धरान÷ जिल्ला ट्राफिक प्रहरी कार्यालयका दुई जवानलाइ सर्वसाधारणसग रकमको बार्गेनिङ्ग गरेको आरोपमा प्रहरीले विभागीय कारबाहीलाई अगाडि बढाएको छ ।
जिल्ला ट्राफिक कार्यालय सुनसरी धरानमा कार्यरत दुई जवान रामनारायण मेहता र सविन दाहालले रकमको बार्गिनिङ्ग गरेको मोवाइलमा गफ गरेको अडियो रेकर्ड धरान १० का श्याम विसखेले इलाका प्रहरी कार्यालय धरानलाई बुझाएपछि उनीहरुविरुद्ध कारबाही अगाडि बढाएको हो ।
जेष्ठ ६ गते साझ धरान १० निवासी जीवन विसखेले को १ प १५५ न्म्बरको मोटरसाइकल मादक पदार्थ सेवन गरी भेडेटारबाट धरानतर्फ आउने क्रममा
धरान १३ वेसक्याम्पसमा चेकजाचमा खटिएका रामनारायण मेहता र मोटरसाइकल चालकबीच भनाभन र ठेलाठेल भएको थियो । सोही क्रममा टूाफिक प्रहरी जवान रामनारायण मेहतालाई विसंखेले ठेल्ने क्रममा लडेर सामान्य घाइते भएपछि विसंखेलाई इलाका प्रहरी कार्यालय
धरानको नियन्त्रणमा राखिएको थियो ।
अनाथ असहाय वृद्ध सभा धरान १८ शिवमार्गले सञ्चालन गरेको शववाहनका चालक समेत रहेका विसंखेलाई छुटाउनका लागि उनका भाई श्याम विसंखेले ट्राफिक प्रहरी जवान सविन दाहालको मोवाइल नं. ९८६२९७९८९१ मा गरेको टेलिफोन वार्ताका क्रममा ट्राफिक जवान सविन दाहालले ५० हजारको बार्गेनिङ्ग गर्दै गरेको अडियो रेकर्ड इलाका प्रहरी कार्यालय
धरानमा बुझाएपछि विसंखेको मुद्दा मिलाएवापत रकम बार्गेनिङ्ग भएको भन्दै उनीहरुलाई विभागीय कारबाहीका लागि अनुसन्धान अगाडि बढाएको हो ।
यस विषयमा प्रहरी क्यामेरामा केही बोल्न नचाहे पनि इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी रामेश्वर पौडेले ती ट्राफिक प्रहरी जवानद्वयको नियत रकम असुलेर मिलाउने अडियो रेकर्डबाट स्पष्ट भएकोले यसको अनुसन्धान र कारबाहीका लागि टूाफिक प्रहरी कार्यालयलाई बुझाइएको बताउनुभयो ।
यस विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी निरीक्षक होमनाथ दाहालले उनीहरुले फटाइ गरेकोले विभागीय कारबाही अगाडि बढाइएको बताउनुभयो । उहाले टेलिफोन वार्ताका समयमा समाचार सम्प्रेषण नगरिदिन आग्रह गर्दै क्यामेरामा भने बोल्न चाहनु भएन । उहाले टेलिफोन वार्तामा प्रकृति हेरेर विभागीय कारबाही अन्तर्गत सरुवादेखि लिएर निलम्बनसम्मको कारबाही हुने स्पष्ट पार्नुभयो । यता ट्राफिक प्रहरीमाथि हातपात गर्न खोज्ने जीवन विसंखेलाई भने सार्वजनिक मुद्दा अगाडि बढाइएको इलाका प्रहरी कार्यालय धरानमा डिएसपी पौडेलले जानकारी दिनुभयो ।

