धरान÷संघीयारसँगको जग्गा सम्बन्धी सामान्य विवादलाई लिएर नेपाल तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङ्गलाई इलाका प्रहरी कार्यालय इहरीले प्रक्राउ गरी सार्वजनिक अपराध अन्तर्गत मुद्दा दर्ता गराएपछि नेपाली काँग्रेस र तिनका भातृ सगठनहरु आन्दोलित भएका छन् ।
नेपाली काँग्रेसका महासमिति सदस्य समेत रहेका गुरुङको तत्काल रिहाइको माग गर्दै नेपाली काँग्रेसले इटहरीमा प्रदर्शन समेत गरेको छ । इटहरी उपमहानगरपालिका वडा नं. २० की तीर्थकुमारी गिरीसँग जग्गाको साँध विवादमा प्रहरीले गुरुङ्गलाई प्रक्राउ गरेपछि काँग्रेसले थप आन्दोलनको घोषणा समेत गरेको छ ।
आइतबार इटहरीमा भएको प्रदर्शनमा प्रदेश नं. १ को संसदीय दलका नेता तथा नेपाली काँग्रेस सुनसरीका सभापति राजीव कोइराला, प्रमुख सचेतक केदार कार्की, प्रदेशसभा सांसद चन्द्रप्रसाद श्रेष्ठ, ज्योति सुब्बा, नेपाल तरुण दलका सुनसरी उपाध्यक्ष सन्तोष विक, नेपाल महिला संघ सुनसरीका सभापति विजया कटुवाल, नेविसंघका पूर्वाञ्चल संयोजक विकास केसी लगायत हजारौ कार्यकर्ताको सहभागिता रहेको थियो । प्रदर्शनमा प्रहरी प्रशासन मुर्दावाद, सिजन गुरुङ्गलाई रिहा गर, डिएसपीलाई
कारबाही गर जस्ता नाराहरु लगाइएको थियो ।
सभापति गुरुङ्गको रिहाइको माग गर्दै इटहरी बजार परिक्रमा पश्चात वीरेन्द्र चौकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै प्रदेश सभा संसदीय दलका नेता राजीव कोेइरालाले भन्नुभयो तरण दलका सुनरी अध्यक्ष गुरुङ्गलाई फँसाउने नियतले प्रहरीले प्रक्राउ ग¥यो ।
उहाँले भन्नुभयो वर्तमान
सरकारले विभिन्न वहानामा नेपाली काँग्रेका कार्यकर्ताहरुलाई बदनाम
गराउने र फँसाउने काम भइरहेको छ । उहाँले भन्नुभयो प्रदेश र केन्द्रमा वहुमतको दम्भ देखाएर वर्तमान
सरकारले काँग्रेसका कार्यकर्ता सिध्याउने योजना बनाएको छ । नेपाली काँग्रेसका सचेतक केदार कार्कीले वर्तमान सरकारकै निर्देशनमा प्रहरी प्रशासन काँग्रेसको विरुद्धमा खनिएका छन् । सामान्य जग्गा विवादमा बसेर छलफल गरी समाधान निकाल्न सकिने भए तापनि प्रहरीले दुर्नियतपूर्ण ढंगले गुरुङ्गलाई प्रक्राउ गर्नुले प्रहरीको नियत प्रष्ट हुने पनि उहाँले बताउनुभयो ।
जग्गा विवाद बहाना
झट्ट हेर्दा नेपाल तरुण दलल सुनसरीका सभापति सिजन गुरुङ्गलाई जग्गाको साँध संधियारसँग सीमा विवाद गरी झगडा र हातपात गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको देखिए पनि प्रहरीले गुरुङ्गलाई फँसाउन पहिलादेखि नै अनेकौ हथकण्डा अपनाउदै आएको नेपाली काँग्रेस सम्बद्ध स्रोतले बताएको छ ।
प्रहरीले गुरुङ्गलाई फँसाउन अनेकौ वहाना र छिद्रहरु खोज्दै आएको थियो । तीर्थकुमारी गिरी र गुरुङ्गको जग्गा जोडिएको छ । नाप नक्सा नमिलेको भन्दै विवाद हुँदै आएको थियो । सीमा विवाद मिलाउन समाजका अगुवाहरुले प्रयास समेत गर्दै आएका थिए तर विवाद मिल्न सकेको थिएन गिरी परिवाराले सुक्रबार अमिनी बोलाएको थियो । समाजका अगुवा, स्थानीय जन प्रतिनिधि, प्रहरीको रोवहरमा जग्गा नाप्ने काम भइरहेको थियो । एक्कासी गिरीका छोरा दिनेश र गुरुङ्गका भान्जा सुरेनबीचमा विवाद भयो । दुवै बीचमा सामान्य हातपात समेत भएको प्रत्यक्षदर्शी बताउँछन् । तत्काल सभापति गुरुङ्गले आफ्ना भान्जालाई गाली गर्दै समाजका अगुवाले गरेको निर्णय स्वीकार्ने बताएका थिए । तर त्यसपछि नाप जोखको काम रोकिएको थियो ।
