भारतको स्वतन्त्रतामा नेपालको अहम् भूमिका

राजविराज÷नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरीले अँग्रेजको उपनिवेशबाट भारतलाई स्वतन्त्र गराउने कार्यमा नेपालको अहम् भूमिका रहेको बताउनु भएको छ ।
राजदूत पुरीले उक्त कुरा नेपालले प्रजातान्त्रिक संघर्षमा भारतका लोकनायक स्व. जयप्रकाश नारायणको देन विषयक विचार गोष्ठीलाई शनिवार राजविराजमा सम्बोधन गर्दै बताउनु भएको हो ।
जेपी लोहिया रामेश्वर मेमोरियल ट्रष्ट तिलाठी कोइलाडी–बरसाइनद्वारा आयोजित विचार गोष्ठीमा उहाँले भन्नुभयो भारत अहिले ७० औं स्वतन्त्रता दिवस मनाइरहेका छं । भारतीय नागरिकले ७० औं स्वतन्त्रता दिवस मनाइरहँदा त्यसबेला स्वतन्त्रताका लागि नेपालीले दिएको योगदान भारतमा स्वर्ण अक्षरले लेखिएको बताउनु भयो । दुई सय बर्ष भन्दा बढी समय अँग्रेजको उपनिवेशको रुपमा भारतीयहरुलाई गुलाम बनाएको र भारत स्वतन्त्रताका लागि नेपाल र नेपालीबाट पु¥याइएको योगदानको राजदूत पुरीले बारम्बार स्मरण गर्नु भएको थियो । उहाँले भन्नुभयो आज मात्र नभएर सदियौदेखि नेपाल र भारतका शासक वर्गका बीचमा मात्र नभएर जन जन स्तरबाट प्रगाढ सम्बन्ध रहेको छ ।
राजदुत पुरीले भन्नुभयो भारत सदैव नेपालको समृद्धिमा साथ रहन्छ । हालै मात्र सम्पन्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुवै मुलुकका बीचमा विकासका धेरै सम्भावना देखाएको छ । भौगोलिक, साँस्कृतिक, आर्थिक, ऐतिहासिक उन्नतिमा आपसी समझदारीले सम्बन्धलाई थप उचाइमा पु¥याएको छ । राजदुत पुरीले भन्नुभयो अब केही समय भित्रै जनकपुर जयनगर बर्दिबासमा भारतबाटै ब्रोडागेजको रेल गुड्छ । विराटनगर बथनाहा–कोलकत्ताको परीक्षण भइसकेको छ । यसले दुई देशको व्यापार अझ फस्टएर जाने उहाँले विश्वास व्यक्त गर्नुभयो । साँस्कृतिक, ऐतिहासिक, भौगोलिक सँगै जनस्तरको सम्बन्धसँगै व्यापार तथा वाणिज्य सम्बन्धले दुई देशबीचको मित्रता अझ प्रगाढ बन्ने प्रष्ट पार्नुभयो । राजदूत पुरीले हाल
सप्तरीमा भारतीय सहयोगमा सञ्चालित दर्जनौ योजनाहरु चाँडै पूरा भएर नेपाल सरकारलाई हस्तान्तरण हुने विश्वास समेत व्यक्त गर्नुभयो ।
आज भन्दा ६ दशक अगाडि
रामेश्वर सिंहका छोरा हिम्मत सिैंहको सक्रियतामा गठन भएको जेपी लोहिया रामेश्वर ट्रष्टलाई पञ्चायत कालमा तत्कालीन सरकारले अनेकौ लान्छना लगाएर दुःख दिएपनि सिंहका छोरा अधिवक्ता हिम्मत सिंैहले आफ्नो् अभियानलाई छाड्नुृ भएन । उहाँले आफनै खर्चमा गरिबका नानीहरुलाई निःशुल्क पढाउने कार्य गरिरहनु भएको थियो । विचार गोष्ठीमा बोल्दै राष्ट्रिय जनता पार्टीका महासचिव तथा प्रदेश सभा सदस्य मनिष सुमनले भन्नुभयो रोटीबेटीको सम्बन्ध रहेको नेपाल भारतबीचको मित्रता प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले अझ दरिलो र दर्बिलो बनाएको छ । उहाँले भन्नुभयो भारतीय स्वतन्त्रता सग्रामका बेला प्रतिकूल परिस्थितिका
कारण नेपाल आउनु भएका भारतका महान समाजवादी नेता जयप्रकाश नारायण र डा राम मनोहर लोहियालाई अग्रेजको इसारामा तत्कालीन राणा सरकारले हनुमान नगर जेलमा बन्दी बनायो । ती दुवै महान नेतालाई जेलमुक्त गराउन कृष्णवीर कामी र महोम्मद अब्दुल मियाँले भूमिका खेल्नु भएको थियो । पछि दुवैलाई राणा सरकारले प्रक्राउ गरी अड्डासार गर्दै केन्द्रीय कारागार पु¥याई बन्दी बनायो । कारागारमै कृष्णबीर कामीको मृत्यु भएको थियो । हनुमान नगर जेलबाट भारतका दिग्ग्ज नेताद्वयलाई मुक्त गराउने कामीका नाति अर्जुन विश्वकर्मा र मियाँका नाति इब्राहिम मियाँलाई राजदूत पुरीले माला लगाएर सम्मान गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया