मोदीको तेस्रो नेपाल भ्रमण कोशे ढुंगा सावित

उदयीमान शक्ति सम्पन्न राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको हालै सम्पन्न दुई दिने राजकीय भ्रमण केन्द्रीय स्तरमा मात्र नभएर जन स्तरबाटै दुई देशबीचको सम्बन्ध सुधार, नेपालको दीगो विकासमा कोशेढुंगा सावित भएको छ ।
नेपाल भ्रमणमा आउनु हुँदा आफूलाई प्रधान तीर्थ यात्री बताउनु भएका मोदीले आÏनो नेपाल भ्रमण ऐतिहासिक र नेपाली जनतासँग आत्मीयता बढाउन सफल भएको अभिव्यक्ति दिनु भएको थियो । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको न्यानो आतिथ्यपूर्ण निमन्त्रणमा मोदी तेस्रो पटक नेपाल आउनु भएको हो । यस भन्दा अगाडि वहाँ दुई पटक नेपाल भ्रमणमा आइसक्नु भएको थियो । पहिलो पटक राजकीय भ्रमण र दोस्रो पटक सार्क शिखर सम्मेलनमा भाग लिनका लागि ।
ऐतिहासिक धार्मिक स्थल जनकपुरबाट आÏनो तेस्रो नेपाल भ्रमणको यात्रा प्रारम्भ गर्नु भएका भारतीय प्रधानमन्त्री मोदीको यस पटकको भ्रमण सर्सर्ती हेर्दा धार्मिक, साँस्कृतिक देखिए पनि राजनीति र कुटनीतिक पृष्ठभूमिमा समेत सर्वाधिक महत्वको देखियो । नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीले जनकपुरस्थित राम जानकी मन्दिर, मुस्ताङ स्थित मुक्तिनाथ र हिन्दुहरुका अराध्येदेव पशुपति नाथ मन्दिरमा दर्शन एवम् विशेष पूजापाठ गर्नुभएको थियो । यस सँगै प्रधानमन्त्री मोदीले जनकपुर र काठमाण्डौमा नागरिक अभिनन्दन समेत ग्रहण गर्दै
राजनैतिक भेटघाटलाई समेत निरन्तता दिनु भएको थियो । समयको पावन्दीलाई मध्यनजर गरेर आÏनो अत्यन्तै व्यस्त समयलाई प्रधानमन्त्री मोदीले भरपुर सदुपयोग गर्नुभएको थियो ।
भ्रमण समापनका अवसरमा १६ बुँदे नेपाल भारत संयुक्त वक्तव्य समेत जारी भएको थियो । यसपछिको भ्रमणमा कुनै नयाँ द्विपक्षीय सम्झौत नभए पनि यस भन्दा अगाडि भएका समझदारीलाई तिब्र ढंगले कार्यान्वयनमा लैजाने प्रतिबद्धता भएको थियो । विगतका समझदारीहरुमध्ये कतिपय कार्यान्वयनमा गइसकेका छन्, कतिपय कायान्वयनको शुरुवाती अवस्थामा रहेका छन् भने कतिपय कार्यान्वयनमै जान सकेका छैनन् । यसको प्रमुख कारण नेपाल
सरकारको वेवास्ता, पहलमा कमी, शान्ति सुरक्षाको फितलो अवस्था नै हो । यद्यपि अब समझदारीलाई असोज सम्ममा अगाडि बढाइसक्ने र कतिपय नतिजा समेत देखिने गरी काम अगाडि बढाइने प्रतिबद्धता गरिएको छ । आÏनो दुई दिने नेपालको राजकीय भ्रमण समापनको अवसरमा भारतीय प्रधानमन्त्री मोदीले मेरो नेपाल भ्रमण ऐतिहासिक रहयो भनेर प्रसंसा गर्नुले नेपालको विकासमा अब सार्थक उपलब्धी हुने विशवास गरिएको छ । प्रधानमन्त्री मोदीले भन्नुभयो नेपाल भ्रमणले मलाई नेपाली जनतासँग आत्मीय हुने ठूलो अवसर प्रदान ग¥यो नेपालका प्रधानमन्त्री केपी ओलीसँगको छलफल अत्यन्त्यै फलदायी
रहयो । प्रधानमन्त्री मोदीले यी भनाईहरु आफ्नो ट्वीटमा उल्लेख गर्नुभएको छ । उहाँले आÏनो टवीटमा भन्नुभएको छ भारतले नेपालको हितमा सहयोग गर्ने, भ्रमणले भारत–नेपाल सम्बन्धमा नयाँ ऊर्जा थपिएको, म नेपाली जनता तथा नेपाल सरकारले देखाएको न्यानोपनका लागि आभार व्यक्त गर्दछु मोदीले आफ्नो ट्विटमा भन्नुभएको छ ।
नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री मोदीलाई हार्दिकतापूर्वक विदाई गर्नुभएको थियो । परराष्ट्रमन्त्री ज्ञवालीले मोदीको दुई दिने नेपाल भ्रमण सम्पूर्ण दृष्टिले सफल , ऐतिहासिकमात्र नभएर चीरकालसम्म सम्झन लायक भएको प्रतिक्रिया दिनुले पनि भमण दुवै देशका लागि फलदायी भएको छ । भ्रमण दुई देशबीचको सम्बन्धको महत्वपूर्ण मोड सावित भएको, भ्रमणले सम्बन्धलाई अझ गहिराइ र फराकिलो पार्न र सहयोगका ेनयाँ क्षेत्र फेला पर्न मद्दत गर्ने बताउनु भएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले रेल मार्ग, जलमार्ग, कृषिमा साझेदारी तथा विगतका सहमतिमा ठोस प्रगति हुने गरी आगामी असोज सम्मका काम अगाडि बढाइने सहमति हुनु आफैमा महत्वपूर्ण कुरा भएको बताउनु भएको थियो ।

तपाईको प्रतिक्रिया