नेपाली कृषि सामाग्री भारत निकासीमा कठिनाई

धरान÷ नेपालमा उत्पादन भएका कृषि सामाग्रीको मुख्य बजार भारत नै
हो । यहाँ उत्पादन भएका कृषिजन्य सामाग्री भारतीय बजारमा खपत हुने गरेको छ । तर पछिल्लो समय भारतले नेपालको कृषि जन्य सामाग्री क्वारेन्टाइन जाच लगायतका विभिन्न बहानामा भारत सहज निर्यात हुन नसक्दा नेपालका कृषक तथा व्यापारी मारमा पर्न थालेका छन् ।
नेपालका कृषकहरुले उत्नपादन गरेका कृषि सामाग्रीको बजार नहुँदा कृषि पेशा धरानमा पर्नुका साथै नेपाली व्यापारीहरु विस्थापित हुनुपरेको भन्दै कृषि उपज बजार सञ्चालक समितिका पदाधिकारीहरुले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् । उनीहरुले धरानको कृषि उपज बजारमा बजारको अवलोकन गर्न आउनु भएका कृषि भूमि तथा सहकारी मन्त्रालयका सचिव डा. युवध्वज विसी, कृषि विभागका महानिर्देशक डिल्लीराम शर्मा, पूर्वाञ्चल क्षेत्रीय निर्देशक हस्तबहादुर विस्ट, एक नंं प्रदेशका कृषि सचिव हरिबहादुर केसीसमक्ष बजारमा भएका समस्याको विषयमा गुनासो पोखे ।
उनीहरुले कृषि जन्य सामाग्री भारत निर्यातका क्रममा नेपालका विभिन्न चेकपोष्ट र भारतका सीमा क्षेत्रमा व्यवसायीहरुले धेरै दुःख पाउने गरेकाले यसको समाधानमा गम्भीर बन्न नेपाल सरकासमक्ष माग समेत गरे ।
पूर्वी पहाडी जिल्लामा उत्पादन भएका कृषि जन्य सामाग्री, अदुवा, बेसार, अलैची, अम्लिसो, सुन्तला लगायतका कृषि जन्य सामाग्री यही बजार भएर भारत निकास हुने गरेका छन् । तर केही समयदेखि
भारतले क्वारेन्टाइन जेचजाँच लगायतका विभिन्न बहानामा भारत निर्यात गर्न आनाकानी गर्न थालेका कारण कृषकले उत्पादन गरेका सामाग्री कुहेर जानुका साथै व्यापारी समेत विस्थापित अवस्था आएको छ । पछिल्लो समय १५ दिन भन्दा अगाडिदेखि नेपाली अदुवा भारतका विभिन्न बजारमा नेपाली अदुवा भारत प्रवेश गर्न सकेको छैन । निर्यातका क्रममा विभिन्न बहानामा भारतले अदुवा निवासी हुन नसकेकै कारण व्यवसाय छाड्ने अवस्थामा पुगिसकेको अदुवा व्यापारी विनोद राई बताउनुहुन्छ ।
यस विषयमा कृषि सचिव डा. युवध्वज विसीले यी सम्पूर्ण समस्याको समाधानमा नेपाल सरकार गम्भीर भएर लाग्ने आश्वासन दिनुभयो । उहाले नेपाली उत्पादनको गुणस्तरलाई जोड दिन आवश्यक भएको भन्दै गुणस्तरीय सामाग्री पैठारीमा ध्यान दिन कृषि उपज बजार सञ्चालक समितिलाई आग्रह गर्नुभयो ।
धरान १३ मा रहेको कृषि उपज बजारमा मौसम अनुसार पूर्वी नेपालका सुनसरी, ताप्लेजृुङ, तेह्रथुम, संखुवासभा, धनकुटा , भोजपुर लगायतका जिल्लामा उत्पादन भएका अदुवा, बेसार, अम्लिसोको कुचो, बन्दकोपी, फूलकोपी, आलु, टमाटार, हरियो सागपात लगायतका कृषि समाग्री भित्रिने गरेको छ । भित्रिएका ८० प्रतिशत सामाग्री भारत निर्यात हुने र २० प्रतिशतमात्र नेपालमा खपत हुने गरेको छ । तर बेला बेलामा भारतले निकासीका क्रममा दिने गरेका दुःखका कारण कृषक तथा व्यापारी व्यवसाय नै छाड्ने मनिस्थितिमा समेत पुगिसकेका छन् । नेपाली कृषकले उत्पादन भएका यस्ता सामाग्री भारत नजादा बार्षिक करोडौको कारोबार हुने यो बजार पनि अहिले सुनसान प्रायः छ ।

तपाईको प्रतिक्रिया