दौडिन्छन्, कोही
भारत र कोही जापान पुग्छन् । यी
रोगी नेताहरुले मुलुकै रोगी बनाइसके । न अरबौ खर्च गरेर एकथान संविधान लेख्ने लुर छ, न मुलुकलाई बढाउन सक्ने हुति । कि कसो हौ ?
काजी दिल्लीमा
नेप्लीज लााग्रेसका नेता माने भकभके काजी दिल्ली पुग्या छन् । मामाके घोडी मेरे हिही । आफ्नो खल्तीबाट फुट्टीकौडी खर्च नहुने भएपछि हिाड्ेने भए नि । भारतको पहिला प्रधानमन्त्री जवाहरलाल नेहरु १ सय २५ औां जन्म जयन्तिमा भाग लिन गोडा बंग्याउदै काजी त्यतातिर गाा हुन् । हुन त भकभके काजी यहाा बसेर पनि कुनै काम छैन । कसैले नबुझ्ने गरी हल्ला गर्नेमात्र त हुन नि । नेहरुको विश्वदृष्टि र उनको विरासत : लोकतन्त्र, समावेशित र शसक्तिकरण विषयक कार्जेक्रमलाई काजीले हिजो मंगलबार सम्बोधन गर्दा कोही खित्का छाडेर हाासे भने कोही मुसुमुुसु हाासे । त्यसरी हाास्नुको कारण काजीको बोली नै रै’छ । के बोले बोले ? बोल्न त बोले नि ।
रगत बग्छ रे
जस्लाई हिजो संविधानसभा चाहिएको थियो आज उसैलाई संविधानसभा घााडो भएपछि उनीहरु वर्वराउन थाल्या छन् । कााग्रेस र एमालेले बहुमतमा गएर माघ ८ गते संविधान जारी गरी मुलुकमा
रक्तपात हुन्छ रे । माउवादीका नन्दकिशोर पुनले अस्तिका दिन पश्चिमतिर गएर त्यसरी बोल्दा
धेरैले उनी खुस्केछन् क्यारसम्म भने । हिजो संविधानसभा चाहियो भनेर
रक्तपात गर्ने आजचाहिा सविधानसभाबाट बहुमतले बनाएको संविधान मान्दिन भनेर किन जग हासाएका होलान् । हिजो चाहियो भनेररक्तपात गरे अनि आज चाहिाा चाहिादैन भनेर रक्तपात गर्ने रे । हैन हौ माउवादीले रक्तपात मात्र गर्न जान्या छन् कि क्या हो ? वहुमत पनि नमान्ने अनि सहमति पनि नगर्ने । अनि खाली रक्तपातको धमास दिने । बागमतिमा अब धेरै पानी बगिसक्या छ भनेर किन चेत नआएको होला ?
अन्तेमा
सार्कको नाममा काठमाण्डौ सिागार्न लागेकाहरु यतिबेला राता खागपतिबाट करोडपति बनेका
छन् । बाटो टालटुल गर्न, नक्कली रुख रोप्न, अरुका घर रंग्याउन अर्थ मन्त्रालयले २ अर्ब भन्दा बढी बजेट लुतुलुतु दिएछ । अझै पुगेन भनेर प्रचण्डाउका व्यवसायिक पार्टनर अजय सुमार्गी, भाइकाजी तिवारी, विभिन्न मन्त्रालयका सचिवहरुले हात पसारी रा’छन् रे । कुरुप आइमाइले एक छिन लाली पाउडर दलेर राम्रो भएर के गर्नु ? पानीले पखालेपछि फेरि जस्ताको तस्तै । बाहिरबाट आउने पाहुनालाई दुई दिनका लागि देखाउन चिरिच्याठ्ठ पारेर के गर्नु ? पाहुना फर्किएपछि फेरि तालु खुइलिए जस्तै त हुने हो नि । यस्ता नक्कली काम गरेर राज्येको ढुकुटी सिध्याउने काम किन गर्‍या होलान् ? विनाश काले विपरीत बुद्धि भन्या यही हो ।

तपाईको प्रतिक्रिया