घण्टाघरबाट हेर्दा

खरानी बनाउने भए
नेप्लिज लाँग्रेसभित्र धुन्धुकारीको पगरी पाएका सभापति श्यालबहादुरले पार्टीलाई नै खरानी नै बनाउने भए । स्यालबहादुरको बोलीमात्र होइन तिन्ले गरेका काम पनि बुझिदैन । अब हेरौ न अस्तिका दिन स्यालबहादुरले तीन जना बेकामे लाउकेहरुलाई पदाधिकारीमा मनोनयन गर्दिए छन् । राजपाका
राजिन्दर महतोले जनकपुरबाट लगौटी खस्काएर सर्वाङ्ग नांगो बनाइद्या माने महेन्द्र नारायनको विरासतबाट देउवाको हनुमान भएका विमलेन्द्र निधिलाई उप सभापति बनाइदिएछन् । अर्का सुलसुले पूर्णबहाुर काजीलाई महामन्तरीको पगरी गुथाइएदिएछन् । अनि नुवाकोटतिरबाट निर्वाचनमा लघारिँदा धाइफल तोडेर बुढानिलकण्ठमा स्यालबहादुरको शरणमा पुगेका नाम मात्रका प्रकाश शरनलाई उपमहामन्त्री आच्या सह महामन्तिरी बनाइदिएछन् । पार्टीलाई आर्य घाटमा पु¥याएर नि चित्त नबुझाएका स्यालबहादुरले खरानी नै बनाउने
भए । स्याल बहादुरको यस्तै चाला हो भने गोडा पाँचेक बर्षमा काँग्रेस कार्यकर्ता मुक्त पार्टी बन्ने निश्चित छ । क्या वात यस्तो महान कार्य अरु कसैले गर्न सक्छ ? यसका लागि तीजना दरुवा मनोनयन गरेकोमा स्यालबहादुरलाई बधाई त दिनैपर्छ । कि कसो हौ ?
सिण्डिकेटको महामारी
मुलुकाँ यतिबेला सिण्डिकेटके खुबै चर्चा चल्या छ । यहाँ उहाँ मत पुछो कहाँ कहाँ भनेझै केन्द्र, प्रदेश, स्थानीय तह सम्मै सबैका थुचुनोमा सिण्डिकेटकै चर्चा छ । घरेलु मन्त्री रामबहादुर थापा मगरले व्यवसायीहरुले सिण्डिकेट चलाए भन्दै खारेज गर्दिने भने । व्यवसायीले पाउनै पर्छ भनेर आफना सवारी साधन नै बन्द गराइदिए । यायात बन्द भएसी घरेलु मन्तरीको अपानवायुनै बन्द भएछ । बन्द भएको अपानवायु खुलाउन देशैभरिका याताायत व्यवसायीहरुलाई अठ्याउन थुतुने आदेश दे’छन् । काम नभएर हरिलठ्ठक भई हिडेका प्रहरीले दह«ै काम फेला पारे । उनेरले व्यवसायीहरलाई जाहँ भेट्यो त्यही अँठ्याए । घरेलु मन्तरी मात्र नभएर सबै व्यवसयी सरकरसँगँ आगो भए । व्यवसायीहरल्े आफ्ना मान्छे नछाडे यातायात ठप्पै बनाउने चेतावनी द्या छन भने एकै दिनमा अपानवायु बद भएका घरेलु मतरीबीचमा जुहरीनै
चल्यो । कुहिनोले पहाड फोड्ने सपना नेख्न चेतावनी द्या थे । जे होस सिण्डिकेटको कथा यो हप्ता सर्वाधिक हिटमा रहयो ।
फलाइ· किक
गोल्डेन एसएसपी दिवेश लोहनीको Ïलाइङ्ग किक बडा गज्जबको रै’छ । पाँच बर्षमा ४२१ पटक सुन तस्करी गरेका लोहनीले अदालत परिषरमै गोल्डेन किक हान्दा दुईजना सञ्चारकर्मी अक्क न बक्क परे । त्यस्तो किक विचाराहरुले कहिल्यै देखेका थिएनन् । प्र्रहरी अधिकृतको
आवरणमा त्यसरी किक हान्ने अभ्यास लोहनीलाई भैसक्या रै’छ । सामान्य
चोरहरुलाई त कालो लुगाले थुतुनो छोपेर उभ्याने चलन छ । त्यत्रा गोल्डेन किक हान्नेलाई खुल्लमखुल्ला ल्याउनु सोह«ै आना गलत हो । थुतुनो छोपुवा लगाइद्या भए सञ्चारकर्मीले दलोहनीलाई चिन्दै चिन्दैनथे । नचिने सी फोटै खिच्दैनन् थे । फोटो खनिचेसी लोहनीको कन्पारो तान्दैनथ्यो कन्पारो नतात्दा Ïलाइङ्ग किक पनि हान्दैनथे । कि कसो हौ ?
