अवैध घरेलु मदिरा नष्ट

धरान÷अवैध रुपमा उत्पादन घरेलु मदिरा प्रशासनले आइतबार नष्ट गरेको छ ।
केही समय अगाडि इटहरी र धरानमाका अवैध रुपमा मदिरा उत्पादन गर्र्दै विक्री वितरण गर्नेहरुलाई इलाका प्रहर कार्यालय धरान र इटहरीको टोलीले विभिन्न समयमा जफत गरेको १ हजार २ सय १० लिटर घरेलु मदिरा आन्तरिक राजस्व कार्यालय धरानमा बुझाइएको थियो ।
प्रशासनले बुझाइएको मदिरा आइतबार आन्तरिक राजस्व कार्यालयले इलाका प्रहरी कार्यालय धरान र इटहरी, इलाका प्रशासन कार्यालय, सुनसरी उद्योग वाणिज्य संघ लगायतको रोवरमा नष्ट गरिएको आन्तरिक राजस्व कार्यालय धरानका कर अधिकृत नवराज भट्टराईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया