बीपी र नेपाली का“ग्रेस

रोशन श्रेष्ठ ‘बेरी’

नेपालमा राणाविरोधी आन्दोलनका लागि बीपी कोइराला, मातृका कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला लगाय अन्य धेरै युवाको सक्रियतामा नेपाली काँग्रेस २००६ सालमा स्थापना भयो । लोकान्त्रिक व्यवस्था स्थापना नभएसम्म कुनैपनि मुलुक विकास र प्रगतिको मार्गमा द्रुत गतिमा अगाडि बढ्न सक्दैन भने मान्यता अनुरुप नेपाली जनताको मुक्तिका लागि भएको पहिलो क्रान्ति बीपी कोइरालाको नेतृत्वमा काँगेसले सञ्चालन गरेको थियो । त्यसपछि पनि चाहे पञ्चायत विरुद्ध होस वा शाही शासन, पजातन्त्र प्राप्तिको हरेक आन्दोलनमा काँग्रेस शीक्र्ष नेताहरुके अग्रणी र उल्लेख्य भूमिका रहयो, जसको कारण लेकतन्त्र संस्थागत भयो ।
विश्वका महान नोहरुसँग तुलना गर्न योग्य नेपालका एकमात्र नेता बीपी कोइराला नै हुनुहुन्थ्यो । वहुआयामिक व्यक्तित्वका धनी बीपीले प्रतिपादन गरेका विचर, मान्यता, नीति, दृष्टिकोण र सिद्धान्तकै भरमा नेपाली काँग्रेस चलेको छ । उहाँले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवाद होस् वा राजनीतिक संस्करका कुरा अझै सान्दर्भिक छन् । काँगेसले विरोधीहरुको प्रतिवाद गर्न होस् वा जनमानसलाई आकर्षित गर्न बीपीकै नाम जप्ने गर्छन् । विडम्बना आज देश बीपीले कल्पना गरेको विचार र सिद्धान्तको बाटोमा छैन । स्वयमे बपिीसमेतले स्थपना गरेको र लामो समयसम्म नेतृत्व गरेको ऐतिहासिक गौरवशाली प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेस आफै उहाँको विचार र सिद्धान्तको मार्गमा छैन । त्यसैले आफय्नो संस्थापक नेताको राजनीतिक सोच, विचरा र सिद्धान्तलाई परित्याग गर्दा आज नेपाली काँग्रेस पार्टी इतिहासकै ससबैभन्दा कठीन मोडमा उभिन बाध्य छ ।
काँग्रेसमा संगठन निर्माण, प्रशिक्षण, सदस्यता वितरण र कार्यकर्ता संरक्षण जस कुरा नाममात्रको हुने गरेको छ । नेता–कार्यकर्ता अध्ययन अनुसन्धान नगर्ने, पैसा, चाकडी र मुड्कीको भरमा राजनीति गर्ने र पद हत्याउने प्रवृत्ति छ भन्ने आराप पनि लाग्ने गरेको छ । पार्टी कार्यकर्तालाई गुट–उपगुटमा विभाजन गर्ने र भागबण्डाको राजनीतिले पार्टीलाई कमजोर बनाएको कुरामा दुई मत छैन । २०४६ को जनआन्दोलनपछि अधिकांश समय सरकारमा रहेको काँग्रेसले के–के
राम्रा काम ग¥यो ? काँग्रेस अबको दस–पन्द्र बर्षमा नेपाललाई कस्तो बनाउन चाहन्छ ? काँग्रेस अन्य राजनीतिक पार्टीभन्दा के–के कुरामा फरक छ ? आम नागरिकले काँग्रेसलाई भोट किन दिने ? काँग्रेस किन बन्ने ? काँग्रेसको परराष्ट्र, आर्थिक, जलस्रोत, पर्यन नीति कस्ता छन् ? युवा, महिला, बृद्धबृद्धा नीति के हो ? संघीयता, धर्मनिरपेक्षता जस्ता विषयमा आधिकारिक धारणा के हो ? काँग्रेसको सबैजसो सभा, सम्मेलन, प्रशिक्षणमा शीर्ष नेताहरु बीपी, गणेशमानसिंह, किशुन जी, गिरिजाबाबुको फोटो राख्ने र उहाँहरुको नाम लिने गरिन्छ । उहाँहरु इतिहा हो, त्यो इतिहासलाई बिर्सेर काँग्रेसको भविष्य बन्दैन । २०४६ सालको परिवर्तनपछि नेपाली काँग्रे दुई पटक स्पष्ट वहुमतका साथ र अरु धैरैपटक सबैभन्दा ठूलो पार्टी बनेको छ । राजनीतिक परिवर्तनमा अग्रणी भूमिका खेल्न सफल नेपाली काँग्रेस सधैँ जनताको मनमा रहन सक्यो । जनताकै अभिमतले काँग्रेस पटक–पटक सत्तामा पनि पुग्यो । स्थानीय निर्वाचन र प्रादेशिक चुनावमा प्राविधिक रुपमा काँग्रेस दोस्रो भयो । निर्वाचनमा काँग्रेसले समयमै उमेद्वार चयन गर्न नसक्नु, राम्रालाई भन्दा पनि हाम्रँ र जनाधार नभएकाहरुलाई टिकट दिनु प्रमुख कमजोरी थियो भन्ने आरोप बारम्बार लाग्ने गरेको छ ।
काँग्रेसमा अन्र्र्तघात पुरानो रोग
हो । ठूलो पार्टी, आकांक्षी धेरै हुनु स्वभावै हो । तर यसको उचित व्यवस्थापन गर्न नसक्दा काँग्रेसले निर्वाचनमा ठूलो मूल्य चुकाउने गरेको छ । काँग्रेसले नेपाली समाजको आमूल परिवर्तनका लागि बोकेको मूल उद्देश्य र लक्ष्य प्राप्तिको मार्गमा अवरोध खडा गर्ने कुनै पनि शक्तिसँग घुँडा टेकेको छैन । बीपी कोइरालाले भन्नुभएको, ‘हामीले आफ्नो सिद्धान्तलाई त्यागेर कसैसँग कुनै हालतमा सम्झौता गर्नु हुँदैन । तर हामँे विरोध कटुताहीन र सैद्धान्तिक हुनुपर्छ, व्यतिmगत हुनुहुँदैन ।’ काँग्रेसमात्र यस्तो पार्टी हो, जसले नेपालको लाकतान्त्रिक आन्दोलनको नेतृृत्व ७० बर्ष भन्दा बढी गरिसक्यो । धेरै पटक सरकारमा गयो र विकास निर्माणको क्षेत्रमा पनि धेरै काम ग¥यो । काँगेसले के–के राम्रो काम ग¥यो ? काँग्रेस नेतृत्वमा नहुँदा देशले कस्तो क्षति व्यहोर्नु प¥यो ? यी र अन्य धेरै प्रश्नको उत्तर काँग्रेसले दिन जरुरी छ । नेपाली जनाले लोकतन्त्रका लागि यति धेरै लामो संघर्ष गर्दा पनि अपेक्षाकृत राजनीतिक स्थायित्व र विकास हुन सकेको छैन । त्यसैले काँग्रेसले राजनीतिक स्थायित्व र विकासमा दत्तचित्त भएर लाग्नुपर्ने भएको छ । लोकतन्त्रलार्य संस्थागत गर्नुका सथै जनहितका कार्य गर्द नेता–कार्यकर्तालाई प्रशिक्षित गर्ने कामम ध्यान दिनुपर्छ ।
त्र

तपाईको प्रतिक्रिया