किरात राज्यको माग गर्दै साकेला पर्व शुरु

धरान÷ किरात राईहरुको महान चाड साकेला पर्व उभौली वैशाखे पुर्णिमाको दिन अर्थात सोमबारदेखि शुरु भएको छ । १७ दिन सम्म
राईहरुले सांस्कृतिक पर्वको रुपमा मनाउने उभौलीमा प्रदेश नम्बर १ को नामाकरण किरात प्रदेशको माग गर्दै मनाउँदै छन् ।
प्रकृतिका पूजारी किराती समुदायले बैशाख पूर्णिमाका दिन अन्न वाली सप्रियोस, राम्रो वाली लागोस, पृथ्वीमा कही कतै खाधान्नको कमी नहोस भन्दै उभौली पर्व मनाउँछन् । यस वर्षको उभौली किरात राईहरुले पहिचान र सांस्कृतिक अभियानको रुपमा राजनीतिक मुद्धालाई अघि सार्दै किरात प्रदेशको माग गर्दै साकेला उभौली २०७५ मनाईएको किरात राई यायोख्खा सुनसरीकी अध्यक्ष कमला राईले बताउनुभयो ।
बैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको यो पर्व यायोख्खा जिल्ला कार्यसमिति सुनसरीको आयोजनामा लगातार १७ दिन सम्म मनाउने भएका छन् । परम्परागत भेषभुषामा सजिएका किराँती समुदायले गोलबन्द भएर पुरुष महिला सगैँ चण्डी नाच्ने गर्दछन् । वैशाख १७ गते देखि सुरु भइ जेठ ५ गते सम्म किरात राज्यको महत्व र ऐतिहासिकताको प्रचार गर्दै मनाउन शुरु गरिएको किरात राई यायोख्खाका केन्द्रीय अध्यक्ष तिलक
राईले बताउनुभयो ।
धरान १४ विजयपुरमा रहेको बुद्धिकर्ण राईको दरबार क्षेत्र विजयपुर गढीमा किरात जन्य संगठनहरुले सामुहिक रुपमा ढोल झ्याम्टा बजाउँदै पर्वको सुरुवात गरेका छन् । मसिरे पूूर्णिमामा उद्यौली र वैंसाखे पूर्णिमामा उभौलीका रुपमा मनाउदै आइरहेका छन् ।

तपाईको प्रतिक्रिया