धरान/ट्राफिकको काम कर्तव्य के हो ? आम सर्वसाधारणले सडकमा सवारी साधन व्यवस्थापन गर्नु नै ट्राफिककको काम हो भन्ने बुझेका हुन्छन् । तर ट्राफिकहरु सडकमा गुड्ने सवारी साधनको व्यवस्थापनभन्दा पनि पदीय दायित्व विपरीत विभिन्न वहानामा नियम कानुनलाई धोती लगाएर रकम संकलनमै केन्द्रित हुन थालेको पाइएको छ ।
गत शुक्रबार धरानको तीनकुनेस्थित ट्राफिक प्रहरीले को १ त २५४ नम्मरको ट्याक्टरलाई रोकी जबरजस्ती एक हजार रुपैयााको जरिवाना विल थमायो । चालकले सोधे के वापतको जरिवाना ? ओभरलोड वापत, जरिवानाको विल थमाउने ट्राफिकले भने । सात टन लोड गर्ने अनुमति पाएको ट्याक्टर र रसिद थमाउने ट्राफिकबीचमा निकैबेर गल्बन्दी भयो । इटहरीस्थित एक स–मिलबाट धरानस्थित डिपोमा चिरान काठ लिएर आएको उक्त ट्याक्टरमा ५ टन मात्र सामान थियो । चालकले ट्राफिकलाई तौल गर्न आग्रह गरे । तर उल्टै दुई घण्टा प्रहरी पोष्टमा लगेर ट्याक्टर र सामान थन्क्याएपछि बाध्य भएर एक हजार दिएको चालकले बताएका छन् । यो एउटा प्रतिनिधि घट्नामात्र हो । दिनमा कैयौ सवारी साधनले ट्राफिकको यस्तै नियति व्यहोर्नुपर्छ । तीनकुने भएर आउजाउ गर्ने सवारी साधनसाग ट्राफिक व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरीहरुले विभिन्न बहानामा रकम असुल्ने गरेको चालक तथा व्यवसायीहरुले बताएका छन् ।
यस सम्बन्धमा सुनसरीका प्रमुख जिल्ला अधिकारी रविराज पन्थसाग सम्पर्क राख्न खोज्दा उहाासाग सम्पर्क हुन सकेन । सहायक प्रमुख जिल्ला अधिकारी चन्डेश्वर पोख्रेलले भन्नुभयो धरानको तीनकुनेका सम्बन्धमा एक दुई दिन यता धेरै गुनासाहरु आएका छन् । खासगरी मालवाहक सवारी साधन, यात्रुवाहक बसहरुबाट अनाहकमा ट्राफिक प्रहरीले रकम असुलेका गुनासा धेरै छन् । यस सम्बन्धमा आफूले जिल्ला प्रहरी प्रमुखलाई जानकारी गराइसकेको प्रष्ट पार्दै उहााले भन्नुभयो गाडीको अवस्था र बाटोको अवस्था हेरेर सार्वजनिक रुपमै नोटिश जारी गर्न भनिसकेको छु । अनियमिता गर्ने जोसुकै होस् उसमाथि कारबाही हुन्छ प्रमुख पोख्रेलले भन्नुभयो ।
