मनाङलाई हराउ“दै थ्री स्टारले जित्यो वर्षको पहिलो उपाधि

मनाङ मर्स्याङ्दीलाई हराउँदै थ्री स्टार क्लबले वर्षको पहिलो उपाधि जितेको छ ।
थ्री स्टारले सोमबार मनाङलाई १–० गोलअन्तरले हराउँदै वर्षको पहिलो ठूलो प्रतियोगिता माइभ्याली गोल्डकप उपाधि उचालेको हो ।
निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि थपिएको समयमा सुनिल वलले गरेको निर्णायक गोलले थ्री स्टारले उपाधि जितेको हो ।
थ्रीस्टार माइभ्याली गोल्डकपको पहिलो संस्करणको उप–विजेता थियो ।
माइभ्याली फुटबल क्लबको आयोजनामा भएको प्रतियोगिताका विजेता थ्री स्टारले नगद ६ लाख ६६ हजार ६ सय ६७ र उपविजेता मनाङले ४ लाख रूपैयाँ पुरस्कार पाए ।
प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका १२ टिमको सहभागिता थियो । भारतको दुर्गापुर स्टिल क्लब, सिक्किम युनाईटेड, बंगलादेशको एएचएम कामारुजमान, त्रिभुवन आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरीको (एपीएफ) क्लब, संकटा, थ्रीस्टार, मनाङ–मर्यास्याङ्दी, झापा ११, कास्की ११ र आयोजक माइभ्याली फूटबल क्लबले प्रतिष्पर्धा गरेका थिए ।
२०७१ सालदेखि सुरु गरिएको माईभ्याली गोल्डकप पूर्वी पहाडमै सबैभन्दा बढी धनराशी पुरस्कारको प्रतियोगिता हो ।
विधागत तर्फका सबै पुरस्कार थ्री स्टारका खेलाडीले हात पारे । उनीहरुले समान जनही १५ हजार नगद पाए । प्रतियोगितामा उत्कृष्ट गोलकिपर थ्रि स्टारका एलन न्यौपाने , उत्कृष्ट डिफेन्डर थ्रि स्टथारकै पिटर सेगुन, उत्कृष्ट मिडफिल्डर थ्रिस्टारकै सुनिल वल, वेष्ट फरवार्ड थ्रिस्टारकै अजयी मार्टिन र उत्कृष्ट प्रशिक्षक थ्रि स्टारकै मेघराज केसी घोषित भएका थिए भने उदयीमान खेलाडीको उपाधि भने माइ भ्याली फुटबल क्लबका दर्शन गुरुङले पाएका थिए ।

तपाईको प्रतिक्रिया