घण्टाघरबाट हेर्दा

जिम्मेवारी नलिने रे
यसपटक नेप्लिज लाँग्रेसको वैठक वडा गज्जवले बस्यो । भनाभन,
पाखुरा सुर्कासुर्की, ठेलमठेल बैठकका रोगच पक्षे थिए । बैठक चलुन्ज्याल लाँग्रेसका मुखिया भकभके काजीलाई ज्यान गए पनि निन्द्रा परेन रे । बुढानिलकण्ठे मुखियाले काजीलाई निन्द्रा नपरोस भनेर अखण्डै उपाय अपनाए पनि काजी रातैभरि झल्याँस झल्याँस गरिरहन्थे रे । विचरालाई कम्ता भुर्न हत्ते छैन । सानेपामा
रामचन्द्रे बाजे, किस्ने सिटोला, गनगने थापा लगायतले दिनभरि तर्साएसी
रातमा फुइँøयाँ निन्द्रा लाग्छ त ? मुखिया पनि कम बेमान छैनन् पद भनेसी’ चप्रासीको नि अरुलाई दिँदैनन् । सबै पद आफैले खल्तीमा खाँदेर
राखेसी अरुले तर्साउने नै भए । काँग्रेसलाई आर्यघाटमा पु¥याएर पालेको जिम्मा पनि नदिने पद नि नछाड्ने भएसी’ बातै खलास भैगयो नि । काँग्रेस हारको जिम्मा लिनुस् भन मुखिया ज्यान गए पनि लिन तयार छैनन् । अरुचाहिँ काजीलाई हारको पगरी गुथाएरै छाड्ने मनस्थितिमा छन् रे । कि पद छोड्नुप¥यो कि जिम्मा लिनु प¥यो, कि कसो हौ ?
कब्जा गर्ने
प्रचण्डाउको सिफारिसमा माउवादी केन्द्रबाट कोटामा परेर मन्तरी भएका मातृका जादव कम्ता रसिक र उट्पट्याङ छैनन् । यस भन्दा अगाडि मन्तरी हुँदा ललितपुरका एलडिओ डन्डुलाई सौचालयमै लगेर थुन्देका थिए । त्यस्ता सुयोग्य काम त तिन्ले कति गरे कति । अब उनले अर्कै उट्पट्याङ्ग कार्जे गर्लान गर्लान जस्तो छ । सर्कारले निजीकरण गरेका तर नचलेका उद्योग सरकारले कब्जा गरेर चलाउँछ रे, जादले भन्या निजीकरण नै नभएका सरकारी उद्योग, दर्जन भन्दा बढी बन्द छन । जादवको नेत्र त्यतातिर चाहिँ परेन छ । जनकपुर चरोट कारखाना, हेटौडा कपडा उद्योग, बीरगञ्ज चिनी कारखाना लगायत चलाउँछौ भन्या भे’त तै पत्याउनु । भएका उद्योग चलाउन नसक्ने अनि बचेकाचाहिँ कब्जा गर्छम भन्दा अलि हजम होला जस्तो चाहिँ घण्टाघरलाई लागेन हुन त अहिले मन्तरीहरु सबै गफाडी त हुन । गफैले खाए वा †
हुदै हुदैन रे
पर्देशका मन्तरीहरु साह«ै बेकामे भए । गाउँको वडा सदस्ये जतिको पनि काम नहुँदा विचरा २४ घण्टे फुर्सदिला भएका छन् । फुर्सदिला भएकैले ज–जस्ले जहाँ बोलायो ट्याक्क ट्याक्क त्यही पग्छन् । अब पर्देश १ का मुख्येमन्त्रीलाई नै हेरौ न । मेलाको उद्घाटन गर्न पनि पुगेकै छन्, ट्वाइलेटको उद्घाटन गर्न पनि पुगेकै छन्, विहे भोजमा त झन हेलिकोप्टर चार्टर गरेर पुग्छन्, गुलेली प्रतियोगिता नि पुगेकै छन । प्रदेश न. १ लाइ म सम्बृद्धि बनाउँछु भनेर भाषन ठोक्यो अनि बजेट जति लखर लखर सिध्यायो । अस्तिका दिन चैनपुरतिर पुगेका मुख्येमन्त्रीले इटहरीमा राजधानी कुनैपनि हालतमा हुँदैन भनेर भाषन ठोकेछन् । इटहरीबासीहरुले इटहरीलाई राजधानी बनाउन मेहनत गरिरा’छन् । सम्पूर्ण पूर्वाधारसहितको माथ्लो निकायेलाई ज्ञापनपत्र नै बुझाएकाछन् । अबचाहिँ राजधानी बन्ने भयो भनेर फुरुक्क प¥या थे । मुख्यमन्त्रीले चैनपुरमा पुगेर खरानी बनाइदिए । कहाँँ बनाउने हो थपक्क बनाउनु नि किन बाह«सत्ताइस गफ जोतेर हिड्नु ?
