धनकुमार राई । झण्डै २५ बर्ष वृटिश सेनामा काम गरी निवृत्तभरण पश्चात धरानमा स्थायी बसोबास गर्दै आउनु भएका धनकुमार राई कुनैपनि राजनैतिक दलसाग आवद्ध हुनुहुन्न । खोटाङ्गको दिक्तेल लामाखु गाविसमा जन्मिनु भएका राईसाग वृटिश सेनामा काम गर्दाको अनुभव मात्र हैन वास्तविकता र यथार्थत्ता बुझी त्यसलाई सरल ढंगले समाजलाई बुझाउन सक्ने क्षमता पनि छ । धरान नगरपालिकाले खानेपानीमा एडिवीको अल्पकालीन योजना ल्याउन हस्तक्षर गरेपछि राई त्यसको विरुद्धमा सशक्त ढंगले उभिनु भएको छ । राईमात्र हैन वृटिश भुतपूर्व सैनिक संघको नेतृत्व एडिवीको विरुद्धमा सडकमा उत्रिइसकेको छ । स्वस्फुर्त रुपमा गठन भएको सर्वदलीय तथा सर्वपक्षीय संघर्ष समितिको सदस्य समेत रहनु भएका राई धरानमा कुनैपनि हालतमा खानेपानी संस्थान कब्जा गर्न नदिने अभियानमा लाग्नुभएको छ ।
हुन त धरानमा यतिबेला जतात्तै एउटा कालो ब्यानर देखिन्छ । एसियाली विकास बैंक अर्थात एडिवीका विरुद्धमा कालो व्यानरमा सेतो अक्षरले लेखिएको छ ‘हामीलाई एडिवीको ऋण चाहिादैन महागो पानी खाइादैन ।’ धरानका टोल टोलमा यस्ता व्यानर प्रसस्त देख्न पाइन्छ । एडिवीको विरुद्धमा ९० प्रतिशत भन्दा बढी धराने जनताले आवाज उठाइरहेका छन् । धरान नगरपालिकाले एडिवीको अल्पकालीन योजनाका सम्बन्धमा धराने जनताको समर्थन जुटाउन धेरै पटक अन्तरक्रियाका कार्यक्रमहरु आयोजना गर्यो तर उसले हरेक अन्तरक्रियामा विरोध बाहेक केही पाएन । हिजोआज उसले यस्ता अन्तरक्रिया आफ्ना दुई चार जना समर्थकहरुमात्र भेला गरेर अनेकौ निर्णय गर्न थालेको छ । एसियाली विकास बैंकको ३५ प्रतिशत ऋण, २६ पतिशत अनुदान, नेपाल सरकारको २४ प्रतिशत अनुदान, धरान नगरपालिकाको १५ प्रतिशत लगानीमा निर्माण गरिने २ अर्ब १६ करोड ४ लाखको योजना अल्पकालीन र धरान खानेपानी संस्थाकै भौतकि संरचना कब्जा गरी पानी वितरण गर्ने मनसाय देखिएपछि धराने जनता एडिवीको विरुद्धमा खनिएका हुन् । २०३१ सम्मको अल्पकालीन योजनाका लागि ३१ करोड ४० लाख र चतराको दीर्घकालीन पानीका लागि ९३ करोड मात्र लाग्ने सर्भे डिजाइनले देखाए पनि एडिवी अल्पकालीन योजना लाद्न उद्यत देखिएपछि धरानमा एडिवीको विरुद्धमा संघर्ष समति बनेको हो । विभिन्न राजनैतिक दल, सामाजिक संघ संस्था गरी ६४ वटाको प्रतिनिधित्व संघर्ष समितिमा रहेको छ ।
बोलीमा कडापन, व्यावहारमा इमान्दार एवम् मिजासिलो व्यक्तित्व धनकुमार राईसाग यसपाली हामीले एडिवीले धरानको खानेपानीमा जबरजस्ती गर्न खोजेको हस्तक्षेप, भावि दिनमा उत्पन्न हुन सक्ने परिस्थिति आदिका बारेमा वार्ता गरेका छौं । प्रस्तुत छन् राईसाग गरिएका कुराकानीका सारसंक्षेप :–
द्द एडिवीले धरानमा दुई अर्ब १६
करोड ४ लाखमा अल्पकालीन खानेपानी परियोजना ल्याएको छ । यसको तपाईहरुले शुरुदेखि नै विरोध गर्दै आउनु भएको छ । वास्तविकता के हो ?