यसै सम्ब्न्धमा हामीले संघीय
प्रहरी इकाई कार्यालय धरानका एसएसपी हरिबहादुर पालसँग सम्पर्क गर्दा उहाँले भन्नुभयो गिरी परिवारले लिखिति रुपमा उजुरी गरेपछि गुरुङ्गलाई प्रक्राउ
गरिएको हो । उहाँले थप्नुभयो गुरुङ्गकै निर्देशनमा गिरी परिवारमाथि आक्रमण भएको हो । आइतबारै गुरुङ्गका विरुद्धमा सार्वजनिक अवराध अन्तर्गत मुद्दा दायर भएको र ६ दिनको म्याद थप गरिएको हो । यो त सामान्य विवाद समाजका अगुवाहरुकै रोहवरमा पनि त मिल्न सक्थ्यो नि भन्ने सवालमा एसएसपी हरिबहादुर पालले भन्नुभयो उनका विरुद्धमा विगतमा परेका उजुरीका फाइलहरु पनि खुल्छन् । एसएपी पाल यस भनाईले गुरुङ्गलाई सुनियोजित रुपमा फँसाउन खोजिएको देखिन्छ ।
अपहरण शैलीमा प्रक्राउ
राजनीतिसँगै समाज सेवामा समेत संलग्न सिजन गुरुङ्गलाई इलाका प्रहरी कार्यालय इटहरीले अपहरण शैलीमा शुक्रबार प्रक्राउ गरेको थियो । गुरुङ्गले
शुक्रबारै जिल्ला प्रशासन कार्यालय
सुनसरीमा शान्ति सुरक्षाको माग गर्दै निवेदन दिएर धरान आएका थिए । धरान १० स्थित भाटभाटेनी अगाडिको आÏनै सानो पसलबाट बेलुका घर फर्कदै गर्दा दर्जनभन्दा बढीको संख्यामा आएका
प्रहरीले सेउती पुलबाट उनलाई प्रक्राउ गरेको थियो ।
प्रहरीले सभापति गुरुङ्ग चढेको गाडीको निक्कै समय लगाएर चेक जाँच गरेको थियो । एउटा जिम्मेवार राजनैतिक पार्टीको भातृ संगठनका प्रभावशाली सभापति समेत रहेका गुरुङ्गको गाडी चेकजाँच गर्नु त्यो पनि रातको समयमा भन्दै काँग्रेसका नेताहरुले आपत्ति मात्र जनाएका छैनन उनलाई इन्काउन्र गर्ने वा झुटा हात हतियार मुद्दामा फँसाउन खोजेको देखिन्छ ।
नेपाली काँग्रेसको आपत्तकालीन वैठक
तरुण दलका सुनसरी अध्यक्ष गुरुङ्गलाई विना आधार, विना प्रमाण, सामान्य जग्गाको विवादमा प्रक्राउ
गरेपछि इटहरी प्रहरीको चौतर्फी आलोनचना भएको छ । गुरुङ्गको तत्काल रिहाइको माग गर्दै नेपाली काँग्रेस
सुनसरीको आइतबारै आपत्तकालीन वैठक बसेको थियो ।
काँग्रेसले सभापति गुरुङ्गको रिहाइको माग गरी सशक्त प्रदर्शन गरे पनि
प्रहरीले उनीमाथि आइतबारै सार्वजनिक अपराध अन्तर्गत मुद्दा दायर गरेपछि प्रदेश नं. १ का विपक्षी दलका नेता राजीव कोइरालाले आक्रोस पोख्दै भन्नुभयो वार्ताका लागि बस्ने वातावरण त प्रहरीले बनाउन सक्थ्यो नि । प्रहरी कुरै सुन्न चाहँदैन । म एउटा विपक्षी दलको नेता हुँ त्यसको मर्यादा त राख्नु पर्ने थियो । गुरुङ्गमाथि सार्वजनिक अपराध अन्तर्गत मुद्दा दायर गरेपछि उनलाइ हाल इलाका प्रहरी कार्यालय इटहरीमै राखिएको छ । यसैबीच नेपाली काँग्रेसले गुरुङ्गको तत्काल रिकाइको माग गर्दै प्रमख जिल्ला अधिकारी प्रेमप्रसाद उप्रतिलाई ज्ञापनपत्र समेत बुझाएको थियो ।
काँग्रेसको आइतबार बसेको बैठकले ज्यादति विरुद्ध कोणसभा, १५ गते धरान, इटहरी, इनरुवामा सिटी जुलुस, १६ गते ४ बजे धरान, इटहरी, इनरुवमा विरोध जुलुस र १७ गते सुनसरी बन्द घोषणाको निर्णय गरेको छ ।