सुनका घुनहरु
हैन हो यो घण्टाघरले दालमा, चामलममा घुन लागेको सुन्या थ्यो । तर यसपटक सुनमा घुन लागेको नि सुनियो । एयरपोर्टबाट गायव भएको सुनका घुनहरु यतिबेला धमाधम प्रक्राउ पर्न थालेसी आश्चर्य लाग्या छ । घुनहरु त बर्षैदेखि उपल्लो तहमै खुट्टा हल्लाएर बस्या रै’छन् । जन्ताको रक्षे गर्लान् भन्या त फुइøयाँ हुन्थ्यो ? तस्करहरुको रक्षे गरेर सात पुस्तालाई डकार आउन्ज्याल सम्म थुपार्ने काम पो गर्दा रा’न् । ३३ केजी सुनले यतिबेला नेपाल प्रहरीका ठूला ठूला फुल्लीवाला समर स्वाँठहरुलाइ घैचिन थाल्या छ । एक दुई जनाले यसो गति छोड्या होलान् भन्या त लहरो तान्द पहरो नै गर्जिन थाल्यो वा । फलानो त चोखो होला भन्यो त्यो पनि विटुलो, फलनोचाँिह ेहोला होला भन्यो त्यो पनि विटुलै । ३३ केजी भन्दा अगाडि कैरोडौ टन सुन घुनहरुले चपाईसक्या रै’छन् । धन्न यो पनि चपाउन आट्या थे धन्न भएनछन् । धन्न हो सुनका घुनहरु ?
गोरे लापत्ता
प्रहरीको सेटिङ्गबाहेक तस्करी हुनै सक्दैन भन्थे हो रै’छ । ३३ केजी सुनका कमाण्डर गोरे भनिने चुडामणि उप्रेति यतिबेला फरार भा’ छन रे । गोरे फरार भा’छन् भन्ने कुरामा घण्टाघरलाई भुत्लोभाङ्ग विश्वास छैन । कुनचाहिँ उच्च प्रहरीको घराँ ज्वाई जसरी बस्या होलान् अनि दुनियाँको दिमाग भुट्न गोरेर फरार भनेर हावा चलाइयो । गोरे भगाउने धन्दा पनि सेटिङ्गमै चल्या हुनुपर्छ । १९९ वटा देशमा गोरे समाउन रेड कर्नर नोटिस जारी ग¥या छन् रे । यो रेड कर्नर नोटिस पनि पुलिसले नै गर्ने त हुन नि । म कुटे जस्तो गर्छु त रुहे जस्तो गर्नु भन्या यही हो । नेपाल प्रहरीले विगतमा काले, खरे, अग्ले, होचे, जस्तालाई नि पानी मुनीबाट भए पनि खोजेर ल्याउँथ्यो । जाबो गोरेलाइ अठ्याउन चाहिँ नसक्नु गजब्बै कुरा हो । गोरेलाइ अठ्याँउदा थप कति अनुहारमा कालो पोतिने हो ।
माछो माछो भ्यागुतो
बाम ए कता माछो माछो भ्यागुतो होला जस्तो देखियो । प्रचण्डाउको माउवादी र खप्रओको झालेमालेबीचमा एक कता हुने हल चल्या नि ठ्याक्कै आधा बर्ष भएछ । आजै ए कता होला भोलि नै एक कता होला भनेझै गरे तर एक कताको जिलीगाँठो अहिलेसम्म फेला प¥या छैन । कहिले कम्निष्ट स्थापनाको दिन ए कता हुन्छ, कहिले मजदुर दिवसका