–एसियाली विकास बैंकले धरान खानेपानी संस्थान कब्जा गरेर हामी
धरानेमाथि व्यापार गर्न खोजेको मात्र देखिन्छ र वास्तविकता पनि यही हो । एडिवीको परियोजना लागू गर्न ८० प्रतिशत स्थानीय बासिन्दाको समर्थन चाहिन्छ तर यहाा ९० प्रतिशत भन्दा बढी धराने जनता एडिवीको अल्पकालीन योजनाको विरोधमा छन् । हामी हाम्रा स्रोत साधन माथि विदेशीलाई व्यापार गर्न दिार्दैनौं । धरानमा सतहमुनिको पानी दीगो नहुने भनेर यसभन्दा अगाडि नै वृटिश, चाइनिज, जापानिज अन्वेषकहरुले रिपोर्ट दिइसकेका छन् । तर एडिवी सतहमुनिकै पानीमा जबरजस्ती गरिरहेको छ । एडिवीले लगानी गर्न खोजेको आधा भन्दा थोरै रुपैयाामा धरानमा चतराको पानी आउाछ । तर उसले त्यो ल्याउन नचाहनुको प्रमुख कारण कमिशनकै चक्कर हो । धरानमा मात्र हैन अन्यत्र पनि यस्तै भएको छ । बनेपा, बुटवल, नेपालगञ्जमा एडिवी असफल भइसकेको छ । पोखरामा एडिवी ब्लाकलिष्टेड भएको छ । हेटौडा र नारायणघाटमा यतिबेला चरम विवाद छ । सरकारले पनि जवरजस्ती एसियाली विकास बैंकको ऋण पानीमा नलगाओस् भन्ने हामी धराने जनताको माग छ ।
धरानमा ९० प्रतिशत जनता एडिवीको ऋण चाहिादैन महागो पानी खाइादैन भन्ने व्यानर राख्दैछन् । यति हुादाहुादै पनि जबरजस्ती गर्नुको कारण कमिशन नै हो । पानी, जमिन र जंगलमा स्थानीय बासिन्दाको अधिकार हुन्छ । धरान खानेपानी संस्थानको २०–२५ वर्षको सम्पत्ति छ अनि २ अर्ब १६ करोड ४ लाख ऋण दिएर हस्तक्षेप गर्न पाइादैन र हामी हस्तक्षेप गर्न पनि दिादैनौं ।
द्द धराने जनताको भावना विपरीत जबरजस्ती गर्नुको प्रमुख कारण के होला ?
–मैले अघि पनि भने यो सबै कमिशनको चक्कर हो । मन्त्रालय देखि तल्लो तहसम्म मात्र हैन स्वयम् एडिवीका नेपाल स्थित दलालहरु पनि कमिशनकै चक्करमा लागेका छन् ।
चतराबाट त्यही एडिवीले पानी ल्यायो भने कसैले विरोध गर्दैन । चतराबाट पानी ल्याउादा त्यो दीर्घकालीन हुन्छ । हिमाल सुक्यो भने मात्र चतरा सप्तकोशीको पानी सुक्ला तर यो सम्भव छैन । सप्तकोशी कहिल्यै सुक्दैन । ९३ करोडमै पानी आउाछ भने किन उसले ल्याउन चाहादैन प्रष्ट हो कमिशनको खेल । त्यत्रो ठूलो बजेटबाट एक दुई करोड खर्चमा जंगलमा ड्रिल गरेर किन नौटंकी देखाएको छ ? खानेपानी संस्थानको भौतिक पूर्वाधार कब्जा गरी एक दुई ठाउाको ड्रिलको पानी देखाएर धराने जनतालाई ऋणमा डुबाउन पाइादैन । यो कुरा सबैले बुझ्नुपर्छ । हामीले छोरा नातिसम्म पानी खान पाउनुपर्छ । अर्को कुरा धरानमा भएका ८ वटा सरकारी कार्यालय अन्यत्र स्थान्तरण गरियो । अब एउटा खानेपानी संस्थान छ त्यो पनि अन्यलाई जिम्मा दिने कुरा हुादैछ । त्यो हामीलाई मान्य हुनै सक्दैन । त्यसैले धरानमा जबरजस्ती भित्र्याइयो भने भोलिका दिनमा परिस्थिति राम्रो हुादैन । त्यसको आंकलन सम्बन्धित पक्षले अहिल्यै गर्नुपर्छ । एडिवी धरानमा सफल हुादैन । एउटा भयंकर डरलाग्दो अवस्था सिर्जना हुन्छ । पानीको मुल्यांकन बढाउाछ, पानी खुवाउन सक्दैन । अहिले चाहिादैन भन्दा भन्दै जबरजस्ती गर्ने साथीभाइहरुकै स्थिति ठीक हुादैन ।
द्द त्यत्रो पैसाले चतराबाट पानी ल्याउन सकिन्छ । किन उनीहरु चतराबाट ल्याउन चाहेका छैनन् ?
