बीपीको शैक्षिक गुणस्तर खस्कदै

धरान÷ स्वास्थ्य सेवा, चिकित्सक उत्पादन गर्ने उद्देश्यले २० बर्ष अगाडि नेपाल र भारतको संयुक्त लगानीमा निर्माण भएको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक गुणस्तर खस्कदै गएको छ । वि.सं. २०५० सालमा स्थापना भएको यो दक्षिण एशियाकै उत्कृष्ट मानिएको यो शिक्षण अस्पताल प्रतिष्ठानका पदाधिकारीको आन्तरिक कलहका कारण पछिल्लो समय शैक्षिक गुणस्तर खस्कदै गएको हो ।
स्वास्थ्य सेवा मात्र हैन चिकित्सक उत्पादनमा मुलुकै केही हिस्सा ओगटेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समय त्यहा काम गर्ने कर्मचारीहरुको आन्दोलन, चिकित्सकको आन्दोलन लगायत प्रतिष्ठानमा वेला बेलामा हुने गरेका भ्रष्टाचारका कारण शैक्षिक व्यवस्थापन दुरुस्त हुन नसक्दा शैक्षिक गुणस्तर खस्कदै गएको हो । यस वर्षको एमबिबिएसको नतिजा प्रकाशित हुदा १ सय २० जना विद्यार्थी मध्ये ३७ जना विद्यार्थी फेल भएका छन् । प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा गुरु खनालले शैक्षिक गुणस्त खस्केको स्वीकार गर्दै आगामी दिनमा यसलाई सुधारेर लाने बताउनुभयो ।
प्रतिष्ठानद्धारा संचालित एम.बी.बी.एस. कार्यक्रमलाई नेपाल, श्रीलंका र भारतका मेडिकल काउन्सिलहरुद्धारा पूर्ण मान्यता प्रदान गरेको छ । अन्तराष्ट्रिय स्तरको अध्ययन तथा तालिम प्राप्त चिकित्सा शिक्षकहरुले अध्यापन गराउँदै आए पनि विद्यार्थीहरु फेल हुनुमा धेरै पक्षहरु रहेको प्रतिष्ठानका प्रवक्ता प्रा.डा. पशुपति चौधरी बताउनुहुन्छ ।
नेपालमा मात्र हैन सार्क मुलुकमै यहा उत्पादन भएका चिकित्सकहरुका मान्यता दिने गरिएको छ । तर पछिल्लो समयमा वीपी प्रतिष्ठान भित्रको आन्तरिक द्वन्द्वले शैक्षिक गुणस्तर घट्दै जानु सबैको लागि चिन्ताको विषय हो । यसतर्फ बीपी प्रतिष्ठान गम्भीर भएर लाग्नु जरुरी छ ।

तपाईको प्रतिक्रिया