प्रिमियर लिगमा खेलाउने भन्दै यसरी ल्याइन्छ अफ्रिकी किशोरहरुलाई नेपाल

अफ्रिकाको देश मालिका हजारौँ फुटबलप्रेमी किशोरजस्तै अबुबकर सिदिबेले कुनै दिन चेल्सी क्लबमा खेल्ने सपना देखेका थिए । त्यसैले जब एक फुटबल म्यानेजरले उनलाई युरोपेली क्लब लैजाने सिढीको रुपमा काम गर्ने भारतको एक क्लबसँग अनुबन्ध
गराइदिने आफर गरे पछि उनले सो अवसर गुमाउन चाहेनन् ।
१७ वर्षको कलिलो उमेरले उनलाई रोक्न सकेन । यसका लागि म्यानेजरलाई २७०० पाउण्ड(लगभग चार लाख नेपाली रुपैँया) तिर्न पनि उनी पछि हटेनन् । उनलाई आफ्नो फुटबल करिअर प्रारम्भ गर्नको लागि यति मूल्य चुकाउन कन्जुसाई गर्न हुदैन लाग्यो ।
हप्तौँपछि सिदिबे विदेशी भूमीमा फुटबल खेलिरहेका थिए । तर उनी आफूलाई बाचा गरिएको ठाँउमा भने थिएनन् । उनी त्यो ठाँउ पुग्नु अघि कहिल्यै नाम नसुनेको देश नेपालको धुलाम्य मैदानमा खुइलिएको बल खेलिरहेका थिए ।
यहाँ आउदा म्यानेजरले वाचा
गरेको जस्तो केही थिएन…हरेक पटक यसबारेमा कुरा गर्दा उसले सबै कुरा ठीक हुन्छ भन्थे । तर मलाई थाहा छ कि केही ठीक हुने छैन । म उसलाई घृणा गर्छु । उसले मलाई ठग्यो, सिडीबेले भने ।
फिफाको २०७ राष्ट्रहरुको
वरियतामा १६४ औँ स्थानमा रहेको नेपाल अन्तर्रा्ष्ट्रिय फुटबलमा केही गर्न चाहनेहरुको लागि चर्चामा रहेको गन्तव्य होइन । तर यो देशमा रहेको एउटा सहुलियतले अफ्रिकाका यी किशोरहरुलाई यहाँसम्म ल्याउन दलालहरुलाई सजिलो भयो । नेपालमा संसारको लगभग सबै देशका भ्रमणकर्तालाई अन अराइभल भिसाको नीति छ ।
केही समयदेखि पश्चिम अफ्रिकाका युवाहरुको एक सानो समूह निरन्तर यो देशमा आइरहेका छन् । उनीहरु अन्तर्रा्ष्ट्रिय फुटबलमा प्रवेश पाउन पहिलो कदम हुने आशामा यहाँ आउँछन् ।
उनीहरु फुटबलको सपना पूरा गर्न संसारको सुदुर कुना जान पनि नहिच्किचाउने दशौँ हजार अफ्रिकी खेलाडीहरुमध्ये एक समूहमा पर्छन् । यी मध्य अधिकांश सिदिवेजस्तै किशोर उमेरका छन् ।
सन् २०१७ मा माली, आइभरी कोष्ट, बुर्किना फासो, गिनी, बेनिन र टोगोका १०० भन्दा बढी नागरिकहरु यसै सपनाका साथ नेपाल प्रवेश गरे ।
केही आफ्नै खर्चमा आउँछन् तर लगभग ८०५ नेपाल र अफ्रिकामा रहेको एजेन्टहरुको भूमिगत सञ्जाललाई लाखौँ रुपैयाँ तिरेर आउँछन् ।
यहाँ आउनुअघि उनीहरुलाई नेपालको राष्ट्रिय फुटबल लिगमा खेलाउने वाचा गरिन्छ । उनीहरुलाई क्लब, अनुबन्ध सम्झौता र काम सम्झौताको अबसरसँगै आउँछ भनेर ल्याइन्छ । तर नेपाल ओर्लेपछि मात्र उनीहरु आफूलाई झुटो सपना बेचिएको थाहा पाउँछन् ।
नेपालमा लगभग तीन वर्षदेखि फुटबल पूर्णत अबरुद्धजस्तै छ । पहिलो पटक सन् २०१५ को भूकम्पले खेल अवरुद्ध गरेको थियो । त्यो भूकम्पले देशको राष्ट्रिय रङ्गशालालाई क्षति पु¥याएपछि पहिलो अबरुद्ध भएको थियो । त्यसपछि अखिल नेपाल फुटबल एसोसियशन(एन्फा)को फरक–फरक समूहबीचको विवाद र अव्यवस्थाले लिग खेल पटक पटक सारियो ।
“अफ्रिकीहरु नेपाल आइरहेको