–उनीहरुले जति खान सोचेका छन् त्यति खान बजेट उभ्रिन्दैन । रातारात धनी हुने सपना उनीहरुको चकनाचुर हुन्छ । उनीहरुले बुझ्नुपर्ने हो धरानमा म पनि बसेको छु, मलाई पनि भोलि पानी चाहिन्छ । त्यो नगरपालिकाका इन्जिनियर राजु पोख्रेल, कार्यकारी अधिकृत धरानका हैनन् । टन्न कमिशन कुम्लाएपछि उनीहरु भोलि जहाा पनि जान्छन् । चाहिएको त धरानेलाई हो । दीर्घकालीन रुपमा पानी ल्याउन चतराबाट एडिवीले सक्दैन भने समयमै हात झिके राम्रो हुन्छ । अझै केही बिग्रेको छैन ।
जबरजस्तीको परिणाम भोलिका दिनमा थाहा हुनेछ ।
द्द एडिवीले धरानमा खानेपानीमा मात्र किन लगानी गरेको होला ? बस स्टेन्ड, सर्दु जलाधार क्षेत्र संरक्षण, सुकुम्बासी बस्तीहरुलाई व्यवस्थित गर्न पनि लगानी गर्न सक्थ्यो नि हैन ?
–धरानमा धेरैले नबुझेको कुरा यही
हो । एडिवी भनेको व्यापारी हो । अन्यत्र लगानी गर्दा त्यसबाट मुनाफा कमाउन सकिदैन । अनि खानेपानी संस्थान कब्जा गर्न सके त धराने जनतालाई आफूखुशी पानीको महसुल बृद्धि गरेर दुहुन पाइन्छ । आज धरानमा बाटो घाटो सडकको अवस्था हेर्ने हो भने टिठ लागेर आउाछ । कुनैपनि सडक सद्दे छैनन् । बिग्रिएका, ठूला ठूला खाल्डा परेका छन् । धरानका अधिकांश सडकहरु धराने जनताले आफ्नै लगानीमा बनाएका छन् । बस स्टेन्डको अवस्था त्यस्तै छ । बस स्टेन्ड बनाउने भनेर धरान–८ सुन्दर वस्तीमा नाममात्रको मुआब्जा दिएर जग्गा
लियो । तर पछि त्यसलाई प्लटिङ्ग गरेर बेचे । एयरपोर्टको कुरा गरे । अहिले हवाइजहाज बस्छ कि भरे बस्छ जस्तो गरे आज त्यो त्यसै हराएर गयो, नगरपालिकालाई आम्दानी भइरहेको भानुचौकका छाप्राहरु सुपर मार्केट बनाउने भनेर भत्काए । आज त्यो टेक्सी स्टेन्ड भएको छ । धरान नगरपालकाले गरेका कुनै पनि काम सफल भएका छैनन् । बस स्टेन्ड, एयरपोर्ट लगायतका एडिवीले लगानी नगर्नुको प्रमुख कारण त्यहााबाट आम्दानी हुादैन । हामीले एडिवीको विरोध गर्दा विकास विरोधी भन्छन् । अब धराने जनताले यहााको दलको नियत बुझिसकेका छन् ।
द्द खानेपानी सम्बन्धी एडिबीको टेन्डर हुादैछ भन्ने सुनिदैछ । उनीहरुले टेन्डर गरे भने तपाईहरु के गर्नुहुन्छ ?
–पहिलो कुरा त खानेपानी सम्बन्धी
धरानमा एडिवीले टेन्डर नै गर्न सक्दैन । सारा धराने जनताले विरोध गरेको उनीहरुले देखिरहेका छन् । पानी दिर्घकालीन रुपमा ल्याओस् हामी एडिवीको विरोध गर्दैनौं । अल्पकालीन मात्र हो भने हाम्रो सम्पत्ति खानेपानी संस्थानमा आाखा नलगाओस् । सक्छ भने एनटिसी र एनसिएसल जसरी चलाउादा पनि हुन्छ । दुई ठाउामा ड्रिल गर्दा पानी नै नआएको अवस्थामा त्यसैलाई देखाएर संस्थान कब्जा गर्छ, हाम्रा पाइपलाइन चलाउाछ भने त्यसबेला परिरस्थिति असहज हुन्छ ।
द्द एडिवीले उत्पादन गरेको पानी नपुगेका क्षेत्रमा खुवाएर हेर्दा पनि हुन्थ्यो नि पछि संस्थानको भन्दा राम्रो खुवायो, सस्तोमा खुवायो भने धराने जनताले उसैको पानी खाइहाल्थे नि हैन र ?
