जनप्रतिनिधीको फोटोमा बाढीपिडीतले लगाए जुत्ताको माला

विराटनगर ÷गत साउनमा आएको बाढीले घरबारविहीन बनाए पनि राहत प्याकेजमा वडाअध्यक्षले आफ्ना पार्टीका कार्यकर्ता र नजिकका मान्छेको नाममात्र सिफारिस गरेको भन्दै बाढीपिडितहरुले कार्र्यालयको पर्खालमा जनप्रतिनिधीहरुको फोटो टाँसी जुता चप्पालको माला लगाईदिएका छन् ।
केही दिनअघि पीडितहरुले वडा कार्यालयमा कालो झण्डा गाड्नुका साथै टायर बाली आगजनी गरेका थिए । टायर बालेर आगजनी गर्नथालेपछि पिडीत र स्थानिय प्रहरीविच झडप समेत भएको थियो । राहत प्याकेजमा नाम नआएको भन्दै विराटनगर महानगरपालिका–५ का बाढीपीडित आन्दोलित छन । सरकारले उपलब्ध गराएको राहत प्याकेजमा सबै पीडितको नाम समावेश नगरेको भन्दै वडा समितिको कार्यालयमा विगत केही दिनयता पिडीतहरुले कहिले तालाबन्दी त कहिले आगजनी गर्दै आएका छन । उनीहरु आईतबारदेखि अनसनमा समेत बसेका छन् ।
स्थानीयस्तरबाट नाम संकलन
गरेर लगेपनि वडाध्यक्षको मिलेमतोमा बाढीबाट क्षति नभएको व्यक्तिको नाम सिफारिस गरेको पिडित भगवती कामतले आरोप लगाईन् । वडाध्यक्ष मीनकुमार आचार्यले आफूले कसैको नाम नहटाएको बताएका छन् । उनले यसरी बारम्बार वडा कार्यलयमा आन्दोलन गर्दा सेवाग्राहीप्रति नोक्सान हुन गएको भन्दै प्रेस विज्ञप्ती जारी क्षमायाचना गरेका छन ।
विराटनगर महानगरपालिकाले बाढीबाट पूर्ण क्षति भएकाहरुको लागि १३ करोड ७९ लाख रुपैयाँ आएको जनाएको छ । यसअघि पनि विराटनगर महानगरपालिकाको सबै वडाका बाढीपीडितहरुले सरकारले उपलब्ध
गराउने राहत प्याकेजमा आफ्नो नाम छुटेको भन्दै आक्रोश पोखेका छन् ।

तपाईको प्रतिक्रिया