साहको डिलरबाट छापा मारेपश्चात धरानमा ग्याँसको सहज आपूर्ति

धरान/लामो समयदेखि ग्याासमा कालो बजारी गर्दै आएको धरान ४ स्थित बाबा इन्टर प्राइजेजका सञ्चालक राजेन्द्र साहका विरुद्धमा उपभोक्ताले नै प्रशासनमा उजुरी गरेपश्चात प्रशासनले काला बजारी गरेको भन्र्दै रंगेहात पक्राउ गरी कारबाही अगाडि बढाएपछि धरानका अन्य ग्यास डिलरबाट उपभोक्ताहरुले सहज रुपमा ग्याास पाउन थालेका छन् ।
रिजालको ग्याासको डिलर सञ्चालन गर्दै आइरहेका धरानका व्यवसायी साहर्ले धरान १२ स्थित रहेको श्रेष्ठ चिप्स फ्याक्ट्रीका सञ्चालक अनिल श्रेष्ठलाई पटक पटक उद्योगले तोकेभन्दा बढी मूल्ये लिएर ग्याास विक्री गरेको पीडित श्रेष्ठले प्रशासनमा उजुरी गरेपछि छापा मारी
रंगेहात पक्राउ गरेपछि उनलाई छानबिनपश्चात काला बजारीमा
कारबाही अगाडि चलाउने कागज
गराइएको थियो । त्यसपछि हाल
धरानका अन्य ग्याास डिलरहरुले त्रसित हुदै उपभोक्ताहरुलाई ग्याास सहज रुपमा आपूर्ति गर्न थालेका छन् ।
बाबा इन्टर प्राइजेजका सञ्चालक राजेन्द्र साहले रिजाल ग्याासको डिलर
राखेर उपभोक्ताहरुलाई १ हजार ४ सय ५० पर्ने  एलपी ग्याास १ हजार ८ सय सम्म  बेच्ने गरेको पीडित श्रेष्ठले प्रशासनलाई उजुरी गरेका थिए । उजुरीपश्चात इलाका प्रशासन कार्यालय
धरान, इलाका प्रहरी कार्यालय धरानले संयुक्त रुपमा व्यापारी साहको डिलरमा छापा मार्दा काला बजारी गरेको पाइएको थियो ।
पीडित अनिल श्रेष्ठले विगतदेखि नै सञ्चालक साहबाट ग्यास खरिद
गरेर लाने गरेका थिए । दशै र तिहार जस्तो महान चाडमा चिप्सको माग समेत ह्वात्तै बढेपछि सञ्चालक साहकोमा ग्यास लिन जादा नभएको बताउदै आएको तर बढी रकम तिर्दा तुरुन्त पाइने बताएपछि उनले १ हजार ६ सयका दरले ग्यास लाने गरेको स्वम् पीडित श्रेष्ठले जानकारी दिए । उनले १ हजार ६ सय सम्म तिरेर ग्यास लादासम्म आफूले प्रशासनलाई उजुरी नदिएको बताउदै पछिल्लो समयमा ग्याास लिन जाादा १ हजार ८ सय भन्दा कम नहुने भनेर व्यापारी साहले बताएपछि बाध्य भएर उनले मौखिक रुपमा प्रशासनलाई  उजुरी गरेका थिए ।
अनुगमनका बेला साहले १ हजार ४ सय ५० मा ग्यास लाादा एक महिना पर्खिनुपर्ने र १ हजार ८ सय तिर्दा तुरुन्त ग्यास उपलब्ध गराइदिने भन्दै उपभोक्तासंग ठगी गर्ने गरेको पाइएको थियो ।
प्रशासनले गरेको अनुगमनका क्रममा साहको पसलमा अघिल्लो दिन १ सय २० वटा रिजालको ग्याास आएको र ५३ वटा विहानसम्म विक्री भइसकेको र ७२ वटा ग्याास अझै बााकी छादा पनि उपभोक्ताहरुलाई ग्याास छैन भनी आलटाल गर्दै बढी रकम दिनेलाई ग्यास विक्री गर्ने गरेको इलाका प्रशासन कार्यालय धरानका नासु मानबहादुर
बरालले समेत अनुगमनका क्रममा पाइएको बताउनुभएको थियो । पीडित श्रेष्ठले बढी रकम लिएर ग्याास लिन बाध्य भएको र विक्रेता साहले बढी रकम लिएर विक्री गरेको पाइए पछि रिजाल ग्याास उद्योगले साहलाई ग्याास दिन नै छाडको छ ।
अनुगमनकै क्रममा  इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक मुकुन्द रिजालले यस विषयमा व्यापक छानबिन हुने र कालो बजारी गरेको प्रमाण फेला
परेमा तुरुन्त कारबाही अगाडि बढाइने भने पनि कारबाही भने अहिलेसम्म गरिएको छैन ।
धरानमा कोशी ग्याास, मनोज ग्यास, प्रिमा, ग्यास, रिजालको ग्याासको डिलरहरुले उपभोक्ताहरुलाई ठग्ने गरेको यस घटनाबाट प्रष्ट भएपछि प्रशासनले सबै डिलरहरुमा कडाइका साथ छापा मार्ने बताएपछि हाल धरानमा सबै ग्याासका डिलरहरु उपभोक्ताहरुलाई सहज रुपमा ग्याासको आपूर्ति गर्न थालेका छन् । सञ्चालक साहको विषयमा सञ्चारमाध्यममा व्यापक समाचार आएपछि डिलरको सातो गएपछि अन्य डिलरहरुले समेत सहज रुपमा ग्याास उपलब्ध गराउने गरेको उपभोक्ताहरुको भनाई छ । यसभन्दा अगाडि डिलरमा ग्याास आयो भन्ने सुन्ने वित्तिकै विहानैदेखि एउटा सिलिण्ड। लिनका लागि दिनभरि लाइनबद्ध लागेर बस्नुपर्ने बाध्यता थियो । कतिपय उपभोक्ताले त दिनभरि लाइनमा बस्दा समेत ग्यास नपाई रित्तो हात घर फर्कनुपर्ने बाध्यता समेत रहेको थियो ।

तपाईको प्रतिक्रिया