बारेमा हामी पूर्णत जानकार छौँ । यदी नेपाली क्लबहरुले विदेशीहरुलाई आमन्त्रित गर्ने हो भने तिनले नियम पालना गर्नुपर्छ । तिनले अन्तर्रा्ष्ट्रिय स्थानान्तरणको प्रमाणपत्र जारी गर्नुपर्छ र प्रमाणित भिषाको व्यवस्थापन गर्नुपर्छ, एन्फाका महासचिब इन्द्रमान
तुलाधरले भने ।
तर नेपालमा रहेको अधिकांश अफ्रिकीहरुसँग न कुनै आमन्त्रण छ न कुनै क्लब छ ।
महिना बित्दै जाँदा सिदिबे फुटबल अभ्यासमा जान छाडे । बरु उनी आफ्ना दिनहरु काठमाण्डौँको दक्षिणी छेउमा रहेको उनको भाडाको चिसो कोठामा प्रिमियर लिगका खेलहरु आफ्नो मोबाइलमा हेरेर बिताउँछन् ।
सफा दिनमा उनी आफ्नो कोठाको झ्यालबाट हिउँले छोपिएका हिमालहरु देख्छन् । यहाँ आउनुभन्दा अघि मैले नेपालको नाम कहिल्यै सुनेको थिइनँ । यो देश पर्यटकहरुको लागि हो । यो ठाँउ कमाउन आउने ठाउँ होइन, ओछ्यानको रुपमा पनि प्रयोग
गरिरहेको फर्मको म्याटमा बसेर सिदिबेले भने ।
अनुबन्ध सम्झौता नरहेको र लिग खेल नियमित नभएको अवस्थामा
धेरै युवा अफ्रिकीहरु आफ्नो दैनिकी गुजारा चलाउनको लागि पनि असहज महसुस गर्छन् । उनीहरुले कमाएको थोरै पैसा खाना, भाडा र भिषा लम्बाउनमै खर्च हुन्छ । यहाँभन्दा
धेरै त मैले मालीमै कमाउथेँ , म यहाँबाट निस्केर अर्को देशमा खेल्न खोजिरहेको छु, सिदिबेले भने ।
तर त्यो पनि कठिन छ । लगभग सबै पश्चिम अफ्रिकी खेलाडीहरुले जस्तै सिदिबेले एकतर्फी हवाई टिकट किनेका थिए । गुजारा गर्नकै लागि पैसाको अभाव भइरहँदा घर फर्कने टिकट किन्न सक्ने पैसा हुने कुरा भएन । त्यसले आजकल उनी आफू फँसेको महसुस गर्छन् । मैले ऋण तिर्नुछ । म निक्कै हतोत्साहित छु । हामीलाई खान पनि प्रर्याप्त छैन । राती हामी ओछ्यानमा त पल्टछौं तर निदाउन सक्दैनाँं ।
सिदिबे अन्य पाँच जना पश्चिमी अफ्रिकी खेलाडीहरुसँग मिलेर कोठामा बसिरहेका छन् । कोठामा कुनै फर्निचर छैन । त्यसैले उनीहरु सिमेन्टको भूईमा बस्छन् । कान्डे सिदिबे अर्का मालीका नागरिक हुन् । उनले पनि उही
म्यानेजरलाई लाखौँ तिरेका थिए । उनले सबैको मानसिकता झल्कने हिसाबले भने, यहाँ आएकोमा मलाई साँचै पछुतो छ, पाँच महिनामा चार वा पाँच खेल मात्र खेलें । हामीहरुले यहाँ धेरै दुःख पाइरहेका छौं । यहाँ निक्कै कठिन
छ ।
यो समूह फुटबलको कुरा गर्दा मात्र सजिब हुने गर्छ । केही समयपछि कोठामा यो पटकको विश्वकप कसले जित्छ भन्ने विषयमा उत्साहप्रदक बहश शुरु भयो । अधिकांशले ब्राजिल वा जर्मनीले जित्ने बताए ।
हाम्रो सपना भनेको युरोपको ठूला टिमहरुमा खेल्ने हो, आइभरी कोष्टका डाई लेक्पाहिसाइराले भने, युरोपेली म्यानेजरहरु एशियामा प्रतिभा खोज्न आउँछन् । त्यसैले ‘एक्सपोजर’को लागि हामीहरु यहाँ आयौँ । यदी तिनले हाम्रो प्रतिभा देखे भने अरुलाई भन्ने छन् ।
नजरमा पर्न पर्खिरहँदा, उनीहरुको दिन ससना नकआउट टुर्नामेन्टमा भाग लिनको लागि यो देशको विभिन्न ठाँउ घुमेर बितिरहेको छ । उनीहरु यी खेलहरुमा प्रति म्याच नेरु २५०० पाउछन् । यो निक्कै थकाउने रुटिन
