धनकुटाको राजारानीमा सांस्कृतिक मेला आयोजना गरिने

धरान÷ धनकुटाको राजारानीलाई प्रदेश नं. १ कै पर्यटकीय गन्तव्य स्थलको रुपमा चिनाउन राजारानीका युवाहरुले पहिलो पटक राजारानी चण्डि पूर्णिमा मेलाको आयोजना गर्दैछन् ।
धरानदेखि ३४ किमी उत्तरको दूरीमा पर्ने राजारानी प्रकृति र त्यहाको सांस्कृतिक महत्वले धेरै धनी भएपनि प्रचारप्रसारको अभावमा आझेलमा परेपछि त्यसको प्रचारका लागि राष्टिूय कलाकारको सांगेतिक साझसंगैे सांस्कृतिक महत्व बोकेका सांस्कृतिक कार्यक्रमको आयोजना गरेर महोत्सवलाई भव्य बनाउन लागिएको हो ।
वैसाख १७ गते उद्घाटन हुने मेला ५ दिनसम्म चल्ने छ । मेलामा त्यहाको सांस्कृतिक महत्व झल्कने सांस्कृतिक कार्यक्रमसहित विभिन्न राष्टिूय कलाकारहरुको बेजोड प्रस्तुति रहने राजारानी चण्डी पूर्णिमा मेला २०७५ का संयोजक विजु राईले बताउनुभयो । यहाको सांस्कृतिक पहिचानलाई जोगाउनकै लागि भएपनि फरक ढंगले कार्यक्रम आयोजना गर्न लागेको उहाले जानकारी दिनुभयो ।
चौविसे गाउँ गाउपालिकामा पर्ने यो स्थानमा रहेको पर्यटकीय गन्तव्य स्थलको प्रचारप्रसारका लागि भएपनि विगतको भन्दा फरक ढंगबाट कार्यक्रम आयोजना गर्न लागिएको राजारानी निवासी तथा मिस नेशनल आइकनकी सेकेन्ड रनरअप मेरिना तुम्साले बताउनुभयो ।
२१ गतेसम्म चल्ने सो मेलामा राजारानी वरपर बसोबास रहेका जाति समुदायको सांस्कृतिक कार्यक्रमसहित चर्चित हास्यकलाकार विल्सन विक्रम
राई (तक्मे बुढा)को प्रस्तुतिसंगै जनगायक किशोर थुलुङ, पूर्वाञ्चल सिंगिङ्ग स्टार विजेता अमित थापा लगायतका कलाकारहरुको प्रस्तुति रहने छ भने प्रदेश नंं १ स्तरीय फुटबल प्रतियोगिताको समेत आयोजना गरिने भएको छ ।
१२ महिना चीसो हुने यस स्थानमा ताल, नागबेली पार्क, काली झर्ना, सामलालुङधुम डाडा, नजिकै रहेको जेफाले होम स्टे, दक्षिण एसियामै सबैभन्दा ठूला वरको रुख, सूर्योदयको दृश्य नियाल्न सैयौ पर्यटक आउने ठाउ डाडाबजारमा रहेको ध्वजे डाडा आकर्षक पर्यटकीय स्थलको रुपमा परिचित छ । यसैको प्रवद्र्धनका लागि पनि मेलाको आयोजना गर्न लागिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया