बहुचर्चित साढे ३३ केजी सुन तस्करीले यतिबेला नेपालको राजनीति गर्माएको छ । नेपालमा सुन तस्करी दुई दशक अगाडिदेखि हुँदै अए पनि अहिलेको जस्तो बाहिर आएको थिएन । पञ्चायत कालमा समेत सुन तस्करी ठूलै परिमाण हुने गरेको तर त्यसबेला हरेक दिन अन्तर्राष्ट्रिय
एयरपार्टमा समातिने गरेको र राष्ट्रबैंकमा जम्मा हुने गरेको समाचार
आइरहन्थ्यो ।
अर्थात सुन तस्करी दुई दशक भन्दा अगाडिदेखि नै हुँदै आएको देखिन्छ । तर पछिले समय नेपालमा सुन तस्करीको भयावह रुप उर्लाबारीको सनम शाक्यको हत्या प्रकरणले डरलाग्दो रुपले सतहमा ल्याइदिएको छ । दुवईबाट आएको साढे ३३ केजी सुन हराउनु र सनम शाक्यको हत्या प्रहरण एकै समयमा भएपछि अनुसन्धानले नयाँ मोड लियो ।
जनताको शान्ति सुरक्षाका लागि बर्दीै लगाएका उच्च पदस्थ प्रहरीदेखि प्रभावशाली राजनैतिक नेतृत्वहरु नै हत्या प्रकरण र सुन तएस्करीमा एकपछि अर्कोै गर्दै खुल्दै गएपछि धेरैले वास्तविकता बुझ्ने मौका पाए । सुन तस्करीका नाइके भनेर मिडियाबाजी गरिएका गोरे उर्फ चुडामणि उप्रति त एउटा व्यवस्थापकीय पात्र मात्र हुन भन्दा अन्यथा हुँदैन । हरेक प्रकारका अपराध, तस्करीमा जबसम्म राज्यका उच्च पदस्थ कर्मचारीहरुको प्रत्यक्ष एवम्
परोक्ष सहभागिता हुँदैन तबसम्म त्यसले मूर्त रुप लिन सक्दैन । सुन तस्करी प्रकरणमा यस भन्दा अगाडि नामै नसुनिएका उर्लाबारीका उप्रेतिलाई ३३ किलो सुन प्रकरणका मुख्य योजनाकारका रुपमा पर्दा पछिाडिका उच्च
पदस्थहरुले अगाडि सारे । उनीहरुले आÏनो योजनालाई मूर्त रुप दिन आम सञ्चारमाध्यममा उछाल्न कुनै कसुर बाँकी राखेनन् ।
अनुसन्धानको जिम्मा पहिला दिवेश लोहनी जस्ता प्रहरीलाई दिइए पनि सनम शाक्यको सव नै गायव बनाउने सम्मको प्रपञ्च भएपछि प्रहरीबाट अनुसन्धानले सार्थकता पाउने कुरामा आशंका जन्मायो । त्यसपछि गृहमन्त्रीको आदेशमा सह सचिवको संयोजकत्वमा गठन भएको छानबिन समितिले सनम हत्या काण्डको अनुसन्धानले सोच्नै नकिने तथ्यहरु बाहिर ल्यायो । यद्यपि, अनुसन्धान अझ पनि जारी नै छ । प्रहरीका डिआइजी, एसएपी, एसपी, डिएसपी, सई लगायतका प्रक्राउ गरी अदालतले समेत पुर्पक्षका लागि थुनामा पठाइसकेको छ । अनुसन्धानकै क्रममा सुन तस्करी प्रकरणका गृह्य कुरा बाहिर आउने आशंकामा एकजना प्रहरीको हिरासतमै सुनियोजित हत्यार अर्का एक जना एयरपार्टका लोडरको एयरपार्टमै ट्यांकरबाट एक्सिडेन्ट गराई हत्या गरिसकिएको छ । सुन तस्करीका मुख्य नाइकेका रुपमा चित्रण गरिदै आएका गोरेले तस्करहरुको संगठित सञ्जालबाट मारिने डरले आफन्तको रोहवरमा आत्मा समर्पण गरे । अदालती प्रक्रियामा बयानका क्रममा गोरेले बारम्बार भन्ने गरेका छन् म प्रहरीको हिरासतमै सुरक्षित छुइनँ । मानव अधिकारकर्मीको प्रत्यक्ष निगरानीमा मलाई हिरासतमा
राखियोस् । गोरेलाई थाहा छ संगठित सुन तस्करमा राज्यका उच्च पदस्थहरुको संलग्नता छ । शक्तिको आडमा आफू मारिन सक्ने त्रास उनमा छ ।
सुन तस्करीका व्यवस्थापकीय पात्र गोरेले हालका वहालवला मन्त्रीहरुको समेत नाम मुछेका छन् । निवर्तमान प्रहरी महानिरीक्षकहरुको नाम समेत मुछेका छन् तर अनुसन्धान टोलीले ती नामहरु बाहिर ल्याउन नचाहेको हो या उनीहरुको बचाउमा षड्यन्त्र गरेको हो । नेकपाका नेता एवम् सभामुख कृष्णबहादुर महरा, बामदेव गौतम लगायतका नेताहरु समेत सुन तस्करी प्रकरणमा संलग्न भएको अुनसन्धान टोलीले प्रमाण दशी फेला पारिसकेको छ । तर पद र शक्तिको आडमा उनीहरुको निकट पुग्ने हिम्मत टोलीले गर्न सकेको छैन । महरा स्वयम्ले भनेका छन् तस्करी प्रकरणमा आफू त सानो माछा मात्र हुँ । ठूला माछा त बाहिरै छन् । उनको यस भनाईले के प्रमाणित गर्छ ? यतिबेला गोरेले नाम पोलेका ठूला माछालाई अनुसन्धान टोलीले प्रक्राउ गर्न सकेको छैन तर सनम हत्यामा व्याट्री, तार उपलब्ध गराउने उर्लाबारीकै सामान्य पसले, भुजुङ्ग गुरुङ्गका सवारी चालक, हुण्डी कारोबारमा संलगनहरलाई मात्र प्रहरीले गिराफ्तार गरेर ठूला माछा जोगाउने र साना माछा फँसाउने रणनीति अख्तियार गरेको पाइन्छ । अर्थात सनम शाक्य हत्या प्रकरण र पाँच बर्षको अवधिमा ३८ क्विन्टल सुन तस्करीमा संलग्नहरुलाई जोगाउन छिद्रको खोजी हुँदैछ ।