–हो, एनटिसी र एनसिएय जस्तो गर्दा भइहाल्छ नि । खै एनसिएलले एनटिसीको भौतिक संरचना कब्जा गरेन । अहिले त झन धरानमा वडाहरु थपिएका छन् । पााचकन्या, सुकुम्बासी बस्ती, १७,१८, १९ नं. वडामा आफूले पानी उत्पादन गरेर २४ सै घण्टा पानी खुवाओस् । धरान खानेपानी संस्थान धरान नेपाल अधिराज्यको ठूलो संरचना हो । यसलाई कब्जा गर्ने नियत उनीहरुले मनबाट निकालिदिए हुन्छ । हाम्रो मिटर, पाइपमा हस्तक्षेप गरी महसुल बढाएर धरान जनतालाई दु:ख दिन खोजेको सबैले बुझिसकेका छन् । त्यसबेला हामीले खुकुरी निकाल्नुको विकल्प हुादैन ।
द्द त्यसबेला द्वन्द्वको अवस्था
आउाछ ?
–अवस्य आउाछ । हामी सबै खुकुरी निकाल्न बाध्य हुन्छौं ।
द्द विकास निर्माणको काममा जनताको समर्थन चाहिन्छ तर जनसमर्थन बिना नै यिनीहरुले काम गर्न खोज्दैछन् । के नियतै हो त ?
–यिनीहरु अहिलेसम्म जनताका बीचम कहाा गएका छन् ? एक दुई ठाउामा गएका थिए विरोध भएपछि उनीहरु भागेकै हुन् । अनि दुई चार जना बसेर कोठे बैठक गरेर निर्णय गरेर हुन्छ र ? उनीहरुले बुझेका छन् हामी जनताको अगाडि गयौ भने कुट्छन्, पिट्छन्, गाली गर्छन् भन्ने डरले जाादैनन् । एडिवीको योजना कार्यान्यवनय गर्न ८० प्रतिशत स्थानीयको सहयोग समर्थन चाहिन्छ भन्ने कुरा स्पष्ट छ । तर यहाा त ९० प्रतिशत भन्दा बढी जनता विरोधमा छन् । यस्तो अवस्थामा धरानमा एडिवी सफल हुादैन ।
द्द यस्तो कुरा तपाईहरु धराने जनताहरुलाई कसरी बुझाउादै हुनुहुन्छ ?
–उनीहरुले जबरजस्ती गरेमा सशक्त आन्दोलनको विकल्प छैन भनेर बुझाउादैछौं । उनीहरुले ग्यारेन्टी दिनुपर्छ खानेपानी संस्था कब्जा गर्न पाइदैन । बोर्ड गठन गर्न दिनु हुादैन भनेर ठाउाठाउामा व्यानर नै राखेका छौं । जनताले आफै व्यानर राखेका छन् । जनता बाठा भइसकेका छन् । एडिवीको विरुद्धमा सम्पूर्ण धरानका जनता एक छन् ।
द्द त्यसो भए एडिवी धरानमा सफल हुादैन ?
–एडिवी सफल हुने वाला छैन । एडिवीले यहाा काम गर्नै सक्दैन । धरान एउटा ठूलो सहर हो । कतिदिन उनीहरुले काम गर्छन् जबरजस्ती ? आफ्नो पानीलाई जबरजस्ती जिम्मा दिने,
प्रहरी प्रशासन लगाएर भित्र्याउने नियत हो भने त्यसमा आइएलओले नै रोक लगाएको छ । फेरि धराने जनता यस कुराबाट डराउादैनन् । त्यस्तो अवस्था आयो भने मुद्दामामिला हुन्छ । यसबाट को बदनाम हुन्छ । त्यसैले दुई चार जनाले आफ्नो स्वार्थको लागि उचाल्दैमा धरानको खानेपानीमा एडिवीले हात नहाल्नु नै वे वेश हुन्छ । जबरजस्ती गर्न खोजियो भने त्यसको परिणाम
राम्रो हुादैन ।
