विपन्न बाल बालिका अध्ययन गर्ने विद्यालयमा वाल उद्यान

धरान÷समुदाय वाट सञ्चालनमा रहेको धरान १७ स्थित सुकुम्वासी वस्तिमा रहेको सम्यक शिक्षा आधारभुत विद्यालयमा बाल बालिकाहरुलाई लक्षित गरि निमाणर््ा गरिएको बाल उद्यान उद्घाटन गरिएको छ ।
धरान राउण्ड टेवल नामक समाजिक स्थाको सहयोगमा विद्यालय हाता भित्र निमार्ण गरिएको बाल उद्यान सोमबार उद्घाटन गरिएको हो । आर्थिक रुपमा विपन्न सगै दलित र सुकुम्वासीवाल वालिकाहरुलाई निशूल्क शिक्षा दिदै आएको विद्यालयको हाता भित्र निमार्ण भएको वाल संसार नाम दिइएको वाल उद्यानको उद्घाटन राउण्ड टेवलका केन्द्रीय कोषाध्यक्ष अश्विनी वंसलले गरेका थिए । विद्यालयमा अध्ययनरत बाल बालिकाहरुलाई अध्ययन अध्यापनका लागी राउण्ड टेवल धरानले सोमबारै विद्यालयलाई ८ वटा ह्वाइट बोर्ड समेत सहयोग गरेको विद्यालयका प्रधानाध्यापक सरोज श्रेष्ठले जानकारी दिए । आर्थिक अवस्था कमजोर भएको कारण विहान मजदुरी गरि दिनमा विद्यालय आउने वालबालिका हरुलाई स्कुल ब्याग , शैक्षिक सामाग्री समेत सहयोग गर्दै आएको राउण्ड टेवलले १ लाख ५० हजारको लगानीमा बाल उद्यान निर्माण
गरिदिएको राउण्ड टेवल धरानका अध्यक्ष चन्द्रकुमार अग्रवालले वताए । वाल उद्यान सगै विद्यालयमा फुलका विरुवा समेत रोपेको राउण्ड टेवलका काषाध्यक्ष आशिष अग्रवालले जानकारी दिए । कार्यक्रमा
विराटनगर राउण्ड टेवलका अध्यक्ष गोपाल तोदी लगाएको उपस्थिती
रहेको थियो ।

तपाईको प्रतिक्रिया