धरान/नेपालका क्रान्ति नायक, २०४६ सालको जन आन्दोलनका कमाण्डार एवम् सर्वोच्च नेता गणेशमान सिंहको शतवार्षिकीको अवसरमा गणेशमान सिंह फाउन्डेशनले तीन दिनसम्म विविध कार्यक्रमको आयोजना गरी मनाएको छ ।
वि.सं. १९७२ साल कार्तिक २४ गते जन्मनु भएका सिंहको धरान १६ स्थित रहेको शालिकमा आइतबार सरसफाई र रंगरोगन गरिएको थियो भने दोस्रो दिन विहान शालिकमा माल्यार्पणसागै प्रजातन्त्रका लागि उहााले पुर्याउनु भएको योगदानको सम्बन्धमा प्रकाश पारिएको थियो ।
सो अवसरमा बोल्दै गणेशमान सिंह फाउन्डेशन धरान शाखाका सदस्य एवम् सह–प्राध्यापक आनन्द आचार्यले यस बर्ष स्व. लौह पुरुषको शतवार्षिकी परेको छ । शत बार्षिकीका अवसरमा बर्षैभरि विविधि कार्यक्रमको आयोजना गरिने फाउन्डेशनको केन्द्रीय कार्यालयले प्रष्ट पारिससकेको छ । स्व. सिंहको बारेमा प्रकाश पार्नु भनेको मेरा लागि सूर्यलाई वत्ती देखाउनु जस्तै हो । संसारमै विरलै पाइने एउटै व्यक्तिले दुई दुईवटा सफल आन्दोलनको नेतृत्व स्वर्गीय गणेशमानसिंहले गर्नुभएको थियो । वि.सं. २००७ सालको आन्दोलनमा राणाहरुले गणेशमान सिंहलाई जिउादो या मृत ल्याउनेलाई ५ हजार दिने घोषणा गरेको थियो । २०४६ सालको जन आन्दोलनको नेतृत्व समेत उहााले नै गर्नुभयो । उहााले थप्नुभयो २०४६ सालपछि स्व. सिंहले अगाडि सार्नुभएको तीनवटा अवधारणा
सरकार सञ्चालन गर्नेहरुले इमन्दारितापूर्वक पालना गरिदिएका भए आज मुलुकमा
राजनैतिक संक्रमण, चरम, दण्डहीनता, अराजकता र भ्रष्टाचारले प्रश्रय पाउने थिएन । आचार्यले भन्नुभयो स्व. गणेशमान सिंहले २०४६ सालपछि आर्थिक क्रान्तिमा जोड दिनुभएको थियो । शासन प्रणालीमा समेत उहााले ४ वर्ग ३६ जातिको प्रतिनिधित्व र पार्टी लोकतान्त्रिक अवधारणमा बमोजिम चल्नुपर्छ भन्नुभयो । तर उहााले अगाडि सार्नुभएका ती तीनवटै अवधारणाप्रति
सरकार सञ्चालन गर्नेहरुले वास्ता गरेनन् । अन्त्त : उहााले पार्टीबाटै सम्बन्ध विच्छेद गर्नुभयो । भारतमा पनि अंग्रेज विरुद्धको आन्दोलन सफल भएपछि महात्मा गान्धीले पार्टीसागको सम्बन्ध विच्छेद गर्नुभएको
थियो । त्यस मानेमा सिंह नपालका गान्धी नै हुनुहुन्छ ।
यसैगरी फाउन्डेनशनका उपाध्यक्ष मदन अमात्यले स्व. सिंहको योगदानको जति चर्चा गरेपनि कम हुने भएकोले उहााका आदर्श, मूल्य, मान्यता र अनुसरण गर्दै अबको पुस्ता अगाडि बढ्नुपर्नेमा कुरामा जोड दिनुभयो । सो अवसरमा गणेशमानसिंहको धरान १६ स्थित रहेको शालिकको रेखदेख, संरक्षण सम्बद्र्धनमा
निरन्तर सहयोग पुर्याउदै आउनु भएका पूर्णबहादुर राईलाई पुरस्कार स्वरुप फाउन्डेशनका तर्फबाट एक हजार एकसय रुपैया प्रदान गरिएको थियो । फाउन्डेशनका अध्यक्ष मदनप्रसाद श्रेष्ठ अस्वस्थ भई उपचारार्थ काठमाण्डौ जानु भएकोले कार्यक्रमको अध्यक्ष्ता अमात्यले गर्नुभएको थियो भने सञ्चालन सचिव विनोद नेपालले गर्नुभएको थियो । यसैगरी फाउन्डेशनले मंगलबार धरान १६ स्थित रहेको सुस्त मनस्थिति कल्याण संस्थाका बालबालिकाका लागि पिउने पानीको फिल्टर, फलफूल
वितरण गर्नुका साथै संस्थालाई दुई वटा पंखा प्रदान गरेको थियो ।
