नेपाली चलचित्रका चर्चित निर्देशक आलोक नेम्वाङ्गलाई
भारतीय राजदुतावास, बीपी कोइराला भारत–नेपाल फाउन्डेशनद्वारा शुक्रबार काठमाण्डौको न्यूरोडस्थित नेपाल एयरलायन्स भवनमा २० औं सिनेमाण्डु संस्करणमा सम्झनासागै श्रद्धाञ्जली अर्पण गरिएको छ ।
सिनेमाण्डुको २० औा संस्करण शुरु हुनुभन्दा एक हप्ता अगाडि अर्थात कार्तिक २० गते विहीबार दु:खद् निधन भएको थियो । निर्देशक नेम्वाङ्गलाई श्रद्धाञ्जली अर्पणपश्चात उहााको प्रशंसकहरुले नेपाली फिचर फिल्म सानो संसारका सम्बन्धमा विभिन्न कोणबाट चर्चा परिचर्चा गर्नुभएको थियो । आलकको पहिलो फिल्म सानो संसार थियो भने अन्तिम फिल्म अझै पनि हो र यसको रिलिजको सम्पूर्ण तयारी
भइरहेको छ ।
भारतीय राजदुतावासका प्रथम सचिव तथा बीपी कोइराला भारत–नेपाल फाउन्डेशनका सचिव अभयकुमारले स्व. निर्देशक नेम्बाङ्गको तस्विरमा माल्यार्पणसागै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै भन्नुभयो– स्व. नेम्बाङ्गले जीवनको छोटो समयमा नेपाली फिल्म उद्योगलाई ठूलो योगदान दिनुभएको थियो । स्व. नेम्वाङ्गले नेपाली फिल्म उद्योगमा प्रतिभाशाली नयाा कालाकारहरुलाई अवसर प्रदान गर्नुभएको थियो । नेपाली सिनेकला जगतले उहााको योगदानलाई सदैव स्मरण गर्नेछन, अभयकुमारले भन्नुभयो ।
दिवंगत आत्माको चीर शान्तिका लागि एक मिनेट मौनधारणबाट शुरु भएको कार्यक्रममा अभिनेत्री नम्रता श्रेष्ठ अत्यन्तै गम्भीर र शालिन देखिएकी थिइन् । उनले भनिन् मेरो जीवनमा स्व. आलोक नेम्बाङ्गले महत्वपूर्ण भूमिका खेलेका छन् । मेरो अभिभावक बनेर उनैले मलाई फिल्म उद्योगमा ल्याएका थिए । उनले भनिन अहिले पनि मलाई विश्वास छैन उनी हाम्रा बीचमा छैनन् भनेर । उहाासाग विताएका हरपल मेरा लागि अविस्मरणीय र दर्दनाक छन्, अभिनेत्री श्रेष्ठले भनिन् ।
त्र
