साढे ३३ केजी सुन काण्ड ः अभियुक्तको बयान लिने काम जारी

विराटनगर ÷ साढे ३३ किलो सुन प्रकरणमा मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएकामध्ये आइतबार थप ६ अभियुक्तको बयान लिइएको छ ।
जसमा पाँच जनाको बयान लिने क्रम सकिएको छ भने एक जनाको बयान सकिएको छैन । मोरङ जिल्ला अदालतका स्रेस्तेदार नवराज दुलालका अनुसार नेपाल प्रहरीका सई बालकृष्ण सञ्जेलको बयान लिने क्रम जारी
रहेको छ ।
जिल्ला अदालत मोरङमा भुजुङ गुरुङ, राजेन्द्रकुमार शाक्य, महावीरप्रसाद गोयल अग्रवाल, लालबहादुर मगर र
वीरेन्द्रमान श्रेष्ठको बयान लिने काम सकिएको छ ।
अदातलमा आइतबार बयान लिइएका भुजुङ गुरुङ सुन कारोवारीको मुख्य लगानीकर्ता हुन् भने राजेन्द्रकुमार शाक्य सुन ब्यापारी हुन् । त्यसैगरी भारत दार्जिलिङका महावीरप्रसाद गोयल अग्रवाल भारतीय सुन व्यपारी हुन् । यता लालबहादुर मगर नेपाल एयरलाइन्सको कर्मचारी हुन् भने वीरेन्द्रमान श्रेष्ठ सुन व्यवसायी
हुन् ।
उनीहरुको जिल्ला न्यायधीश
नारायणप्रसाद शर्माको ६ नं इजलासमा बयान लिइएको थियो ।
गएको बुधबार ७ प्रहरी अधिकारी सहित ६३ जनाविरुद्ध संगठित अपराध, सुन तस्करी र कर्तव्य ज्यानमा मुद्दा दायर गरिएको थियो ।
प्रतिवादीमध्ये २९ जना पक्राउ परेका छन् भने मुख्य नाइके गोरे, एसएसपी श्याम खत्रीसहित ३४ जना फरार छन् ।
यसअघि सुन काण्डका अभियुक्तहरु अभियुक्त टेकराज मल्ल ठकुरी, मोेहन काफ्ले, लाक्पा शेर्पा, माधव भन्ने मदनप्रसाद घिमिरे, कृष्ण भन्ने नरेन्द्र कार्की, र राजनकुमारको बयान लिइसकिएको छ ।
अदालतमा सरकारका तर्फबाट उच्च अदालत विराटनगरका सहमहान्याधीवक्ता चिरञ्जीवी पराजुलीको नेतृत्वमा उपन्यायाधिवक्ता हिमालय त्रिताल तथा मोरङ जिल्ला न्यायाधीवक्ता पुण्यप्रसाद पाठक, सह जिल्ला न्यायाधीवक्ताद्वय पदमप्रसाद वस्ती र
रोहितकुमार पोखरेले अभियुक्तहरुसँग बयान लिइरहेका छन् ।

तपाईको प्रतिक्रिया