बाम ए कता
हिजो आज झालेमाले वामले माउवादी वामलाई भेट्दा ए कता र माउवादी वामले झालेमाले वामलाई देख्दा ए कता भन्न थाल्या छन् । बाम एकताको कुरा भ्यागुताको धार्मी उस्तै उस्तै हुन थाल्या छन । हात्ती र हात्तीछाप चप्पल किन बलियो भन्दा उस्तै उसै हो नानु भनेझैँ । झालेमालmेको बुई चढेर चुनाउमा गा’को माउवादीका सुप्रिमो प्रचण्डाउ ठूलो भाग खोज्न थाल्या छन् । हुन त लगौटीको जुम्रो टाउकामा पुग्यो भने बढी रगरगाउँछ रे । लगौटीकै हैसियतमा पुग्न लाग्या मावादीलाई यत्तिको हैसियतमा झालेमालेले पु¥याइदियो । अब अहिले ुसुप्रिमो प्रचण्डाउलाई Ïयाक्कै आधा बण्डा चाहियो रे । कुन त सुप्रिममोल ाई आफ्नैले टाउको खइसक्या छन् । त्यसैले कहिले उनी फरेस हुन सुर्केत पुग्छन त कहिले हात्तिबनको कटेरामा पुगेर लम्पसार पर्छन । आधाा आधा नभएर नमिल्ने र सुप्रिमोले भन्या । हुन त नेपालका वामहरु कहिलेचाहिँ मिल्या छन् र ? एकले अर्कालाई देख्या भने कुकुर विरालाजस्तो ङयार्र–ङुरर्र गर्न थालिहाल्छन् । दुवै बीचमा देउती कट लागेर एकता भैहाले नि चाँडै डिभोस हुनेचाहिँ पक्का छ ।
सिण्डिकेट खारेज
यतिबेला मुलुकैभरि सिण्डिकेट र घरेलु मन्तरीको चर्चा छ । किन नहोस त ? घभरेलु मन्तरीले देशाँ भएका यातयात व्यवसायीहरुका सिण्डिकेटमा ग्रिने हान्देका छन भने सिण्डिकेटेहरु हाहाकार गर्दै सम्पूर्ण सवारी साधन ठप्प पर्ने दौडधूपमा लाग्या छन । उनरले २१ गतेदेखि सवारी साधन नलाउने निन ग¥या छन् । घरेलु मन्तरी पनि कम्ता जिताहा छैनन् । उन्ले सवारी धनीबाट चाबी खोसेर सेना र पुलिसलाई चलाउन दिने भनेर फुइँ हाँक्या छन् । अब हेरम घुरेलु मन्तरी थापा जस्ता कैौलाई व्यवसायीहरुले झुकाइ द्या छन् अर्काको सम्पकिो चाबी त्यसै खोस्न पनि त पाइदैन क्यारे । हुन त दश बर्षसम्म खोस्ने, लु्ने काममा द्यिावारिधी ग¥या थापाले गरे भने पनि के अनौठो मान्नु ? जसले जे जान्या छ त्यसले त्यही गर्ने त हो नि । कि कसो हौ ?
गनगनेले गति छाड्दै
कम्बल ओढेर घ्यु खान चम्बु मानिएका लाँग्रेसका जुवा नेता गनगने थापाले खप्रओको सरकारलाई समर्थन गरे रे । गनगनेले खप्ओलाई समर्थन गरे भने खै के आश्चय मान्नु ? दुवैका अनुहार त फरक हो पर्विर्ति उस्तै हो । अब हेरौ न खपओ हँसाएर बोल्छन्, गनगने नहँसाई बोल्छन् । अनि दुवैले बोल्या कहिल्यै
पूरा गर्दैनन् । यी दुवै बोल्ने मात्र हुन् । अस्तिका दिन गनगने थपाले खप्रओको सिण्डिकेट हटाउने भन्ने निर्नयको स्वागत गरेकछन् । गर्नै नहुने काम गरे गनगनेले । विपक्षी भन्या त सा पक्षेले ग¥या सम्पूर्ण कार्जेको विरोध पो गर्ने हो त । गनगने काजीले आफू विपक्षे दलको मान्छे भन्ने भुसुक्कै बिर्सेछन् । कुन बेला बुढानिलकण्ठे काजीले यिनलाई जोर लात्ती हान्छन्
होला ।
ठाडै अस्विकार
ज्यानमारा अभियोगमा सर्वोच्च अदालतको आदेशमा खोरमा जाकिएका बालकष्णे ढुंगेललाई बाहिर ल्याउन माउवादी केन्द्रले यतिबेला न्वारनदेखिको बल लगाएर लगौटी छिनुन्ज्याल पर्यास गरिरा’छ । जसरी भए नि निकालेरै छाड्नु भनेर घरेलु मन्तरीले जेलमै गएर ढुंगेल बाजेको काना कानेखुशी समेत ग¥या थे । ढुंगेल बाजेलाई छाड्नु पर्छ भनेर घरेलु मन्तरीले मन्त्री परिषदमा प्रस्ताव पु¥याएछन् । घरेलु मन्तरीको प्रस्ताव देखेर पर्धानमन्तरी खपओको प्रेसर ह्वौ बढेछ । राताराता आँखा पारेर खपओले भन्देछन् हुँदैन । कुनैपनि हालतमा हुँदैन । हुदै हुँदैन । ढुंगेल बाजेलाई जेलबाट छोड्न सकिदैन । त्यपछि आगो खाएर अंगार विष्ट्याउने घरेलु मन्तरी अक्क र बक्क परेछन् । तिनका फूर्तिफार्ति शिथिल भएछन् ।
राजापा फ्याक्कै
मधेशलाई नै टुक्र्याउँछौै भनेर धोति उचालेर भाषन गर्ने राष्ट्रिय जनता पार्टी माने राजपा फुटेछ । ६ वटा काइते मधेशी दलहरुलाई जोडजाड पारेर एक बर्ष अगाडि राजपा बनाका थे । चुनाउमा अन्त यिन्ले इज्ज्त जोगउन नसकेपनि दुई नं. प्रदेशमा भने राम्रै बात ल्याएका थे । तर एक बर्ष नपुग्दै यिनेरु फ्याक्क पर।ेिर फुटे । हुन त मधेशी दलहरु कहिले मिल्या थे र जुटछन् ? स–साना कुरामा नि यिनेरु एक अर्कालाई धरे हात पारेर गायत्री मन्त्री जप्छन् अस्तिका दिनसम्म राजपाका हरिलठ्ठक नेता राजिन्दर महतो भन्थे राजपा
फुट्दैन । अहिले फुटेसी तिनका अपानवायु नै बन्द भएको छ । यो देशाा वाम एकता र मधेशी एकता उस्ताउस्तै हो । कि कसो हौ ?
