धरान÷ उत्कृष्ट बन्दै महेश पौड्यालको ‘फुलेन गोदावारी’ लाई कवि विमल गुरुङ स्मृति पुस्तकालयले नगद ५१ ह्जारले पुरस्कृत गरेको
छ ।
स्व. कवि विमल गुरुङको २७ औ स्मृति दिवसको अवसर पारेर
धरान १८ पुस्ताकालय हाताभित्र सोमबार आयोजित कार्यक्रममा महेश पौड्यालको फुलेन गोदावरी कथांग्रहलाई पुरस्कृत गरिएको हो ।
पौड्याललाई कार्यक्रमका प्रमुख अथिति धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाले दोसल्ला ओढाई नगद ५१ ह्जारसहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो । सो अवसमा बोल्दै नगरप्रमुख सुब्बाले यो पुस्तकालय
धरानकोमात्र नभएर देशकै पुरानो र उत्कृष्ट पुस्तकालय भएकोले यस पुस्तकालयको संरक्षणका लागि धरान उपमहानगरपालिकाले विशेष ध्यान दिने बताउनुभयो । उहाले स्रष्टालाई पुरस्कृत गरेर यो पुस्तकालयले स्रष्टाको हौसला अझ बढाएको बताउनुभयो ।
कार्यक्रममा धरानमा साहित्यकार, विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । पुस्तकालयले श्रष्टाको सम्मान गर्ने उद्देश्यले ०७४ वैसाखदेखि चैत्र मसान्तभित्र देशभरका प्रकाशित कुनै पनि कृति पठाउन पुस्तकालयले आवहान गरेको थियो । सोही अनुरुप तीन सदस्यीय छनौट समितिले चार वटा पुस्तकलाई छनौट गरेको थियो र ती चार मध्येबाट पनि महेश पौड्यालको ‘फुलेन गोदावरी’ छनौट समितिले उत्कृष्ट घोषणा गरेपछि
पुरस्कृत गरिएको हो ।
पुस्तकालयले स्व. विमल गुरुङ्गको जन्मदिन कार्तिक १९ गते नेपाल
अधिराज्यका स्रष्टाहरुलाई एकै ठाउ जमघट गर्ने अवसर समेत जुराउदै आएको छ । यस दिन पुस्तकालयले प्रतियोगितात्मक राष्ट्रिय कविता महोत्सव गर्ने गरेको छ ।