आगो बाल्ने भए
पर्देश नं. १ लाई लिम्बुवान,
किराँत राज्ये नाम राख्नुपर्छ भनेर यत्तिका बर्षदेखि मेहनत गर्दै आएका लिम्बुवानवादी, किरातवादी पार्टीहरु यतिबेला रिसले भुतभुत भएका छन् । ेउनेरु रिसले भुतभुत हुुनुको एउटै कारन रै’छ त्यो भन्या पर्धानमन्तरी खप्रओको बोली । ठाउँ न ठहर बुढीको रहर भनेझैँ हाम्रा पर्धानमन्तरी खप्रओको पनि दायाँ बायाँ विचारै नगरी प्वाक्कै बोल्दिन्छन् । अस्तिका दिन झापा पुगेर पर्धानमन्तरी खप्रओले प्वाक्कै भन्दिएछन् प्रदेश नं. १ को राजधानको नाम राख्न किन ढिला ग¥या हँ ? सगरमाथा, कोशी प्रदेश भनेर नाम राख्दा भै हाल्छ । चाडै यही दुइ नाममध्ये एउटा राखेर गरिहल्नु भनेर खप्रओले निर्देशन दे’सी पर्देशका मुख्य मन्त्रीदेखि अरु मन्त्रीहरु चिन्तित भा’छन् । सगरमाथा वा कोशी भनेर नाम राख्यो भने लिम्बुवानवादी, राइवादीहरुले पुल्ठो झोस्ने डर नराखौ त निर्देशनको अवज्ञा हुने । क्या फसाद ?
सघन वार्ता
कहिले वान टु वान, कहिले सघन वार्ताको कुरा सुन्दा सुन्दा झालेमाले र माउवादी केन्द्र बीचको वार्ताले दुवै तर्फका कार्जेकर्ताको कान टट्यीसक्या छ । अहिले मिल्ला कि भनरे मिल्ला झै गछन् तर बाहिर आएर भाँडभैलो मच्चाएर
फलाक्छन् । माउवादीका प्रचण्डाउलाई ५० प्रतिशतको हैसियत चाहियो रे † जनताले ३० प्रतिशतको हैसियत द्या छन् । झालेमाले उसको हैसियत भन्दा अलिकति बढी दिने रे । हैसियत भन्दा ठूलो सपना देखेसी फुइøयाँ हुन्छ एकता ? लेनिन जयन्तिका दिन नै देखियो यिन्का एकताको शुभ संकेत । दुवै पक्षेका काजेकर्ता भाले जुधाईमा ओर्लिहाले । फेरि अस्थितका दिन माक्र्स जयन्तिका दिन प्रचण्डाउले प्याक्कै बोले दुवै पार्टी विघटन गरेर समान हैसियतमा भएका हुनुपर्छ भनेर फलाकेछन् । घण्टाघरलाई त भुत्लोभाङ्ग विश्वास छैन यिन्का बीचमा एकता हुन्छ भनेर । ए कता हुने भए माक्र्स जयन्ति फुइøया खान बोग्लाबेलै ठाममा मनाउथे ?
