धरान/फुटबल क्लबले युवा विकास परियोजनाअन्तर्गत युवा फुटबल खेलाडीहरुलाई उत्पादन गर्ने कामलाई निरन्तता दिएको छ ।
धरानको फुटबल खेललाई विकास गर्ने उद्देश्यले प्रत्येक बर्ष पूर्वाञ्चलमा रहेका युवा फुटबल खेलाडीहरुलाई प्रशिक्षण दिई खेलमा उत्कृष्ट प्रदर्शन गर्ने युवाहरुलाई दुई बर्षका लागि अनुवन्धन गर्ने र विभिन्न स्थानमा भएका प्रतियोगितामा खेलाइने धरान फुटबल क्बल अन्तर्गतको युवा विकास परियोजनाले जनाएको छ ।
क्लबका महासचिव प्रताप तामाङ्गको संयोजकत्वमा ५ सदस्यीय युवा विकास परियोजना गठन गरी पूर्वाञ्चलमा रहेका प्रतिभा भएर पनि बाहिर आउन नसकेका युवा खेलाडीहरुलाई प्रशिक्षण दिई खेलाडी उत्पादन गर्ने काम थालिएको हो ।
परियोजनाको मुख्य उद्देश्य
धरान फुटबल क्लबले व्यवसायिक फुटबल खेलाडी उत्पादन गर्ने र राष्ट्रिय तथा ए डिभिजन क्लबमा अनुबन्धित गराउने रहेको परियोजनाका सदस्य एवम् धरान फुटबल क्लबका सदस्य नविन
राईले जानकारी दिनुभयो ।
धरान १७ एन्फा एकाडेमीका खेल मैदानमा शनिवारबारबाट गरिएको छनौट खेलमा ५० जना युवाले सहभागिता जनाएका थिए । तीमध्ये २६ जना खेलाडी छनौटमा परेको सदस्य राईले जानकारी दिनुभयो ।
धरान फुटबल क्लबलले २०६९/०७० र २०७१/०७२ बाट परियोजनाअन्तर्गतको एकाडेमी सञ्चालन गर्दै आइरहेको बताउदै यसमध्ये हालसम्म ६ जना खेलाडीहरु राजधानीको ‘वी’ डिभिजन क्लबसाग आवद्ध भएर फुटबल खेल्ने गरेको सदस्य राईले जानकारी दिनुभयो ।
एकपटक छानिएका खेलाडीहरुलाई दुई बर्ष सम्म धरान फुटबलले अनुवन्धनमा राखिने बताउदै प्रत्येक पटक गरिएको छनौटमा ६ लाख रुपैया खर्च हुने परियोजनाले जानकारी दिएको छ । क्लबले मात्र यो खर्च धान्न नसक्ने भएकोले विगतदेखि नै धरान नगरपालिकाले यो परियोजनालाई ४ लाख रुपैयाा दिदै आएको समेत सदस्य
राईले जानकारी दिनुभयो ।
