धरान÷ धरानलाई साइकल सिटीको रुपमा विकास गर्न धरानमा प्रदेश नं. १ स्तरीय ‘प्रथम मेयर क्रस कन्ट्री च्याम्पियनसीपको आयोजना
हुदैछ ।
सुनसरी जिल्ला साइकिलिङ्ग संघको आयोजनामा वैसाख २९ गते आयोजना हुन लागेको प्रतियोगितामा प्रदेश नं. मा रहेका १४ जिल्लालाई समेटेर आयोजना गर्न लागिएको भनिए पनि सुनसरी, मोरङ्ग, झापा, इलाम, उदयपुर, संखुवासभा, धनकुटा र ताप्लेजुङ्गका गरी ७ जिल्लाका १ सय ५० खेलाडीले प्रतियोगिताा भाग लिदैछन् ।
साहसिक खेलको रुपमा परिचित धरानलार्ई साहसिक पर्यटकीय स्थल बनाउन धरान उपमहानगरपालिकाको बार्षिक क्यालेन्डरमा राखेर प्रत्येक बर्ष आयोजना गर्न लागिएको सुनसरी जिल्ला साइकलिङ्ग संघका अध्यक्ष श्याम तामाङ्गले बताउनुभयो ।
प्रदेश नं. १ मा रहेका साइकलिङ्ग संघहरुलाई एकै ठाउमा ल्याएर यसको प्रर्वद्र्धन गर्नकै लागि पहिलो पटक यो प्रतियोगिता आयोजना गर्न लागिएको प्रथम मेयर क्रस कन्ट्री च्याम्पियनसीपका प्रचार प्रसार संयोजक दिलिप रिनोहोङले बताउनुभयो
प्रतियोगितामा चार समूहका विभाजन गराएर खेलाइने भएको छ । जसमा १८ बर्ष पुगेका र ४० बर्ष ननाघका युवाको समूह, सोही समूहका महिला तथा ४० बर्ष माथिका पुरुष तथा महिलाहरु सहभागि हुनेछन् ।
प्रतियोगीले धरानको विजयपुरचौकदेखि पञ्चकन्या हुदै १४ किमीको दूरी पार गर्नुपर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा १८ देखि ४० मुनिका प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई ५ हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ भने भेट्रान महिला तथा पुरुषलाई भने प्रथम, द्वितीय र तृतीय हुने खेलाडलाई क्रमश ः ५ हजार, ३ हजार र २ हजार ५ रुपैया सहित मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ ।
करिब साढे ३ लाख बजेट छुट्याइएको बजेटमा यस खेलको प्रवद्र्धनका लागि धरान उपमहानगरपालिकाले १ लाख ८० हजार छुट्याएको छ । प्रत्येक बर्ष उपमहानगरपालिकाले बजेट बढाउदै लाने सहमति भएको पनि सुनसरी जिल्ला साइकलिङ संघले जनाएको छ ।