बोलचालै बन्द
काँग्रेस भित्रको गुटगत राजनीतिले काँग्रेस काँग्रेस भित्र नै बोलचाल बन्द भएको छ । यो गुटगत राजनीतिकले काँग्रेसलाई सिध्याउने भयो । अब हेरौ न नुवाकोे दुई दाजुभाइको यतिबेला बोली नै बन्द भा’छ रे । के नहोस त ? एउटा स्यालबहादुरका अनन्य भक्त प्रकाश शरण अर्का परे कोइराला परिवारका निकट रामशरन । यो पार्टी भन्ने पनि गजबै चिज हुँदो रै’छ । एकै घरका दइु भाई पनि फपुटाइदिन्छ । अब बाउ बाउको बोलीचाली बन्द भएसी’ छोराछोरीको हालत पनि त्यसतै होला । बुद्धिमा विर्को लागेकाहरु । हुन त स्वार्थकै लागि गुट उपगुट जन्मने त हो । दुवै आफू सिडी चढ्न एउटा एउटाको लगौटी समाएर हिड्या कस्लाई थाहा छैन । लाँग्रेसमा मात्र हैन अरु पार्टीमा नि गुट उपपुटले चर्चरी बनाको छ रे । होला पनि । राजनीति कसैले सन्यासी बन्न त ग¥या हैनन् क्या रे । जय होस् गुट उपगुटको ।
जादवलाई हाइसञ्चो
माउवादी केन्द्रबाट प्रचण्डाउको सिफरिसमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्तरी भै टोपल्या मातृका जावललाई क्या हाइसञ्चो भा’छ । थुतुनो मात्र फर्कराउने तर सिन्को नभाच्ने जादव कहिले उद्योगको अनुगमनमा आफ्ना आसेपासे सेसान्तर लिएर हिड्छन्, कहिले पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर हेर्न दौडन्छन् । विगतमा झन्का मन्तरीको उपाधि पाएका जादव अस्तिका दिन आफ्ना नन्दीभृंगीको ठूलै डफ्पा लिएर विराटनगर जुट मिल पुगेछन् । दुई महिना अघिसम्म सञ्चालन भएको मिल एकएक बन्द भएसी’ जादव बुझ्न आ’ रे । के फुइøयाँ बुझ्नु ? मेसिनहरु कवाडीको दाममा बेचेर सञ्चालकहरुले भागबण्डा गरेको जादवको नाममा कसैले के फुकिद्या थे उनी त तीन बित्ता उफ्रिए । भ्रष्टाचार गर्नेलाई छाड्दिन, कारबाही गरेरै छाड्छु । हो जावले कारबाही गर्लान जस्तो छ ? कालो बजारी अनुगमन गर्न कर्मचारीलाई एकाएक रोक लगाएर रकम अुली डन बनेको कस्लाई थाहा छैन र ? जो गरजता है वो रसता नही । कि कसो हौ ?
अन्तेमा
बुढानिलकण्ठे काजी माने स्यालबहादुरको अनुकम्पाले केन्द्रीय पदाधिकारी बन्या तीन जना हरिलठ्ठकहरु अस्तिका दिन रामचन्द्र बाजेको द्वारमा पुगेछन् । आफ्नो क्षेत्रबाट निर्वाचन समेत जित्न नसक्ने हरिलठ्ठकहरुलाई साँझ विहान स्वास्ती गरेकै भरमा काजीले उपसभापति, महामन्तरी र सह महामन्तरीको पगरी गुथाइ दिएसी बाजे र बाजे मार्काहरु आगो भएका छन् । अब जे हुनु भैगयो सबै मिलेर जाम भन्दै बाजेलाई फकाउन तीनै जना हरिलठ्ठकहरु पुग्दा बाजेको कानबाट पतपत धुँवा उड्या थ्यो । संगठनको नाममा सिन्को नभाच्ने तर स्वास्ती गरेकै भरमा पद पड्काउने देउवा क्याम्पका लाउकेहरुले चयन गरे वा †

तपाईको प्रतिक्रिया