सिध्याउने भए
नेप्लिज लाँग्रेसका मुखिया आच्या बुढानिलकन्थे काजीलाई यतिबेला आच्छु आच्छु प¥या छ रे । होला पनि भएभरका पार्टीका पछ जति आmै भिरेर पनि चुनाउमा घुम्टो ओढ्ने गरी हारेसी तिन्लाई आच्छु आच्छु नपरेर कस्लाई पर्छ त ? अब हेरौ न कजीलाइ यतिबेला रामचन्द्रे बाजे, कृष्णे सिटौलाले मात्र नभएर आफनैले समेत ¥याक गर्न थाल्या छन् रे । आÏना विरोधी भन्दा पनि काजीलाई यतिबेला आÏनै किचेन क्याविनेटकाहरुले काउसो दल्दिया छने रे । काजीका पक्षेमा बोल्नेहरु घट्दै गएसी’ अहिले खुरापाति जुक्ति निकालेका छन् रे । अब उप सभापति धनषबाट निर्वाच्नमा लगौटी खुस्एिका विमलेन्द्र निधिी, माल खाएर कमजोरहरुलाई टिक वितरण गर्ने बुटवलका बालकृष्णे, भोजपुरक कन्दनी खुस्किने डरले सुनसरी पुगेका ज्ञानेन्द्रलाई महामन्त्रीको पगरी थुथाएर ढाल बनाउन लाग्या छन् रे अलि अलि बाँकी रहेको लाँग्रेस पनि अब काजीले चाडै सिध्याउने भए ।
भृंगीको धम्की
हैन हौ त्यो प्रैकाशशरण महत भन्ने जन्तुले चाकडीमा विद्यावारिधी ग¥या हुन कि क्या हो ? अस्तिका दिन तिन्ले बोल्या सुन्दा घण्टाघरलार्य पनि कुरीकुरी लागेर आयो हैन तिनले चाकडी पनि कति हदसम्म तल
झरेर गर्न सक्या हँ ? अस्तिका दिन तिन्ले देउवाको निर्देशन नटेर्नेको पार्टीभित्र खैरियत छैन भनेर
देशैभरिका कार्जैकर्तालाई हप्काएछन् । महत जस्ता चाकडीवाज भएकैले लाँग्रेसको यो दुदर्श भा’ हो । फेरि लाँग्रेस देउवा र महतको पिताको विर्ताि हो र ? चाकडीको पनि एएटा सप्ीमा पो हन्छ त गाँठे ? सबै कार्जेकर्ता महत जस्ता चाकडीवाज हुँदैनने. भन्ने कुराको अलिकति हेक्का ँख्नु पर्दैन ? हुन त चाकडीमा विद्यावारिधी गनेैको त्यहाँ भन्दा मािथ भए पो ? जति बुद्धि त्यति बोल्ने त हुन । कि कसो हौ ?
अन्तेमा
नेपालाँ सबैभन्दा बढी यातायात व्यवसायी वामँग आवद्ध छन् । घरेलु मन्तरीले सिण्डिकेट खारेज गर्ने निर्नय गरेसी वाम यातायात व्यवसायीहरु पर्धानमन्तरी खप्रअेमा पुगेछन् । धेरै बाम थोरै काङ्ग रहेको सिण्डिकेट
खारेज गर्न हुन्न भनेर दुवैले संयुक्त आन्दोलन गर्ने निर्नय ग¥या थे । वाम व्यवसायीहरुलाई पर्धानमन्तरी खप्रओले बाउको विहे देख्ने गरी झापारेछन् । आस लागेको केटो जेठाजु प¥यो भनेझैँ खप्रओबाट केही होला भन्ठान्या वामहरु खप््रओको झप¥याइपछि पछि हँट्या छन् रे । अब काङ्गले मात्र आन्दोलन गर्दा र सिण्डिकेट टिकाउला भन्ने कुरामा घण्टाघरलाई चाहिँ भुत्लोभाङ्ग विश्वास छैन । ठाडै भन्नुपर्दा अब भने सिण्डिकेट तोडिने नै भयो ।
