इनरुवा÷लामो समयदेखि लागू औषध र साना हातहतियारको कारोबार गर्दै आएका करिमुल मियालाई प्रहरीले सोमबार प्रक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार कोशी गाउँ पालिका वडा नं. ६ को भित्री सडक खण्डबाट प्रहरीले मियाँलाई प्रक्राउ गरेको हो । कोशी गाउँ पालिका वडा नं. ४ बस्ने करिमुल मियाँले चलाउँदै ल्याएको को २ प ५९ नम्बरको मोटर साइकललाई शंका लागि गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा मोटरसाइकलको सिटमा बाँधी राखेको चामलको बोरा र
हरियो सब्जी भिण्डी, करेला, काक्राको बोराभित्र ठूलो परिमाणमा लागू औषध फेला परेको थियो ।
भारतबाट लुकाई छिपाई ल्याएको अवैध लागू औषध डाइलेक्स डिसी २६ बोतल, स्पास्मो प्रोक्सिभन ६ फाइल (१ सय ४४ गोटी), लुपिजेसिक २० एम्पुल, फेनार्गन २० एम्पुल र डाइजेल्याप २० एम्पुल फेला परेको थियो । प्रहरीले निजलाई तुरुन्त नियन्त्रण लिइ थप अनुसन्धान गरिरहेको छ ।