दिन ए कता हुन्छ, कहिले के को दिन त कहिले के को दिन भनेर भनेर हल्ला ग¥याग¥यै छन् । एकता सन्देश दिन राख्या कार्जेक्रममा जाबो एउटा व्यनार नमिल्दा गाइजात्रा नै देखाए । अब फेरि २० गते झालेमाले र माउवादीका अध्येक्षे बसेर घनिभूत छलफ गर्ने रे । यिन्का एक कता छलफलमै सीमित होला जस्तो पो छ ।
दश करोडमा चलखेल
कस्लाई के को धन्दा कस्लाई के को धन्दा घर ज्वाइँलाई खानेकै धन्दा भन्थे हो रै’छ । हाम्रा बाबु बाजेले उखान तुक्काहरु त्यसै बनाका हैन
रै’छन । अब हेरौ न मुलुक संघीय
संरचनामा गइसक्या र संघीय सांसदहरु खल्ति भन्दा धनमा लाग्या छन् । काम छैन काज छैन खाने बेलामा लाज छैन भनेझै यिन्लाई आÏनो क्षेत्र विकासका लागि बार्षिक १० करोड चाहियो रे । पहिला पहिला ३करोड द्या थ्यो यिनले के काम गरे कुन्नि ? विकासको नाममा एक चपरी माटो कही हालेका हैनन् । जाँड पानीमै स्वाहा गरे थे । अब अहिले १० करोड चाहियो रे । हुन त जाड पानीको भाउ पनि खाइनसक्नु गरेर ह्वात्तै बढ्या छ । सांसद ज्यू भन्छन् अघिपछि लाग्छन्, लोकलाज छोप्न पनि ठूलो पल्टनै प¥यो । चाहियो पनि होला ? त्यत्राविधी खर्च गरेर सांसद बनेका विचाराहरुले १० करोड मागे त के विराए ? झट्ट सांसदहरुलाई १० करोडको व्यवस्था गर्नैपर्छ पर्धानमन्तरी ज्यू । नत्र विचाराहरुको इज्जतै नरहने भयो ।
अन्तेमा
यतिबेला मुलुकाँ सिण्डिकेटको खुबै चर्चा हुन थाल्या छ । सरकारले यायातको सिण्डिकेट मात्र देख्या छ । बत्तीमुनी अँध्यारो भन्या यही हो । सरकार आफै सिण्डिकेट प्रथामा चल्या छ । अनि अरुलाई सिण्डिकेट चलायो भन्नु त सरासर गलत भएन र ? तर सबै भन्दा बढी चर्चाचाहिँ यातयात सिण्डिकेटकै छ । यातायात व्यवस्था कार्जेलयले भकाभक सवारी साधन दर्ता गर्छ, रुट परिमिट दिन्छ अनि छोडिदिन्छ । दर्ता गरेसी समय तालिम दिनुपर्ने ? बस स्टेन्डमा आएर यातायातका कर्मचारीहरुल काम गर्नु पर्दैन ? धन्न व्यवसायीहरुले आफै सरकारले गने काम गर्दिया छन् । अहिल तिनीहरुमाथि नै सरकार खनिएको देख्दा घण्टाघर तीन छक्क प¥या छ । अरु क्षेत्र लथालिग बनाएझैँ यातायात क्षेत्र पनि अब लथालिग हुने भयो । अहिले दुवैको जुहरी चल्या छ, हेरौ कस्ले बाजी मार्छ ?

तपाईको प्रतिक्रिया