सुनसरीका ६ वटा छोटी भन्सारबाट दैनिक लाखौका सामान तस्करी भएपनि राजस्व संकलन शून्य राष्ट्रिय अनुसन्धानका कर्मचारी साइकल, मोटरसाइकल, तीनपांग्रेमा ल्याएका सामानबाट पैसा असुल्ने गरेको गुनासो

इनरुवा÷राष्ट्रिय हित विपरीत हुने गरेका अति सम्बेदनशील गतिविधि, आन्तरिक तथा वाह्य गतिविधि, शान्ति सुरक्षामा खलल पु¥याउन सक्नेहरुको सूचना संकलन गरेर मातहतको निकायमा जानकारी गराउने जिम्मेवारी पाएको राष्ट्रिय अनुसन्धान विभाग सुनसरीमा कार्यरत केही कर्मचारीहरु कमाउ धन्दामा लागेको पाइएको छ ।
सुनसरी जिल्लामा ६ वटा छोटी भन्सारबाट दैनिक लाखौका सामान तस्करी भएपनि राजस्व संकलन शून्य रहनुको मूल्य कारण भन्सारका कर्मचारी, गस्तिमा रहेको प्रहरी र
राष्ट्रिय अनुसन्धान सुनसरीमा कार्यरत केही कर्मचारीहरु नै रहेको स्थानीयहरुको कथन छ ।
राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय सुनसरीमा कार्यरत सुचक (हवल्दार) रन्जित दाश, सहायक सुचक वीरेन्द्र उराउ लगायतका केही कर्मचारीहरु साइकल, मोटरसाइकल, तीनपांग्रे सवारी साधनमा ल्याइएको सामानहरुबाट रातको समयमा रकम संकलन गरेर दिनभरि सदरमुकाम इनरुवाको एक होटलमा सुत्ने गरेको प्रत्यक्षदर्शीले बताएका छन् । सुनसरी जिल्लामा लाही हरिपुर छोटी भन्सार, लोकही छोटी भन्सार, सिस्वा छोटी भन्सार, घुस्की छोटी भन्सार, साहेवगञ्ज छोटी भन्सार रहेका छन् । यी भन्सारमा एक जना नासु र एकजना सहायक कार्यरत
रहेका छन् । इनरुवा सुनसरीका स्थानीय सञ्चाकर्मी जयकृष्ण यादव भन्नुहुन्छ कतिपय छोटी भन्सारमा नासु समेत छैनन् । एकजना सहायकको भरमा चलिरहेको छ ।
राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय सुनसरीका एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा दिएको जानकारी अनुसार सुचक दाश र सहायक सुचक उराउ कार्यालय प्रमुख तथा उप अनुसन्धान निर्देशक नगेन्द्र दाहालका विश्वास पात्र हुन् । उनीहरु दिनभरि कहाँ जान्छन्, के गर्छन् केही सोधी खोजी हुँदैन तर अरु कर्मचारीहरुले सम्पर्कमा नबसे हप्काई खान्छन् । सञ्चारकर्मी यादव भन्नुहुन्छ खास गरेर छोटी भन्सार नाकाबाट चिनी, कपडा, कस्मेटिक्स, खाद्यान्न, निर्माण सामाग्री आउने गर्छ । केही दिन अगाडि लौकही छोटी भन्सारमा काम विशेषले पुग्दाको अवस्था चित्रण गर्दै यादवले भन्नुभयो ३०÷३५ रुपैया लिएर साइकलवालालाई छोड्ने गरेको, केहीलाई रसिद दिए पनि अधिकांशलाई रसिदै नदिएको देखियो ।
लौकही भन्सार हुँदै नियमित सामान ल्याएर स्थानीय बजारमा विक्री गर्दै आएका बुधवा साहले भने हामीसँग हरेक पटक ३०÷३५ रुपैया लिन्छन् । हवल्दार, सिपाही हौ भन्छन् पैसा नदिए सामान जफत गर्छन् र त्यही सामान पछि इनरुवा लगायतका बजारमा पु¥याएर बेच्छन् । उनका अनुसार लौकही भन्सारबाट मात्र दैनिक सैयौ साइकल, मोटर साइकल र तीन पांग्रेले सामान ओसारीरहेका हुन्छन् । तस्करसँग
