धरान÷खेलकुदको माध्यमबाट सामाजिक कार्यमा महत्वपूर्ण योगदान पु¥याउदै आएको धरान रनले गत बर्ष स्थापना भएको नेवा च्यारिटी एजुकेशन फण्डको निर्माण गरी गरिब तथा असहायका छोराछोरीलाई शिक्षामा सहयोग पु¥याउदै आएको छ ।
७ बर्ष अगाडि धरानका जुझारु युवाहरुद्वारा धरानका युवाहरुलाई कुलतबाट जोगाउदै खेलकुदको माध्यमबाट रचनात्मक कार्यमा अभिप्ररित गर्ने उद्देश्यले गठन गरेको धरान रन समूहले प्रत्येक बर्ष आयोजना गर्दै आएको ८ के रन प्रतियोगिताबाट उठेको
रकमबाट यहाका गरिब तथा सहायलाई सहयोगसंगै शिक्षा, स्वास्थ्यमा समेत लगानी गर्दै आइरहेको बेला गतबर्षदेखि भने एजुकेशन फन्ट बनाएरै गरिब तथा असहाय विद्यार्थीहरुलाई पढाईका अलावा स्टेशनरी सामाग्री, स्कुल पोसाक, झोला सहयोग गर्दै आएको हो ।
२ लाख ५० हजारबाट फन्ट शुरु गरेको धरान रन समूहले यस बर्ष ४ लाख रुपैया थप गरी ६ लाख ५० हजार पु¥याएको छ । गतबर्ष ४ जना गरिब तथा असहाय विद्यार्थीहरुलाई सहयोग गर्दै आएको समूहले यस बर्षको शैक्षिक सत्रमा थप १६ जनालाई सहयोग गरिएको नेवा च्यारिटी एजुकेशन फन्टका अध्यक्ष गोपाल राईले बताउनुभयो ।
उहाले आगामी दिनमा यसको फन्ट बढाएर १५ लाख पु¥याइने बताउनुभयो । यता विद्यार्थीका अभिभावहरुले समेत धरान रनले प्रदान गरेको सहयोगबाट आफूहरुलाई धेरै
राहत मिलेको बताएका छन् । धरान १७मा रहेको दिपेन्द्र प्रधान विद्यालयमा कक्षा ७ मा अध्ययनरत खुशी परियारकी आमा विमला परियारले धरान
रनले प्रदान गरेको सहयोगबाट आफूलाई ठूलो सहयोग पुगेको बताउनुभयो ।
विगतमा समेत अपांग, असहायको स्वास्थ्यमा सहयोग पु¥याउदै आएको यस संस्थाले आगामी दिनमा स्वास्थ्यमा समेत फन्ट निर्माण गरि सहयोग पु¥याउने घोषणा समेत गरेको छ ।
