धरान÷भर्खरै सुनसरीमा एकैसाथ सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उपे्रति र प्रहरी उपरीक्षक राजन अधिकारीले जिल्लाको शान्ति सुरक्षा र
तस्करी नियन्त्रणमा प्रतिबद्धता जनाएका छन् ।
गत शुक्रबार आफ्नै कार्यकक्षमा जिल्लाका सञ्चारकर्मीहरुसँगको
अन्तरक्रियामा उहाँहरुले त्यस्तो प्रतिबद्धता जनाउनु भएको हो । जिल्लामा कार्यरत विभिन्न सञ्चार माध्यममा आवद्ध सञ्चारकर्मीहरुले प्रहरीकै लाइनमा खुला सीमाबाट तस्करी मौलाएको, आपराधिक घट्नामा न्यूनिकरण हुन नसकेको, खुल्ला रुपमा लागू औषधको ओसार पसार, विक्री वितरण हुने गरेको, वेश्यावृत्ति मैलाएको, सञ्चारकर्मीलाई समयमै सूचना उपलब्ध नगराएको, नदीजन्य पदार्थमा प्रहरी प्रशासनकै आडमा चरम दोहन भएको, होटलहरुमा वेश्यावृत्ति मौलाएको प्रति प्रहरी प्रशासनले मौनता साँधेको बताएका थिए ।
सञ्चारकर्मीहरुले एक आद्य बाहेक प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीले आÏनो कार्यकाल पूरा गरेर फर्कदा नागरिकका तर्फबाट सम्मान पाएको स्मरण गराउँदै तपाईहरुले पनि कार्यकाल पूरा गरेर फर्कदा नागरिकको तर्फबाट सम्मानित भएर जान सक्ने अवस्थाको सिर्जना गर्न सुझाव दिएका थिए । सञ्चारकर्मीहरुको सुझाव पश्चात प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रतिले भन्नुभयो मेरो घर पनि यही मोरङ्गमा पर्छ । सकारात्मक र नागरिकमा एउटा छुट्टै प्रभाव छोड्न सकेमा सेवा निवृत्त पश्चातका समय मेरा लागि सहज हुनेछ । नदीजन्य दोहन, तस्करी नियन्त्रण, शान्ति सुरक्षाको सुदृढमा आफनो हर सम्भव प्रयास रहने र सम्पूर्ण सञ्चारकर्र्मीहरुलाई यस्ता कार्यमा सघाउन आग्रह गर्नुभयो ।
यसैगरी प्रहरी उपरीक्षक राजन अधिकारीले सूचना, अपराध नियन्त्रण, तस्कर नियन्त्रण, लागू पदार्थको ओसार पसार तथा विक्री वितरणमा सञ्चारकर्मीहरुलाई आस्वस्त पार्ने प्रयास गर्नुभएको थियो । अपराध तथा कुनैपनि घट्नाको सूचना प्रहरीले समयमै उपलब्ध नगराउने सञ्चारकर्मीको गुनासोप्रति अधिकारीले भन्नुभयो प्रहरीका पनि कतिपय बाध्यता र सीमा हुन्छन् । चाहँदाचाहँदै पनि सूचना उपलब्ध गराउन नसकिरहेको अवस्था हुन्छ । सूचना संकलनसँगै अनुसन्धान गोप्य रुपमा भइरहेको हुन्छ । भीड, छलफलसँगै असामान्य अवस्थामा प्रहरी खटिएको हुन्छ । हामी पनि सही सूचना प्रभावित होस् भन्ने चाहन्छौं । त्यसमा सञ्चारकर्मीहरुले बुझिदिन उहाँले आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो अपराध नियन्त्रणमा कसैसँग सम्झैता हुँदैन । अपराध गर्नेले नै अपराध गर्न भयिवित होस् भन्ने अवस्थाको सिर्जना गछौंं । हाल गृह मन्त्रालयले ८२ बुँदे निर्देशका र १० बुादे कार्य प्राथमिकता जारी गरेको छ । १० बुँदे कार्य प्राथमिकता मुलुकका सबै जिल्लाका प्रहरीको प्राथमितामा पर्छ । उहाँले भन्नुुभयो प्रहरीको आचार र व्यवहारमा पनि हामी सचेत छौं । पहिला हामी आफू सुध्रिनुपर्छ अनि मात्र ठीक ढंगले काम गर्न सक्छौं भन्दै अधिकारीले सञ्चारकर्मीको साथ र सहयोगको अपेक्षा गर्नुभयो ।

