कृषि उपज बजारको अध्यक्षमा पर्शुराम कटुवाल

धरान÷ कृषि उपज बजार सञ्चालक समितिको अध्यक्षमा व्यापारी पर्शुराम कटुवाल चयन हुनु भएको छ ।
धरान १३ अमर हाटमा भएको सोसोयोमेट्रिक प्रणालीबाट छानिएका व्यापारीमध्ये कटुवाल अध्यक्षमा चुनिनु भएको हो ।
यस्तै सदस्यमा व्यापारी, कृषि र वडा प्रतिनिधि सदस्य रहने प्रावधान अनुसार व्यापारीबाट सदस्य पदमा भक्तिकुमार राई (विनोद) र नेपाल साना व्यवसायी संघका पूर्व अध्यक्ष सोनेलाल गुप्ता छानिनु भएको छ । यसैगरी कृषकका तर्फबाट पाचकन्याका आर्गनिक किसान कृष्ण राई, मौरी पालक डम्बर तामाङ र लक्ष्मी प्रधान छानिनु भएको छ । वडा प्रतिनिधिको तर्फबाट धरान १३ का वडा अध्यक्ष नेत्र काफ्ले चुनिनु भएको छ ।
७ जनाको कमिटी रहेको सो समितिमा ८८ जना व्यापारीबाट तीन जना छानिएको थियो भने ती तीन जनाबाट एक जना अध्यक्ष छानिएको हो । यस्तै कृषकका तर्फबाट धरान उपमहानगरपालिकामा रहेका १९ समुहमा
रहेका कृषकमध्ये तीन जना छानिएको थियो ।
नव निर्वाचित समितिका जिल्ला कृषि कायाृलयका अधिकृत नन्द किशोर अधिकारी उपभोक्तावादी संस्थाबाट जि.स.स.ले को तोकेको एकजना प्रतिनिधि र समितिका व्यवस्थापक सदस्य सचिव रहने प्रावधान रहेको छ । नया कार्यसमितिको कार्य अवधि भने तीन बर्षको रहने व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया