धरानस्थित गोरखा डिपार्टमेन्ट स्टोरको प“ँचौ शाखामा ग्राहकहरुको अत्याधिक भीड अत्याुधुनिक अमेरिकी प्रविधिबाट सञ्चालन हुने २२८ सिट क्षमताको डिजिटल हल एक हप्तामै सञ्चालनमा आउने

धरान÷विगत १९ बर्षदेखि स्वदेश तथा विदेशका ग्राहकहरुको विश्वास आर्जन गर्न सफल मात्र नभएर एउटा छुट्टै ब्राण्डको पहिचान समेत बनाएको राजधानी बाहिरको पहिलो डिपार्टमेन्ट स्टोर गोरखा डिपार्टमेन्ट स्टोरको धरानस्थित पाँचौ शाखा सञ्चालनमा आएको छोटो अवधिमै गाहकहरुको अत्याधिक भीड बढेको छ ।
गोरखा डिपार्टमेन्ट स्टोरको पाँचौ शाखा फागुन २५ गतेदेखि सञ्चालनमा आएको हो । भित्री सजावटका अधिकांश कामहरु सम्पन्न नहुँदै सञ्चालनमा आएको डिर्पामेन्ट स्टोरमा आज पनि सेभेन लेभेन टाइपको मिनी सो, सिनेमा हल, सेमिनार हल, अण्डरग्राउण्ड पार्किङ्गका कामहरु निरन्तर भरहेका छन् । पूर्ण रुपमा निर्माण नै नभई सचालनमा ल्याउनुको सम्बन्धमा स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्य भन्नुहुन्छ, पहिलो कुुरा त शुभ साइत नै हो , दोस्रो कुराचाहिँ धरानका मात्र नभएर धनकुटा, संखुवासभा, तेह्रथुम, भोजपुर, उदयपुर, ओखलढुंगासम्मका ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर सञ्चालनमा ल्याइएको हो, प्रबन्ध निर्देशक आचार्यले भन्नुभयो ।
अत्याधुनिक सुविधा सम्पन्न डिपार्टमेन्ट स्टोरको अभाव महसुस भइरहेको धरानमा गोरखाको पाँचौ शाखा सञ्चालनमा आएपछि यस क्षेत्रका ग्राहकहरुले खुशी व्यक्त गरेका छन् । दुई दशक अघिको आफ्नो प्रारम्भिक शुरुवाती सम्झदै स्टोरका प्रबन्ध निर्देशक आचार्य भन्नुहुन्छ १४ जना कर्मचारी र २०–२५ हजार आइटम लिएर साघुरा दुइवटा कोठाबाट शुरु भएको थियो । आज पाँचौ शाखा विस्तारमात्र भएको छैन ६ लाख भन्दा बढी आइटम र १२ सय प्लस कर्मचरीहरुले रोजगारी पनि पाएका छन् । यहाँ स्मरणीय कुरा के छ भने देशमा अन्यत्र सञ्चालन भएका डिपार्टमेन्ट स्टोरहरुले अरुका उत्पादनमात्र विक्री वितरण र प्रबन्ध गर्ने काम गरेका छन् भने गोरखाले अरुको उत्पादनलाई विक्री वितरण र प्रबन्ध गर्नेसँगै आफना उत्पादनहरुलाई समेत बजारमा ल्याएको छ। बेकरी उत्पादन, पानी उत्पादन, दूध तथा दूधजन्य पदार्थको उत्पादन, आर्गनिक साग सब्जीको उत्पादन लगायत गोरखाका आफना उत्पादन हुन् । उहाँ भन्नुहुन्छ आगामी केही बर्ष अब स्टोरका शाखा विस्तारलाई थाँति राखेर ग्राहक तथा उपभोक्ताको चाहनालाइ ध्यानमा राखेर उत्पादनतर्फ जोड दिन्छौं ।

रमाइलो वातावरणसँगै किचेनमा ग्राहक

अक्सर गरेर डिपार्टमेन्ट स्टोरहरुले मुलुकमा कही पनि किेचन सञ्चालनमा ल्याएको देखिदैन । तर गोरखा डिपार्टमेन्ट स्टोरले उपभोक्ताका लागि चाहिने सम्पूर्ण सामान खाद्यान्नदेखि लत्ता कपडा, इलेक्ट्रोनिक्स,
लक्जरीयससम्मका सामानहरुका अलावा अत्याधुनिक, स्वच्छ र सैयौ परिकार उपलब्ध हुने किचेन समेत आफ्ना सबै शाखाबाट प्रारम्भ देखि नै सञ्चालनमा ल्याएको छ ।
डिपार्टमेन्ट स्टोरको चौथो तलामा रहेको किचेन पूर्ण पारिवारिक मात्र नभएर दक्षिणको चारकोशे जंगल,
तरहरा, इटहरीसम्म र उत्तर पूर्व पहाडी दृश्यावोलकनसँगै पश्चिममा कोशी नदीको वहाव देख्न सकिन्छ । एक पटकमा पाँच सय भन्दा बढी ग्राहक बस्न सक्ने व्यवस्था गरिएको किचेन पूर्ण रुपमा नो स्मोकिङ्ग जोनको रुपमा रहेको छ । धुमपान गर्नेहरुका लागि छुट्टै जोेनको समेत व्यवस्था गरिएको र वारको पनि व्यवस्था गरिएको छ ।
विहान ९ बजेदेखि सञ्चालनम आउने किचनमा बेलुका वारको समेत व्यवस्था गरिए तापनि खुल्ला ठाउँमा पारखीहरु सेवन गर्न अप्ठेरो मान्ने गरेकाले हाल गोरखा डिपार्टमेन्ट स्टोरले किचनसँगै रहेको सेमिनार हललाई
वारको रुपमा प्रयोगमा ल्याउने तयारी गरेको छ । भिआइपीहरुका लागि समेत छुट्टै व्यवस्था गर्न लागेको प्रबन्ध निर्देशक आचार्यले बताउनुभयो । गोरखा डिपार्टमेन्ट स्टोरमा रु ५० मा खाना र ९० मा चिकेन खाना पाइने भएकोले परिवारसहित खाना खान जानेहरुको घुइँचो लाग्ने गरेको म्यानेजर श्रीप्रसाद गौतम बताउनुहुन्छ । थकाली खानासँगै चाइनिज, इन्डियन खाना समेत गोरखा किचेनमा उपलब्ध रहेको गौतमले जानकारी दिनुभयो ।

सिनेमा हल सञ्चालन हुँदै

गोरखा डिपार्टमेन्ट स्टोरको छैठौ तलामा अत्याधुनिक सुविधा सम्पन्न अमेरिकी प्रविधिको सिनेमा हल यही साताबाट शुरु हुने भएको छ । हलको सम्पूर्ण प्राविधिक तयारी पूरा भइसकेको सिनेमा हल सञ्चालक हेम थापाले जानकारी दिनुभयो ।
सञ्चालक थापा भन्नुहुन्छ, एसी जडानमा भएको केही ढिलाईले यस भन्दा अगाडि नै सञ्चालन गर्र्ने भनिएको सिनेमा हल सञ्चालनमा ल्याउन सकिएन । अब दर्शकहरुले युरोपियन स्तरको सुविधा सम्पन्न हलमा बसेर सिनेमा हेर्न धेर्रै दिन कुर्नु पर्दैन । एकै साथ दुईवटा सिनेमा हल सञ्चालनमा ल्याउने तयारी भए पनि दुई सय २८ सिट क्षमताको हल १ हप्ता भित्रमा सञ्चालनमा ल्याउँछौं र अर्कोचाहिँ एक महिनाभित्रमा सञ्चालनमा ल्याउने गरी तिब्र रुपमा काम भइरहेको पनि थापाले जानकारी दिनुभयो ।

सेभेन लेभेन टाइपको मिनी सो चाडै नै

गोरखा डिपार्टमेन्ट स्टोरको धरान ८ स्थित पाँचौ शाखाले सिनेमा हल, मिनि सो, सेमिनार हल र बैकटेस हल एकैसाथ सञ्चालनमा ल्याउने तयारी गरे तापनि प्राविधिक र दक्ष जनशक्तिको अभावमा केही ढिलाई हुन गएको स्टोरका प्रबन्धक निर्दैशक बलराम आचार्यले बताउनुभयो ।
मिनी सो सञ्चालनमा आएपछि धरानका ग्राहक तथा उपभोक्ताहरुले जापानिज ब्राण्डका सामान प्राप्त गर्नेछन् । मिनी सोको पूर्वाञ्चल डिलरसीप समेत लिइसकेको गोरखा डिपार्टमेन्ट बाहेक जापानिज बाण्डका त्यस्ता समान अन्यत्र पाइदैनन् । सेभेन लेभेन टाइपको मिनी सो ग्राहकहरुका लागि थप आकर्षक हुने प्रबन्ध निर्देशक आचार्यको विश्वास छ ।

तपाईको प्रतिक्रिया