धरान÷सुन तस्करी आरोपमा हाल मुद्धा चलाइएका चुडामणि उप्रेति गोरेलाई यसै प्रकारको मुद्धा अघिल्लो बर्ष सरकारी वकिलको कायालयले प्रतिवादी बनाई उन्मुक्ति दिएको खुलेको छ ।
यसभन्दा अगाडि प्रहरीले गोरेलाई प्रतिवादी बनाएर सरकारी वकिलको कार्यालयमा बुझाए तापनि उनले त्यहीबाट उन्मुक्ति पाएको खुलेको छ । उनको गारे, सीताराम खरेल, चुडामणि उप्रति गरी तीनवटा नाम राखी व्यक्ति नै यकिन नभएको र नाम, थर, वतन खुली आएमा वा प्रक्राउ परेको अवस्थामा अदालतमा पेश गरिने भन्दै सरकारी वकिलले अदालतमा राय पेश गरेर उन्मुक्ति दिएको थियो । सरकारी वकिलको कार्यालयले प्रतिवादी नबनाएपछि उनले निर्वाध सुन तस्करीको अवसर पाएका थिए । त्यसमाथि वहालालवाला प्रहरी अधिकृतहरुले नै सुनको सुराकी दिने व्यक्तिका रुपमा प्रयोग गर्नु र केही प्रहरी अधिकृत उनर्लाई जोगाउन लागिपरेका थिए । अहिले पनि गोरे र तिनका मतियारलाई जोगाउन नेपाल बरिष्ठ र नामुद वकिलहरु ज्यान फालेर लागेका छन् ।
पछिल्लो पटक ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको थुनछेक बहसमा बरिष्ठ वकिलहरुले अभिययुक्तहरुको बचाउ गरेका छन् । अभियुक्तहरुका तर्फबाट प्रतिरक्षमा बहस गर्ने वकिलहरुले सुन तस्कर, सहयोगीहरुमाथि लगाइएको आरोप सत्य नभएको जिकिर गर्दै उनीहरुलाई साधारण तारेखमा राखेर मुद्दाको सुनुवाई हुनुपर्ने माग गरेका छन् जिल्ला अदालत मोरिङका न्यायाधीश
नारायणप्रसाद शर्माको इजलासमा उनीहरुले अभियुक्तको प्रतिरक्षामा बहस गरेका थिए । अभियुक्तहरुलाई जोगाउन काठमाण्डौबाट झण्डै ८० जना न्यायाधीशहरु विराटनगर आएका छन् । सरकारी वकिलले प्रमाण स्वरुप भिडियो देखाउन खोज्दा अभियुक्तका तर्फबाट बहस गर्ने वकिलले हुटिङ गर्दै रोकेका थिए । त्यसरी विरोध गर्ने वकिलहरुमा राजु बस्नेत, युद्धनाथ खनाल, पूर्व महान्यायीवक्ता रमण श्रेष्ठ शम्भु थापा लगायतका रहेका छन् ।