रकम असुलीका सम्बन्धमा सुचक
रन्जित दशासँग बुझ्न बारम्बार ९८४५१७०८०७ मा सम्पर्क राख्दा सक्पर्क हुन सकेन । अर्का एक कर्मचारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने सीमा नाकाबाट तस्करी गरेर ल्याइएको रजनी गन्धा, कपडा , सूर्ति, चिनी, तेल, खाद्यान्न रातको समयमा बढी आउने गर्छ । त्यस्ता समान समातेर रकम असुल्छन्, तस्कर गर्नेले मेरो सामान फलानोले समातेर यति पैसा लियो भनेर उजुरी गर्ने ठाउँ हुँदैन । हाकिमको नजिक भएकैले दाश मातहतका अन्य कर्मचारीहरुमाथि
रवाफ जमाउने गर्छन, ती कर्मचारीले भने । राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय सुनसरीमा हाल १६ जना कार्यरत रहेका छन् । दाशलाई घरपायक ठाउँमा जा भन्दा पनि मान्दैनन् यही बस्छु भन्छन् उनले सुनाएर जबकि कार्यालयमा भएका तीन मोटर साइकल र एउटा कारमा कार्यालयबाटै स्लिप काटेर स्थानीय पेट्रोल पम्पमा मासिक चेक मार्फत भुक्तानी दिइन्छ । तेलमा समेत कार्यालय प्रमुखकै मिलेमतोमा अनियमिता हुने गरेको आशंका उनको थियो ।
यसै सम्बन्धमा राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय सुनसरीका उप अनुसन्धान निर्देशक नगेन्द्र दाहालसँग बुझ्न फोन सम्पर्क गर्दा पहिला उनी अन्कनाए । आफू नगेन्द्र दाहाल नै नएको फोन सम्र्कमा संकेत गरे पनि पछि उनले आफू नगेन्द दाहाल नै भएको बताए । कार्यालयका
कर्मचारीहरुबाट भएको तस्करीवालासँगको लेनदेनका सवालमा उनले भने हाम्रा कर्मचारीहरु इनरुवा छाडेर अन्यत्र जादै जाँदैनन् । छोटी भन्सार हुँदै आएका तस्करीका सामानहरु लेनदेनको फेहरिस्त सुनाएपछि मात्र दाहालले त्यस्तो भए अख्तियारले कारबाही गर्छ भनेर पन्छिन खोजे । विगत अढाइ बर्षदेखि सनुसरीमा बसेका दाहाल पछिल्लो समय अझ कमाउ हुने जिल्ला झापाका लागि सरुवा माग्दै गरेको कार्यालय स्रोतले जानकारी दिएको छ । यसैगरी राष्ट्रिय अनुसन्धान विभाग प्रदेश नं. १का प्रमुख एवम् अनुसन्धान निर्देशक हरिहर पौड्यालसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो पदीय
आचारण विपरीत कसैले गतिविधि गर्छ भने त्यस्तालाई कारबाही हुन्छ । यस सम्बन्धमा आफु पनि थप बुझ्ने र
कारबाही प्रक्रिया अगाडि बढाउने उहाँले बताउनुभयो । आÏना कर्मचारी दिनभरि, रातभरि कहाँ जान्छन् भन्ने कुरा कार्यालय प्रमुखलाई जानकारी हुनुपर्ने हैन ? यसम ा कार्यालय प्रमुख नरेन्द्र दाहालकै सेटिङ्ग दैखिदैन र भन्ने सवालमा उहाँले भन्नुभयो म बुझ्छु । उता राष्ट्रिय अनुसन्धान विभाग केन्द्रीय कार्यालयका मुख्य अुसन्धान निर्देशक दिलिप रेग्मीसँग बुझ्न बारम्बार फोन सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन ।

तपाईको प्रतिक्रिया