हो ।
“साँझ ६ बजे एउटा खेल सकाउ । नाइट बस समात । देशको अर्को ठाँउमा जाउ अनि पुनः अर्को दिन ३ बजे हुने खेलको तयारी गर र, यदी पहिलो
राउण्डमा हार्नु भयो भने तपाई
बाहिररिनुपर्नेछ त्यसैले तपाई पहिलो खेल जितोस् भनेर प्रार्थना गर्नुपर्नेछ, लियो म्बाल्लाले भने । उनी क्यामरुनबाट आएका खेलाडी हुन् । उनी पनि काठमाडौँको सानो कोठामा बस्छन् ।
म्बाल्ला प्लास्टर गरिएको भूईमा ब्लाङ्केट ओछ्याएर बस्छन् । कोठामा बेबारिसे रुपमा फुटबल बुटहरु फालिएका छन् । त्यस अतिरिक्त कोठामा एउटा राइस कुकर र एक कार्टुनको बक्सा छ । कार्टुनमा केही तरकारी छन् जसलाई भान्छाको रुपमा प्रयोग
गरिन्छ । एक ब्लाङ्केट र टावेलले पर्दाको काम गरेको छ ।
टुर्नामेन्टमा खेल्न नपाउनु उनीहरुको लागि निक्कै दुर्भाग्यपूर्ण अवस्था हुन्छ । खेलमा सहभागी हुनको लागि उनीहरुले नेपाली एजेन्टमार्फत् क्लबसम्म पुग्छन् । यसका लागि उनीहरुले आफ्नो कमाईको ठूलो हिस्सा खर्च
गर्नुपर्छ ।
टिममा ठाँउ बनाउनको लागि नेपाली एजेन्टले नेरु २७,००० भन्दा धेरै लिने गरेको म्बाल्लाले भने, यदी तपाईले यो रकम तिर्न तयार हुनु भएन खेल्ने सम्भावना नै
रहँदैन ।
यहाँ सबै जसरी पनि हामीहरुसँग पैसा लिने बाटो
खोजिरहेको जस्तो लाग्छ । कतिसम्म भने यहाँ फुटबल खेल्नै नजान्नेहरुलाई अफ्रिकाबाट फुटबल खेल्न ल्याइन्छ, तिनीहरुले यहाँ
रहेका फुटबल खेलाडीबारे सोच्दैनन् । उनीहरु आफ्नै खल्तीको बारेमा मात्र सोच्छन्, म्बल्लाले भने ।
फिलिप एटान्डाको पनि उस्तै कथा छ । आइभरी कोष्टका फिलिपले आफूले यहाँ आउनको लागि आफ्नो देशमा एक म्यानेजरलाई ठूलो
राशीबुझाएको बताए ।
उसले यहाँ एक लिग हुने बताएको थियो र मैले एउटा टिममा खेल्ने अबसर पाउने बताएको थियो ‘यसबाट मैले ठूलो रकम पाउने उसले बताएको थियो.तर त्यस्तो केही भएन,’ एटान्डाले
भने ।
यो सबै काम माफियाहरुले गर्ने जस्तै छ, संगठित मात्र छैन, बुरकिना फासोका जिब्रिल काबोरले भने । सबैजना अफ्रिका छोड्न चाहन्छन् । बाहिर आफ्नो सपना हासिल गर्न सहज हुने विश्वास
छ । यति धेरै अफ्रिकीहरुले दुःख पाइरहेको देख्दा निक्कै पिडा हुन्छ । नेपालमा बस्ने अफ्रिकि एजेन्टलाई यहाँको बारेमा सबै थाहाँ थियो । यस्तोमा उनीहरुले आफ्नै दाजुभाईहरुलाई कसरी यस्तो हालतमा ल्याइपुराउन सक्छन् ?
सबै देश छोड्न चाहन्छन् तर फर्किन चाहँदैनन् । “मेरो परिवारलाई मेरो अवस्थाबारेमा केही थाहा छैन, अबुबकर सिदिबेले भने । “हामीले ठूलो ऋण लिएका थियौँ र त्यसैले म रित्तो हात फर्कन सक्दिँन । रित्तो हात फर्कनुभन्दा बरु म मर्नेछु ।
एक महिनापछि सिदिबे आफ्नो निर्णयमा निहुरिए । उनले आफ्नो परिवारलाई सहयोगको लागि फोन गरे र परिवारको सहयोग पाएपछि नेपाल छाडे । तर उनीसँगै कोठामा बस्ने साथीहरुका अनुसार उनी आफ्नो देश माली फर्कनुको सट्टा भाग्य अजमाउनको लागि मोरक्को गए । अब त चेल्सीमा खेल्ने उनको सपना झनै टाढा भएको देखिन्छ ।

तपाईको प्रतिक्रिया